रेस्टुराँ बिलमा हानथाप
११ पौष २०८१
•
२ मिनेट पाठ
रेस्टुराँ बिलमा हानथाप
फाइल तस्वीर
पहिलो दृश्यः कामदार वा विद्यार्थीहरू हुर्रिएर एउटा रेस्टुराँमा खाजा खान छिरे। यो समूहमा महिलाहरूको संख्या बढी छ र पुरुषहरू ज्यादै कम छन् भने खाजा खाएको बिल तिर्न भएका पुरुषहरू हानाथाप गर्ने छैनन्।




दोस्रो दृश्यः कुनै कार्यालय वा क्याम्पसको छुट्टी भयो। कामदार वा विद्यार्थीहरू हुर्रिएर एउटा रेस्टुराँमा खाजा खान छिरे। यो समूहमा महिलाको संख्या ज्यादै न्यून छ। पुरुषहरूको संख्या बढी छ भने खाजा खाएको बिल तिर्न पुरुषहरू हानाथाप गर्ने छन्।

ठीक पढ्नुभयो। हालै हार्वर्ड विश्वविद्यालयले गरेको अध्ययनमा महिलाहरूको नजरमा पर्न पुरुषहरूको भिडमा आफूले बिल तिर्न हानाथाप गर्ने गरेको निष्कर्ष निकालिएको छ। अमेरिकाको बोस्टन शहरका तीन रक्सी भट्टी (पब)मा अध्ययन गर्न गएका प्राध्यापक र अध्येताहरूले १६३ जना ग्राहकहरूको व्यवहार अवलोकन गरे। जुन समूहमा पुरुष र महिला बराबरजस्तो देखिन्थ्यो, त्यहाँ पुरुषहरूले महिलाका लागि रक्सी किनिदिने रुचि कम देखाए। त्यस्तै कम महिलाहरू बसेको पबमा तिनका लागि पहिलो राउन्डको ड्रिंक किन्ने रुचि बढी देखाए।

यसको अर्थ के हो त ? बायोलोजी लेटर्स जर्नलका अनुसार, महिला थोरै भएका बेला जुन पुरुषले ड्रिंक्स किनिदिने प्रस्ताव राख्छ भने उसले आफूसँग पर्याप्त पैसा छ भन्ने संकेत दिएको हो।

अर्को शब्दमा भन्नु पर्दा, यस्तो गर्दा त्यो पुरुषलाई के लाग्छ भने, उसलाई महिलाको ध्यान आकर्षित गर्ने प्रतिस्पर्धामा जित्नु छ। जति बढी पुरुषहरू हुन्छन्, उति नै पहिलो राउन्ड किनिदिन पुरुषहरूबीच प्रतिस्पर्धा हुन्छ।

त्यसो त केही अध्येता भने यस्तो अध्ययनलाई अस्वीकार गर्छन्। केहीको धारणामा, हरेक अध्ययन गर्दा पुरुषहरूले आफ्नो पुरुषत्व देखाउनैका लागि पैसा तिर्न लालायित हुन्छन् भन्नु वाहियात हो। पुरुषहरूले महिलाका लागि कुनै चिज किनिदिन इच्छुक हुनुमा उसको प्राचीन अवगुण प्रतिस्पर्धा, प्रजनन र स्रोतहरूको विज्ञापन नै हुनुपर्छ भन्ने छैन।

यस्ता कार्यमा महिलाले कुनै पुरुषका बारेमा के सोच्छन् भन्दा पनि अरू पुरुषको नजरमा ऊ उत्कृष्ट हुनुपर्छ भन्ने सोचका कारण प्रायः यस्तो व्यवहार देखाउने गरेको केही मनोवैज्ञानिकहरूको दाबी छ।

बेन माकेल भन्छन्, ‘मानौं कुनै पबमा तपाईं हुनुहुन्छ। त्यहाँ धेरै महिलाहरू छन् भने एउटा पुरुषले धेरै सोचेर मात्र उनीहरूलाई केही किनिदिन्छ। अधिकांश अवस्थामा महिलाहरू धेरै भएको समूहमा कुनै पुरुषले केही किनिदिनु झन्झटपूर्ण, समय धेरै लाग्ने र महँगो दुःस्वप्नजस्तो हुन पुग्छ।”

अध्ययनको अर्को पाटो पनि छ। अध्ययन प्रतिवेदनमा लेखिएको छः महिलाहरू शुरुमा पबमा गएर पुरुषका लागि किनिदिने मानसिकता देखाएनन्। सम्भवतः उनीहरूले पुरुषबाटै ऊर्जा र स्रोतको अपेक्षा गरेका हुन सक्छन्।
अर्को समाचार
जन्मने सही समय
२५ मंसिर २०८१
•
१ मिनेट पाठ
जन्मने सही समय
आफू कुन बेला जन्मन उपयुक्त हुन्छ भन्ने निर्णय कसले गर्न सक्छ ? मान्छेले समेत गर्न नसक्ने यो काम माछाहरूले गर्न सक्छन् भन्ने अध्ययनले देखाएको छ।




इजरायलको जेरुसलेमस्थित हिब्रु विश्वविद्यालयका शोधकर्ताहरूले जेब्राफिसमा गरेको अध्ययनअनुसार जब माछाले आफ्ना सन्तान जन्माउन पानीमा अण्डा छाड्छे, त्यसपछि आफ्ना लागि कुन समय उपयुक्त हुन्छ भन्ने निर्णय स्वयं अण्डाले गर्ने गरेको तथ्य अघि सारेका छन्।

अण्डामा हुने एक किसिमको हर्मोन थाइरोट्रोपिन न्युरोहर्मोन (टीआरएच)ले अण्डा फुटाल्ने समय नियन्त्रण गर्ने गरेको अध्येताहरूले पाएका छन्। जसअनुसार, थाइरोट्रोपिनले अण्डाको कडा भागलाई नरम बनाउन भूमिका खेल्छ।

बाहिरी वातावरणमा अण्डा फुट्न कत्तिको उपयुक्त समय छ भन्ने देखिएपछि मात्र थाइरोट्रोपिन हर्मोन स्वतः उब्जन्छ र त्यसपछि पानीमा तैरिरहेका अण्डा फुट्न सहज हुन्छ। तिनले अण्डाको पर्खाल भत्काउन सजिलो पारिदिने गर्छ। र, अन्ततः माछाका चेपागाँडाहरू तैरन थाल्छन्। अध्ययनबाट माछाहरूले कसरी आफ्नो जन्मदिन आफैँ नियन्त्रण गर्न सक्दारहेछन् भन्ने प्रष्ट भएको वैज्ञानिकहरूको दाबी छ।

त्यसो त माछामा मात्र होइन, कतिपय जनावरमा समेत यस्तो उपयुक्त समयको खोजी हुने वैज्ञानिकहरूको भनाइ छ। अध्ययनमा ती कुन जनावर हुन् भन्ने नखुलाइएको भए पनि विभिन्न जन्तुहरूमा यो साझा व्यवहार भएको वैज्ञानिकहरूको भनाइ छ।
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस