नेपाल बार एसोसिएसनले न्यायपालिका पुनर्संरचनाका लागि संविधान संशोधन, अध्ययन प्रतिवेदन कार्यान्वयनको मागसहित बार र बेन्चको सुधारको पहल गर्ने निर्णय गरेको छ। नेपाल बारले ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार न्यायपालिकाको पुनसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने मूल नाराका साथ पोखरामा मंगलबार सकिएको ५०औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले विभिन्न निर्णय गरेको हो।
न्यायपरिषद् नियमावली संशोधनपछि चिसिएको बार र बेन्चको विवादका कारण न्यायाधीश नियुक्तिमा समेत ढिलाइ भइरहेको देखिएको छ। न्यायपरिषद् नियमावली २०७४ (पहिलो संशोधन) गैरसंवैधानिक रूपमा भएको बारको दाबी छ। संशोधन खारेज नहुँदासम्म नेपाल बारले गरेको विरोधका कार्यक्रममा बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको अभिव्यक्तिलाई लिएर सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो। बारले विचाराधीन मुद्दालाई खारेज गरी बार बेन्चको सम्बन्धलाई थप सुमधुर बनाउन माग गरेको छ।
बारले संविधानको पूर्ण परिपालना एवं न्यायपालिकाको पुनर्संरचनाका उच्चस्तरीय संविधान कार्यान्वयन अध्ययन आयोग गठनको पहल गर्ने निर्णय गरेको छ। संविधानको भावना र मर्मअनुसार संवैधानिक व्यवस्थाको पूर्ण रूपमा कार्यान्वयनको अपिल गर्दै संवैधानिक व्यवस्थाविरुद्ध प्रहार भएको भन्दै घोर निन्दासमेत गरेको छ।
बारले संक्रमणालीन न्यायको विषयमा पनि चासो व्यक्त गरेको छ। ‘विस्तृत शान्तिसम्झौता भएको दुई दशक पुग्न लाग्दा पनि संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया हालसम्म टुंगोमा पुग्न नसकेकामा गम्भीर सरोकारको विषय’ बारले भनेको छ। पीडितको न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्न गम्भीर अपराधमा दण्डहीनताको अन्त्यका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन भई जारी भइसकेको छ। ‘विस्तृत शान्तिसम्झौता, सर्वोच्चको फैसला तथा अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानी तत्काल संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सरकारलगायत सरोकारवाला सबैमा जोडदार माग गर्ने निर्णय गरियो।’
न्यायपालिकाभित्र विद्यमान रहेका विभिन्न किसिमका विकृति, विसंगति, भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीलगायत विकृतिहरूको समाधानका लागि सर्वोच्चका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा अध्ययन भई सार्वजनिक भएको प्रतिवेदन कार्यान्वयनमा बारले फेरि पनि माग गरेको छ। सर्वोच्चको पूर्ण बैठकबाट प्रतिवेदन ग्रहण गरी तत्काल अक्षरशः कार्यान्वयन गर्न, न्यायिक सुशासन कायम गर्न कार्यकारिणी परिषद् बैठकले माग गरेको हो। न्यायपालिका सुधारका लागि बनाइएको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन। बारले सुरुदेखि नै प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आइरहेको छ। मुद्दाको सुनुवाइ हुँदा त्यसै दिन निर्णय सुनाउनुपर्ने विषयमा अदालतको ध्यानाकर्षण गराउने पनि बारले उल्लेख गरेको छ।
सरकारअन्तर्गतका विभाग वा सोसरहका निकायको कार्यउपर असाधारण क्षेत्राधिकार क्षेत्रअन्तर्गत पर्ने रिट निवेदन उच्च अदालतले हेर्ने र जिल्ला अदालतलाई आफ्ना जिल्लाभित्रका अर्धन्यायिक निकायहरूको निर्णयउपर सम्पूर्ण रिट निवेदनहरूको काम कारबाहीको अधिकार क्षेत्र कायम गर्न ध्यानाकर्षण गराएको छ। ‘मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को साविककै कानुनी व्यवस्था कायम हुने गरी उक्त दफामा अविलम्ब संशोधन गर्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने गराउने निर्णय गरियो,’ बारले भनेको छ।
अदालतमा हुने मुद्दालाई सहज बनाउन पनि बारले ध्यानाकर्षण गराउँदै कानुन संशोधनको माग गरेको हो। सुरु तहमा जरिवाना माग भएको अवस्थामा पुनरावेदन तहमा पुनरावेदन गर्दा जरिवाना, क्षतिपूर्ति अग्रिम रूपमा बुझाउनुपर्ने गरी अदालतबाट हुँदै आएको विषय पनि संशोधन गर्न माग गरेको छ। उच्च अदालतलाई अर्ध न्यायिक निकायले गरेको निर्णय वा फैसला जिल्ला अदालतबाट पुनरावेदनको रोहमा हेरिएका मुद्दाका सम्बन्धमा दोहोर्याई हेर्न पाउने अधिकारका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न बारको माग छ।
कानुन व्यवसायी महिलाको पेसागत हकहित, दक्षता, सुरक्षा र लैंगिक सवाल, सामाजिक न्याय र न्यायमा पहुँचका लागि लैंगिक नीति बनाउन पहल गर्ने बारले निर्णय गरेको छ। राजनीतिक विचार र आस्थाका आधारमा व्यक्तिलाई बन्दी बनाउने क्रम हालसम्म पनि कायम रहेको भन्दै नेपालको संविधान, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिसम्झौता तथा लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर आस्थाका आधारमा कसैलाई पनि बन्दी नबनाउन सरकारसँग माग गरेको छ। ‘स्थानीय सरकारले बनाएको कानुन संविधान एवं संघीय कानुनसँग बाझिएका विवाद उच्च अदालतको क्षेत्राधिकारभित्र कायम गर्न कानुन संशोधनका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्ने निर्णय गर्छ,’ बारले भनेको छ।