गरिबीले न देख्यो विपन्नता, न त कुहिरो न शीतलहर
०५ माघ २०८१
•
३ मिनेट पाठ
गरिबीले न देख्यो विपन्नता, न त कुहिरो न शीतलहर
शनिबार बिहान बाक्लो हुस्सु, कुहिरो र शीतलहरू चले पनि गुट्खा बिक्री गर्न निस्किएका कृष्ण खड्का। तस्बिर: गणेश/नागरिक
शनिबार बिहान कोहलपुरलाई हुस्सु र कुहिरोले ढपक्कै ढाकेको थियो। वर्षा जसरी शीतलहरू बर्बर्ती वर्षाएको थियो।




पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुरानो बसपार्क छेउमै एक वृद्ध ह्विलचियरको सहायताले गुट्खा र चुरोट बिक्री गर्दै थिए। आफैँमा असक्त उनलाई अस्वस्थ शरीर, शीतलहरू, बाक्लो हुस्सु र कुहिरोको कुनै प्रवाह थिएन। थियो त, साँझ बिहानको छाक टार्नलाई चाहिने पैसाको। चिसोको बहानामा उनले एक दिन काम नगरूनत्ः उनी भोकै बस्नुबाहेकको अरु विकल्प छैन।

आर्थिक रुपले विपन्न र सन्तान नहुँदा एक्लिएका ७४ वर्षीय कृष्ण खड्काको दैनिकीले राज्य र गरिब नागरिकबिचको दुरीलाई स्पष्ट चित्रण गरेको छ। अहिले सन्तान र परिवार साथमा नहुँदा राज्य अभिभावक बन्न नसकेको उदाहरण उनको दर्दनाक अवस्थाले चित्रित गर्छ।

यस्ता विपन्न नागरिक राज्यविहीन जसरी दिनचर्या बिताउनु लोकतन्त्रकै लागि अभिसाप हुने कतिपयको भनाइ छ।

आजभन्दा ५५ वर्षअघि रुकुम पश्चिमको पेउघाबाट उनको परिवार बाँकेस्थित ढकेरी झर्‍यो। त्यतिबेला बस्ती खुलेको थियो। अर्थात्, पहाडबाट मान्छे ढकेरीमा ऐलानी जग्गामा बस्ती बसिरहेका थिए। पहाडमा उत्पादन कम हुँदा रोजगारीका प्रशस्त बाटाहरू नहुँदा त्यतिबेला उनीहरु तराई झरेका थिए।

भारत र बाँकेका विभिन्न ठाउँमा रोजगारी गरेर उनले परिवार चलाएकै थिएन। २०३८ सालतिर दाङमा रहेकी उनकी ठुली फुपूको मृत्यु भयो। फुपूको अन्त्येष्टिमा सहभागी हुन दाङ जाँदै गर्दा कृष्ण सवार गाडी लमहीमा गाडी दुर्घटनामा पर्‍यो।

दुर्घटनापछि उनी उपचारका लागि नेपाललगायत भारतका विभिन्न सहर पुगे। उनको ज्यान त जोगियो तर, कम्मरभन्दा मुनिको भाग चल्न निकै कठिन भयो। अहिले पनि कम्मरमुनिको भागलाई उचालेर मात्र चलाउनु पर्छ। जसले गर्दा उनी हिँडडुल गर्न पनि ह्विलचियरको सहायता लिनुपर्छ।

उनको परिवारमा अनि दुःखका दिन सुरु भए। २०४१ सालमा श्रीमती टंककलाको मृत्यु भयो। कुन रोगले उनको मृत्यु भयो उनी अहिलेसम्म अनविज्ञ छन्। कामको खोजी गर्दै ढकेरीबाट २०५९ सालमा उनी कोहलपुरस्थित चौराह आए।

त्यहाँ उनले सानो घुम्ती पसल सुरु गरे। जहाँ खुद्रा सामानहरु पाइन्थ्यो। दैनिक चार/पाँच सय आम्दानी हुँदा उनको घरपरिवार चलेकै थियो। उनका तीन छोरा र दुई छोरी थिए। उनी उपचारका लागि पुनः भारत गए।

त्यहाँ उनलाई दुई वर्ष जति लाग्यो। घरमा आउँदा दुवै छोरी र माइला छोराको मृत्यु भइसकेको थियो। ठूला छोरापछि रोजगारीका लागि भारत गएका थिए। उनको पनि उतै मृत्यु भयो।

उनको साहारा र भरोसा एकाएक गरी बिलायो। बचे कान्छा छोरा। अहिले उनी विवाह गरी बर्दिया बस्छन्। बाबुछोराको भेट नभएको पनि धेरै भएको उनी बताउँछन्।

पछि खुद्रा पसल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका जग्गामा पर्ने भएकाले निकुञ्जले हटाइदियो। त्यहाँबाट नगरपालिका अगाडि घुम्ती सारे। त्यो पनि दीर्घकालीन भएन। नगरले हटाइदियो। उनको साहारा र बाँच्ने आधार नहुँदा उनको पीडा उत्कर्षमा पुग्यो।

जेनतेन गरी उनले सास टिकाए। बाँच्नलाई अहिले ह्विलचियरमै गुट्खा र चुरोट बिक्री गर्छन्। अहिले उनी बस्ने न्यानो वासस्थानसमेत छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि एउटा घुम्ती छ त्यसमै रात बिताउँछन्। यसमा उनलाई चिसो कटाउन मुस्किल छ।

साहारा र आधार नभएकालाई राज्यले अभिभावकत्व निर्वाह गर्नुपर्ने हो तर, राज्य र उनी दुई ध्रुवका किरण जस्तै छन्। राज्यलाई उनको अवस्था थाहा छैन भने उनी शारीरिक अशक्तताका कारण राज्यसम्म पुग्नै सक्दैनन्।

सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट समेत उनले लाभ लिन सकेनन्। भन्छन्, ‘बिरामी हुँदा चाहिन्छ भनेर सरकारले सुरु गरेको स्वास्थ्य बिमा गराएको थिएँ, सरकारी अस्पताल जाँदा तपाईंको समस्यालाई स्वास्थ्य बिमाले हुँदैन भनेर फिर्ता पठायो।’

उनी कम्मरमुनिको भागको उपचार गराउन गएका थिए। कठ्याङ्ग्रिँदो चिसोमा काम नगरेर खान नपुग्ने भन्दै उनले भने, ‘दिनमा दुई/ढाई सय रुपैयाँ आम्दानी हुन्छ। त्यो साँझ बिहानलाई ठिक्क पुग्छ। अर्को दिनलाई पुग्दैन।’ अर्को दिन काम नगर्ने हो भने भोकै बस्नुपर्ने उनी बताउँछन्।

साहारा, भरोसा र आधार नभएका व्यक्तिलाई राज्यले उचित अभिभावकीय भूमिका निर्वाह गरे मान्छेले मर्ने बेला पनि अनेक समस्या झेल्न नपर्ने उनको भनाइ छ।

यो उमेरमा आएर सुखसँग घरमै बस्ने अवस्थामा उनले पसिना बगाउनु परेको छ। उनीजस्तै कयौं गरिब तथा विपन्न नागरिकको अवस्था दयनीय छ। यस्ता नागरिकलाई राज्यले उचित संरक्षण गर्न सके उनीहरूप्रतिको सम्मान वास्तविक सम्मान हुने देखिन्छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस