स्थानीय युवाहरुको कुटाईबाट सुर्खेतमा एक वडाध्यक्ष घाइते भएका छन्। आइतबार बिहान लेनदेनको विषयमा विवाद हुँदा सुर्खेतको सिम्ता गाउँपालिका–२ का वडाध्यक्ष खगेन्द्रसिंह ठकुरीलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन्।
वडाध्यक्ष ठकुरीले स्थानीय चार जनाविरुद्ध डाँका चोरीमा इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिएका छन्। सुरुमा उनले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका भएपनि तत्काल फिर्ता लिएर सोमबार डाँका चोरी मुद्दामा जाहेरी दिएका हुन्।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सिम्ता गाउँपालिका–६ का ३४ वर्षीय घनश्याम बस्नेत, २३ वर्षीय गौतम सोनी, वडा नं. ५ का २४ वर्षीय कमल हमाल र ३१ वर्षका डिकेन्द्र केसीविरुद्ध जाहेरी परेको छ।
‘जाहेरी दर्ता भएर अनुसन्धान प्रक्रिया सुरु गरिएको छ, इलाका प्रहरी कार्यालय बादेपिपललाई घटनास्थल मुचुल्का गर्न नभएका छौं,’ इप्रका छिन्चुका एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछि पक्राउ पूर्जी लिने र थप अनुसन्धान गर्ने काम हुन्छ।’
प्रहरी स्रोतका अनुसार कुटाई खाने वडाध्यक्ष र कुट्ने युवाहरुबीच लेनदेन विवाद हो। युवाहरुले वडाध्यक्ष ठकुरीलाई आइतार बिहान काफलकोटमा हेलमेट, ढुंगालगायतले हानेका थिए।
युवाहरुको कुटाईबाट वडाध्यक्ष ठकुरीको मुख, नाकलगायतमा चोट लागेको छ भने दाँत पनि हल्लिएको छ।