उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको केन्द्रबिन्दु भएको सहरको रूपमा पनि विशेष महत्व रहेको बताए। उनले काठमाडौंभित्र विश्व सम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान र रैथाने रहनसहन, मौलिक खानपान, जीवनशैली, बाजागाजा, नाच तथा शृङ्गारहरूको अलौकिक संयोजन अन्यत्र पाउन दुर्लभ रहेको बताए।
काठमाडौं महानगरपालिकाले महानगर घोषणा भएको ३० औँ वर्ष पूरा गरेको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष समारोहमा उपराष्ट्रपति यादवले यस्तो बताएका हुन्।
उनले काठमाडौंबासीलगायत सबैलाई बधाई तथा शुभकामना दिँदै महानगरपालिकालाई विकास र समृद्धिको पथमा अग्रसर गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई स्मरण र महानगरको नेतृत्व, जनप्रतिनिधिहरु, पदाधिकारीहरु तथा कर्मचारीहरुमा धन्यवाद व्यक्त गरे।
‘यहाँ प्रचलित जात्रा र पर्वहरू तथा महानगरसँग सम्बन्धित रोचक कथा र जनश्रुतिहरूले काठमाडौंलाई जीवन्त र विशेष सहरको उपमा दिएको छ’ सम्बोधन गर्दै उपराष्ट्रपति यादवले भने, ‘पछिल्लो समय स्थानीय सरकारका रूपमा काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारीलाई उजागर गर्दै आर्थिक, सामाजिक तथा भौतिक विकासमा अहम भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्दछु।’
उनले काठमाडौं महानगरले सेवाग्राही तथा लाभग्राहीलाई प्रदान गरेका सेवाहरू अन्य स्थानीय तहका लागि अनुकरणीय, अनुशरणीय र सिकाईयोग्य भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनमा यहाँको शसक्त युवा नेतृत्वको महत्वपूर्ण योगदान रहेको बताए।
उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्धन, प्राकृतिक सम्पदाको संरक्षण, मठमन्दिर तथा पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकासलगायतका काम महानगरपालिकाका उदाहरणीय काम भएको बताए।
‘समावेशी र पहुँचयुक्त सहर निर्माणका लागि गरिएका प्रयासले महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सबैले सहरलाई ‘मेरो पनि हो’ भन्ने विश्वास दिलाएको छ’ उनले भने, ‘कार्यपालिका बैठक, नगर सभाको प्रत्यक्ष प्रसारण, सूचना प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी सेवाको प्रबन्धन, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार निर्माण, विपन्न नागरिकलाई स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि, वायु प्रदूषण नियन्त्रणका उपायहरू लगायत महानगरको प्रशंसनीय कार्य हुन्।’
उपराष्ट्रपति यादवले काठमाडौँ महानगरपालिकाले संविधान, कानून र प्रचलित व्यवस्थाले दिएका अधिकारको पूर्ण प्रयोग गर्दै अन्य पालिकालाई संघीयताको अभ्यास गर्न सिकाई–योग्य मार्गदर्शन प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्दै पुनः महानगर घोषणा भएको ३० औँ वर्ष पूरा भएको सुखद अवसरमा बधाई तथा शुभकामना व्यक्त गरे
उपराष्ट्रपति यादवले सम्बोधनअघि काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका मौलिक सांस्कृतिक झाँकी र महानगरमा प्रयोग हुने प्रविधियुक्त विभिन्न साधनहरुको प्रदर्शनीलाई अभिरुचीपूर्वक अवलोकन गरेका थिए।
उनले समारोहमा साहित्यिक स्रष्टा, चित्रकार, चिकित्सकलगायत १० जना विशिष्ट व्यक्तित्वलाई महानगरपालिकाको तर्फबाट प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गरे।
विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था (आईक्यूएयर) को पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा परेको छ। आईक्यूएयरको ‘लाइभ सिटी र्याङ्किङ’ मा काठमाडौंको वायु गुणस्तर सूचकांक २२५ पुगेको छ, जुन स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।
भारतको दिल्ली, पाकिस्तानको लाहोर र भियतनामको हनोई जस्ता सहरहरूलाई काठमाडौंले पछाडि पारेको छ। दोस्रो स्थानमा हनोई (१८०), तेस्रोमा दिल्ली (१७७) र चौथोमा लाहोर (१७७) परेका छन्। त्यस्तै, भियतनामको हो चि मिन्ह सिटी (१५५) पाँचौं स्थानमा छ। चीनको वुहान (१५३) छैटौँ स्थानमा छ।
सूचीको सातौँ स्थानमा पाकिस्तानको अर्को सहर कराची (१२९), आठौँमा चीनको सांघाई (१२९), नवौँमा इरानको तेहरान (१२७) र दशौँ स्थानमा भारतको मुम्बई (१२३) रहेका छन्।
काठमाडौंमा वायु प्रदूषणको स्तर उच्च हुनुमा डढेलो, सवारी साधनको धुवाँ, निर्माण कार्यबाट निस्कने धुलोजस्ता कुराहरू मुख्य कारण छन्। वायु प्रदूषणको यो खतरनाक स्तरले श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको समस्या भएका बिरामी बढेका छन्। विज्ञले सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कँदा मास्क लगाउन सुझाव दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...