मनकामना केबलकार आज सोमबार र भोलि मंगलबार दुई दिन बन्द भएको छ। टावर मर्मतका गर्नका लागि भन्दै केबलकार सेवा बन्द गरिएको मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गर्दै जानकारी दिएको हो।
पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने जारी सूचनामा उल्लेख गरिएको छ।
केबलकार सेवा बन्द भए पनि बटम स्टेसनस्थित रेष्टुरेन्ट सेवा भने यथावत् सन्चालन हुने प्रालिले जनाएको छ।
चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जोड्ने मनकामना केबलकार सेवा भोलि मङ्गलबार एक दिनका लागि बन्द हुने भएको छ।
चाडपर्व अगावै गर्नुपर्ने नियमित मर्मतसम्भारका कारण सेवा स्थगित गर्न लागिएको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
शेरचनका अनुसार मङ्गलबार केबलकारका टावरहरूको निरीक्षण तथा मर्मत गरिनुका साथै दुवै स्टेसनको प्राविधिक परीक्षण गरिनेछ। मर्मतको काम सकिएपछि बुधबारदेखि सेवा पुनः नियमित सञ्चालनमा आउनेछ।
सेवा बन्द रहनेबारे कम्पनीले सामाजिक सञ्जालमार्फत समेत सूचना सार्वजनिक गरिसकेको छ। सेवा रोकिँदा यात्रु तथा भक्तजनलाई पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा मागेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...