मदन भण्डारी राजमार्गको क्षेत्राधिकारभित्र रहेको पश्चिम सुर्खेतको बड्डीचौर–खम्मागाडे अन्तर्गतको १३ किलोमिटर सडक तत्कालै निर्माण गर्ने भन्दै कर्णाली प्रदेश सरकारले जिम्मेवारी लियो। पश्चिम सुर्खेतको केन्द्र बावियाचौरसम्म सहज यातायातको पहुँच पु¥याउने उद्देश्य भएपनि रुख कटान, जग्गाको भोगाधिकार र निर्माण व्यवसायीले समयमै काम नगरिदिँदा प्रदेश सरकार निरन्तर यहीँ सडकका कारण आलोचित भइरहेको छ।
निर्माण सम्पन्न हुने बेला यो सडकमा २१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। रुख कटान र जग्गाको भोगाधिकार टुंगो नलाग्दा पश्चिम क्षेत्रका बासिन्दाले अझै केही वर्ष हिलो र धुलोको सास्ती खेप्नुपर्नेछ।
राष्ट्रिय गौरवको आयोजनाबाट झिकेर आफ्नो मातहत ल्याएको प्रदेश सरकारले रुख कटान र जग्गाको भोगाधिकार नपाउँदा फेरि संघीय सरकार गुहार्न पुगेको छ। ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना नहुँदा जग्गाको भोगाधिकार र रुख कटानमा समस्या देखियो,’ पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर वीरेन्द्र शाहीले भने, ‘त्यसैले प्रदेश सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरिदिन पत्र पठाएको छ।’
प्रदेश मन्त्रिपरिषद्ले गरेको निर्णय संघीय मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि रुख कटान र जग्गा भोगाधिकारको अनुमति प्राप्त हुने शाहीले बताए। भोगाधिकारका कारणले पनि निर्माण व्यवसायीले काम गर्न नसकेको बताउँदै शाहीले भने, ‘थप भएको मितिमा पनि भोगाधिकार प्राप्त नभए पुनः म्याद थप्नुपर्ने बाध्यता छ।’
प्रदेश सरकारले २०८१ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरेर बड्डीचौर–खम्बागाडे सडकको ठेक्का लगाएको थियो। यो सडक निर्माणको जिम्मा संघीय सांसद दिक्पालकुमार शाहीले पाए। २०७९ साउन ५ गते बड्डीचौरमा डोजर चलाएर शुभारम्भ गरियो निर्माण सम्पन्न भइसक्न छ महिना बाँकी रहँदा यसको भौतिक प्रगति जम्मा २१ प्रतिशत छ।
सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभीले यो सडक निर्माणका लागि ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा ठेक्का पाएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतको पूर्वी खण्डको ३५ किलोमिटर सडक निर्माण ८० प्रतिशत सम्पन्न गरिसकेको छ भने पश्चिम खण्डको ८५ किलोमिटर खण्डमा पनि धमाधम काम भइरहेको छ। प्रदेश सरकारले आफ्नो जिम्मामा लिएको बडिचौर–खम्बागाडे सडक भने अझै कहिलेसम्म निर्माण सम्पन्न हुने हो टुंगो छैन।
मदन भण्डारी राजमार्ग सुर्खेत जिल्लामा एक सय ५८ किलोमिटर लामो छ। भेडाबारी–बोटेचौर–रैकर (छिन्चु–जाजरकोट–डोल्पा सडक) १२ किलोमिटर, धुलियाबीट–बांगेसिमल (फोरलेन) आठ किलोमिटर र बांगेसिमल–बडिचौर (कर्णाली राजमार्ग) ३० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी खण्ड मध्ये प्रदेश सरकारले आफ्नो जिम्मामा लिएर १३ किलोमिटर सडकबाहेक अन्य ठाउँमा पनि धमाधम कामहरू भइरहेका छन्।