रामेछापको खाडादेवी गाउँपालिका पुछिघाटका सुमन माझी सिन्धुलीको सुनकोशी गाउँपालिका ६ खाल्टेमा रहेको दीर्घप्रदीप माध्यमिक विद्यालयमा अध्ययन गर्छन् । उनलाई विद्यालय आवातजावत गर्न सुनकोशी नदी वारपार गर्नुपर्छ ।
पुछिघाट र चैनपुर जोड्ने गरि सुनकोशी नदीमाथि रहेको झोलुङ्गे पुल गत असोजको बाढीले क्षतिग्रस्त बनाएपछि उनी जोखिम मोलेरै आवातजावत गर्न बाध्य छन् । बाढीले बगाएर बाँकी रहेको पुलको लठ्ठामा बाँधेर राखिएको पाइपमा झुण्डिएर उनी नदी पार गर्दै थिए ।
तस्बिर : अनिल भण्डारी/नागरिक'डुंगाबाट नदी तर्न अलि माथि जानुपर्छ । विद्यालय जान पनि ढिला हुन्छ घुमेर जाँदा आउँदा रात परिसक्छ त्यसैले दैनिक यहिबाट जोखिम मोलेरै वारपार गर्छौ.' क्षतिग्रस्त पुलमाथि भेटिएका सुमनले भने ।
सुमनमात्रै होइन बाढीले बगाएर क्षतविक्षत भएको झोलुङ्गे पुलकै सहारामा दर्जनौ विद्यार्थी आवातजावत गर्छन । सुनकोशी ६ मा रहेको दीर्घप्रदीप माध्यमिक विद्यालय खाल्टे र पञ्चकन्या प्राथमिक विद्यालय चैनपुरमा गरी रामेछापबाट सिन्धुलीतर्फ सुनकोशी तरेर २८ जना विद्यार्थी दैनिक आवातजावत गर्छन् । केही विद्यार्थी डुंगामार्फत् आउजाउ गर्छन् भने केहि सोही पुलमा झुण्डिएर आवातजावत गर्छन् ।
पञ्चकन्या प्राथमिक विद्यालयकी एक छात्रा सुनकोशीमा रहेको डुङ्गा चढ्नुपर्ने भएकाले चिसो मौसममा समेत खुट्टामा जुत्ता लाउन नमिलेको बताउँछिन् । 'यहाँ कोशी भित्रै डुङ्गा हुन्छ त्यहाँसम्म पुग्न खुट्टा भिजाउनै पर्छ अनी हामीलाई दैनिक दुई पटक लगाउन र खोल्न गाह्रो हुन्छ त्यसैले चप्पल लगाएर आवातजावत गर्छौ,' उनले भनिन् ।
तस्बिर : अनिल भण्डारी/नागरिकबाढी अगाडी पुल हुँदा सहजै आवातजावत भएपनि पुल बगाएपछि विद्यार्थीसहित स्थानियको दैनिकी समस्यामा परेको छ । नदीमाथि भएका झोलुङ्गे पुलहरु बाढीले बगाएपछि सुनकोशी नदी वारपार गर्न विद्यार्थीसहित स्थानीयलाई निकै समस्या भएको हो ।
बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिका जोड्ने गरि रामेछाप तथा ओखलढुंगाका विभिन्न गाउँ जोडिएका पक्की तथा झोलुङ्गे पुल बगाएको छ । पुल बगाएसँगै विद्यार्थीलाई मात्रै नभएर किसान तथा दैनिक पैदल यात्रा गर्ने यात्रुलाई समेत सुनकोशीतर्न मुस्किल पर्न थालेको छ । किसानलाई धान पराल तार्न समेत समस्या भएको स्थानीयको गुनासो छ ।
तस्बिर : अनिल भण्डारी/नागरिकसिन्धुलीस्थित सुनकोशी नदीमा आएका बाढीले खुर्कोट मन्थली सडक खण्डस्थित खुर्कोटबाट रामेछापको सेलेघाट जोड्ने पक्की पुल बगाएपछि उक्त स्थानमा नेपाली सेनाले बेलिब्रिज बनाएको छ । भने सुनकोशी १ दुम्जबाट रामेछापको खाडादेवी गाउँपालिका जोड्ने पक्की पुल बगाएको थियो । दुई पक्की पुलसहित १४ वटा झोलुङ्गे पुलमा बाढीले क्षतिग्रस्त भएको छ । क्षति भएको पुल तत्काल बनाएर सहजता दिन सरकार लाग्नुपर्ने स्थानीय बताउँछन् ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...