जनकपुरधाममा आइतबारदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत छैटौं दिन आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा जनकपुरको बाह्रबिघा रंगभूमी मैदानमा स्वयंवर मनाइएको हो। जानकी मन्दिरबाट सीताको डोला र राम मन्दिरबाट भगवान रामको डोला बाह्रबिघा मैदानमा पुर्याइयो, जहाँ स्वयंवरको विशेष समारोह आयोजित गरियो।
स्वयंवरको विधि अनुसार, श्रीरामको डोलालाई जानकी मन्दिरबाट लिइएर मण्डपको चारो पटी पाँच पटक परिक्रमा गराएर पुष्पहार अर्पण गरिएको थियो। त्यसपछि महन्तले श्रीरामको डोलाबाट सीतालाई माला लगाएर आरती पूजन गरेका थिए। यस विशेष अवसरमा हेलिकप्टरबाट फूल बर्साएर समारोहको भव्यता थपिएको थियो। लाखौँ श्रद्धालुहरू सहभागी भए र गाउँ–गाउँबाट बाजागाजासहित झाकी र भजन–कीर्तन प्रस्तुत गरे।
विवाह पञ्चमी महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु जनकपुरधाम आएका छन्। यस वर्ष पाँच वर्षको अन्तरालमा भगवान श्रीरामको जन्मभूमि अयोध्याबाट जन्तीसमेत आएका छन्। रंगभूमि मैदानमा स्वयंवर सम्पन्न भएपछि, दुबै डोलालाई नगर परिक्रमा गराउँदै पुन: मन्दिरमा लगिएको थियो।
आज साँझ मिथिला संस्कृतिअनुसार सीता–रामको विवाह जानकी मन्दिरमा सम्पन्न हुनेछ। विवाह पञ्चमीमा मैथिली परम्पराअनुसार सम्पूर्ण विधि सम्पन्न गरिने प्रचलन अनुसार, महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन धनुष यज्ञको कार्यक्रम सम्पन्न भइसकेका छन्।
विवाह महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव मनाइएको थियो। तिलकोत्सवमा जानकी मन्दिरका महन्थ राम रोशन दास वैष्णव राम मन्दिर पुगेका थिए, जहाँ राजा जनकको भूमिकामा र भारत अयोध्याका राजा दशरथको भूमिकामा दुवै मन्दिरका महन्थबिच सम्धी मिलन गराइएको थियो।
भोलि रामकलेवा गरी जन्ती र साधु सन्तलाई बिदाइ गर्दै विवाह पञ्चमी महोत्सवको समापन हुनेछ। जनकपुरधाममा यस महोत्सवमा नेपाल र भारतका लाखौँ श्रद्धालु सहभागी भइरहेका छन्। श्रद्धालुहरूको सुविधाका लागि बाह्र बिघा मैदानमा पण्डाल बनाइएको छ र जनकपुर अहिले श्रद्धालुहरूले भरिपूर्ण छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरले पहिलो हार बेहोरेको छ। सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार बेहोरेको हो। जनकपुर १२ ओभरमा जम्मा ५१ रनमै अलआउट भयो।
यो सँगै जनकपुर सुदुरसँग ७२ रनले पराजित भएको हो।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले १२ ओभरमै सवै विकेट गुमाएपछि ७२ रनमै रोकियो।
सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए, स्कट कुगेलेइन, सैफ जेव, र नरेन साउदले एक एक विकेटले लिए।
जनकपुरले अघिल्ला चार खेलमा निकालेको थियो।जितसँगै सुदूरपश्चिम नेट रनरेटका आधारमा जनकपुरलाई उछिन्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...