‘सचिनको आत्माले शान्ति पाओस्, अर्को सचिनको जन्म नहोस्’
१८ पौष २०८१
•
३ मिनेट पाठ
‘सचिनको आत्माले शान्ति पाओस्, अर्को सचिनको जन्म नहोस्’
मुस्कानसहितको बाल अनुहार, मधुर र मिठासयुक्त बोली र गायन प्रतिभाले ओतप्रोत एक बालक। यीनै विशेषता भएका र लाखौं नेपालीको मन जितेका बाल गायक सचिन परियार आजदेखि हामीबीच रहेनन्। बालसुलभ व्यवहारले भरिपूर्ण सचिनको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो।




१३ वर्षीय सचिन केही दिनदेखि गम्भीर स्वास्थ्य समस्यासँग सङ्घर्षरत थिए। निमोनियाका कारण ‘सिभियर पल्मोनरी ह्यामेरेज’ भएपछि उनलाई आइसियुमा राखेर उपचार गरिए पनि उनको जीवन जोगाउन सकिएन। उनको निधनको खबरले उनी र गीतसंगीतका समर्थक स्तब्ध छन्।

सानै उमेरदेखि शारीरिक रूपमा कमजोर सचिनको जीवन सङ्घर्षपूर्ण रह्यो। बाल कलाकारका रूपमा चर्चित भएका उनी कुनै समय लोकप्रिय टिभी कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउन आइपुगेका थिए। उनको ‘के छ हजुर’ भन्ने थेगोले उनलाई भाइरल बनायो। तर, यो चर्चासँगै उनको जीवनमा अनेक कठिनाइले प्रवेश गर्‍यो।

उनका बुवा तेजेन्द्र परियारले छोराको सफलतालाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको आरोप लाग्दै आएको छ। सचिनको नाममा आएको आर्थिक सहयोगले उनको स्वास्थ्य सुधार्न सकिनुपर्नेमा दुरुपयोग भएको भन्दै आलोचना भएको थियो। युट्युबर र उनका बुवाले उनलाई ‘कमाइ खाने साधन’ बनाएर प्रयोग गरेको टिप्पणी सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छ।

समाजका तीखा प्रश्नहरू

सचिनको निधनले समाजका गहिरा सवालहरू उठाएको छ। गायक शिव परियारले ‘सचिनले भोगेको नियति कसैले पनि भोग्नु नपरोस्’ भन्दै आफ्नो गहिरो समवेदना प्रकट गरेका छन्। उनले लेखेका छन्, ‘फेरि पनि कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस्। हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस यही प्रार्थना गर्दछु।’

सामाजिक सञ्जालमा सचिनको निधनप्रति हजारौंले श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता राम ढुंगानाले लेखेका छन्, ‘सचिनको बालापनमा बाध्यता थियो। उनका बुवाले उनलाई केवल कमाइ खाने भाँडो बनाए। उनको अस्वाभाविक मृत्युले उनको बुवाप्रति गम्भीर प्रश्न उठाएको छ।’

यस्तै, जुनु पुन मगरले लेखेकी छन्, ‘सचिन परियारको कला र गला अमर रहनेछ। उनको शरीर मात्र हामीबाट टाढा भएको हो। उनको स्मृतिले हामीलाई सधैँ प्रेरित गर्नेछ।’

यसैगरी भावना परियार लेख्छिन्, ‘सचिनको आत्माले शान्ति पाओस्। तर, अर्को सचिनको जन्म नहोस्। समाजले बाल प्रतिभाहरूलाई सही बाटो दिन सकेन भने यस्तै दुःखद अन्त्यले उनीहरूको जीवन समाप्त हुनेछ।’

कुनै समय लाखौंले रुचाएका सचिन समयको क्रूर खेलमा परे। उपचारको अभाव, सामाजिक असंवेदनशीलता र पारिवारिक लापरबाहीले उनको बाल्यकाल सकिएको थियो।

गायनदेखि अभिनयसम्मको यात्रा

सचिन ९ वर्षको उमेरमा एक युट्युब च्यानलमा दिएको रमाइलो अन्तर्वार्तापछि चर्चामा आए। त्यसपछि उनको मौलिक बालसुलभ अभिव्यक्तिले सामाजिक सञ्जालमा भाइरल बनायो। इन्द्रेणी कार्यक्रमबाट सांगीतिक यात्रा सुरु गरेका सचिनले दोहोरी गीतदेखि आधुनिक गीत र हास्य अभिनयसम्म आफ्नो उपस्थिति जनाए।

उनको पहिलो गीत ‘ओठ खोलेर’ युट्युब ट्रेन्डिङमा रह्यो। त्यसपछि उनले ‘रातो रबर,’ ‘सेतो कपास,’ र ‘दिदी भाइ’ जस्ता लोकप्रिय गीतहरू गाए। चर्चित गायकगायिकासँग सहकार्य गर्दै उनले म्युजिक भिडियोमा पनि अभिनय गरे। ‘मेरी बास्सै’ हास्य सिरियल र गायन रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा देखिएका सचिनले मनोरञ्जन क्षेत्रमा बहुआयामिक प्रतिभा प्रदर्शन गरे।

संगीत क्षेत्रमा उनको योगदान छोटो समयमै प्रभावशाली रह्यो। ‘वरको छायाले’ बोलको गीतमा अभिनेता राजेश हमालसँगको अभिनयले उनलाई थप चर्चामा ल्यायो। गायन र अभिनयको क्षेत्रलाई एकसाथ अघि बढाउँदै सचिनले थुप्रै प्रशंसक कमाए।

सचिनलाई सम्झिँदै...

सचिनको निधन केवल व्यक्तिगत त्रासदी मात्र होइन, यो हाम्रो समाजका अनेकन पक्षहरूको सजीव चित्र हो। यस्तो घटनाले बालअधिकारको महत्व, अभिभावकत्वको जिम्मेवारी, र सामाजिक सञ्जालको दुरुपयोगप्रति पुनः सोच्नुपर्ने आवश्यकता देखाएको छ।

सचिनको मृत्युले केवल उनका परिवार होइन, समाजका हरेक मानिसलाई झकझक्याएको छ। यस्ता प्रतिभाहरूलाई सही दिशा दिन नसक्ने हाम्रो असफलताले आज सचिनलाई गुमाउनुपर्‍यो।

बाल प्रतिभा मनोरञ्जनको साधन मात्र होइनन्। उनीहरूलाई सही दिशा, माया र सहयोग दिने दायित्व समाजको हो। सचिनको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धाञ्जली, सचिन ! तिमीले छोडेको मुस्कान र मिठास हाम्रो हृदयमा सधैँ जीवित रहनेछ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस