चीनद्वारा सन् २०२५ लाई
‘नेपाल भ्रमण वर्ष’ घोषणा
ररर
उपेन्द्र लामिछाने
, माघ ५
चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने उद्देश्यले चिनियाँ राजदूत छन सङले शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष २०२५’को घोषणा गरेका छन्।राजदूत सङले दुई देशबिचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबिचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउन भ्रमण वर्षको घोषणा गरिएको बताए।‘यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबिचको सांस्कृतिक आदानप्रदान र सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने गर्नेछ,’ उनले भने, ‘सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवर्धनात्मक गतिविधि आयोजना गर्न नेपाललाई चीनमा हार्दिक स्वागत गर्छाैं ।’
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भएको बताउँदै राजदूत सङले यहाँका उच्च हिमालय, पर्वत शृंखला, चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्य र लुम्बिनी, काठमाडौं, जनकपुरजस्ता सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको बताए।
बाँकी पृष्ठ २
रर
चीनद्वारा ...
उनले नयाँ युगको आगमनसँगै नेपाल र चीनबिच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताए।यसबाट नेपाल–चीनबिच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायत क्षेत्रमा सहकार्यलाई सुदृढ गर्ने उनको भनाइ थियो।त्यस्तै मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौंपुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको र सोही सहमति कार्यान्वयनको सिलसिलामा भ्रमण वर्षजस्तो महŒवपूर्ण कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे।
भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा भक्तपुरमा शनिबार आयोजित चिनियाँ नयाँ वर्ष २०२५’को शुभारम्भ कार्यक्रममा राजदूत सङले ‘नेपाल भ्रमण वर्ष २०२५’ घोषण गरेका हुन्।कार्यक्रममा ऊर्जा, जल तथा सिँचाइमन्त्री दीपक खड्का, नेपालका लागि चिनियाँ राजदूत छन सङ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र नेपाल टुरिजम बोर्डका सिइओ दीपकराज जोशीले संयुक्त रूपमा चिनियाँ नयाँ वर्षको लोगो अनावरण गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२५ को औपचारिक ब्यानर अनावरण गरी महोत्सव शुभारम्भ गरे।
कार्यक्रममा मन्त्री खड्काले ‘नेपाल भ्रमण वर्ष २०२५’को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रमको विशेष महŒव रहेको बताए।‘नेपाल–चीनबिचको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा उपत्यकाका विभिन्न ठाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम तय भएको छ,’ उनले भने, ‘दुई देशबिच आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध विस्तार गर्न नेपाल सरकारका तर्फबाट सक्दो पहल गरिनेछ ।’ मन्त्री खड्काले पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका कामहरू भइरहेकाको अवगत गराउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरूको स्तरोन्नति र विस्तार कार्य भइरहेको जानकारी गराएका छन्।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल–चीनबिच दौत्य सम्बन्ध स्थापना भएको बताउँदै चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको औंलाए।‘नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो,’ उनले भने, ‘पर्यटन क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरू अगाडि बढाउन सके पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा टेवा पु¥याउन सकिन्छ ।’
विश्वको उच्च सगरमाथा र अन्य प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचीकृत थुप्रै स्थल नेपालमा रहेको तर राम्रो प्रचारप्रसार नहुँदा नेपालमा अपेक्षित रूपमा पर्यटकहरू आउन नसकेको उनले बताए।२०७२ सालको भूकम्प, नाकाबन्दी र विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ को संकटको घडीमा चीन सरकारले गरेको सहयोग नेपाली जनताले सधैं सम्झिरहने बताउँदै उनले नेपाली जनताले चिनियाँ सरकार र जनतालाई असल र भरपर्दो मित्रका रूपमा लिँदै आएको प्रजापतिले स्मरण गरे।मत्र देश चीनका सरकारी उच्च पदाधिकारीहरूलाई समयसमयमा स्वागत गर्न पाउँदा भक्तपुरवासी अत्यन्त खुसी भएका छन्,’ उनले भने, ‘भक्तपुरसँगै सिंगो मुलुक आम चिनियाँ नागरिकलाई स्वागत गर्न आतुर छ ।’
कार्यक्रममा नेपाल पर्यटन बोर्डकाकार्यकारी निर्देशक दीपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा घोषणा गरेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए ।
‘चिनपुर’जस्तै देखियो भक्तपुर
‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा देखाइएको सांस्कृतिक कार्यक्रममा चीनको झल्को देखिन्थ्यो।हाकुपटासीमा सजिएका नेवारी महिला र परम्परागत चिनियाँ पहिरनमा सजिएका चिनियाँ युवतीको जमघटले प्राचीन संस्कृतिक नगरी भक्तपुर ‘चीनपुर’जस्तै देखियो।टौमडीस्थित पाँच तले मन्दिर परिसरमा देखिएको ड्रागनको कला र चिनियाँ परम्परागत पहिरनमा सजिएका कलाकारको नृत्यले निकै रौनक छाएको थियो।