रौतहटमा बाघको आक्रमबाट गम्भीर घाइते भएका वडाध्यक्षलाई थप उपचारका लागि नेपाल मेडिसिटी हस्पिटल पठाइएको छ।
बाघले आक्रमण गर्दा गुजरा नगरपालिका १ का वडाध्यक्ष रामजित चौधरी र सोही ठाउँका बौराई चौधरी घाइते भएका हुन्।
वीरगञ्जस्थित बयोधा अस्पतालको आईसीयूमा राखेर उपचार गराइरहेका उनलाई थप उपचारका लागि वीरगञ्जमै रहेको मेडिसिटी हस्पिटल पठाइएको चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले जानकारी दिए। बौराईको भने भारतमा उपचार भइरहेको छ। वडाध्यक्षको अवस्था खतरा मुक्त रहेपनि सुविधासम्पन्न अस्पतालमा उपचार आवश्यक रहेकाले अस्पताल सारिएको राईको भनाई छ।
वडाध्यक्ष चौधरीलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार नै वीरगञ्जस्थित नेपाल मेडी सिटी अस्पतालमा भेट गरेका छन्।
जंगल छेउको तरकारीबारीमा आलुबारीमा काम गर्दै गरेका ६५ वर्षीय बौराई चौधरीमाथि बाघले आक्रमण गरेको थियो। उनलाई बचाउन पुगेका ५५ वर्षीय वडाध्यक्षलाई पनि सोही बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट दुवै जना घाइते भए पनि लखेटन र आफूहरु जोगिन सफल भएका थिए।