न्यायाधीशहरूको नियुक्ति गर्ने न्यायपरिषद्का एक सदस्यको चार वर्षे कार्यअवधि सकिएपछि शुक्रबार रामप्रसाद श्रेष्ठ बिदा भएका छन्। उनी नेपाल बार एसोसिएनका तर्फबाट न्यायपरिषद्को सदस्य थिए। न्यायपरिषद्का सदस्यको पदावधि चार वर्षको हुने संविधानमै तोकिएको छ।
अब नेपाल बार एसोसिएसनले न्यायपरिषद्मा आफ्नो प्रतिनिधि नपठाउँदासम्म परिषद्लाई न्यायाधीश नियुक्तिको सिफारिसलगायतका निर्णय गर्न अप्ठेरो हुनेछ। नेपाल बारले कहिलेसम्म प्रतिनिधि पठाउने भन्ने टुंगो लागेको छैन।
न्यायाधीश नियुक्ति समयमै हुन नसक्नु परम्पराजस्तै बनेको छ। समयमा न्यायाधीश नियुक्त हुन नसक्दा जिल्लादेखि सर्वोच्च अदालतसम्म मुद्दा सुनुवाइमा असर परेको छ। कानुनअनुसार रिक्त हुने न्यायाधीश पदका लागि एक महिनाअघि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्छ। प्रधानन्यायाधीश अध्यक्ष रहने पाँच सदस्यीय न्यायपरिषद्मा तीन जना पदेन हुने संवैधानिक व्यवस्था छ।
प्रधानन्यायाधीश अध्यक्ष, बहालवाला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, वरिष्ठ न्यायाधीश पदेन हुने व्यवस्था छ। थप दुई सदस्यमा एकजना प्रधानमन्त्रीले सिफारिस गर्ने व्यवस्था छ भने एकजना कानुनविद् बार एसोसिएसनले पठाउने व्यवस्था छ। खाली रहेको न्यायपरिषद् सदस्यमा बारका तर्फबाट कसलाई पठाउने भन्नेमा बारभित्र पनि विवाद रहेको बताइएको छ।
न्यायपरिषद् सदस्यको आआफ्नै अडानका कारण पनि न्यायाधीश नियुक्ति सिफारिसमा ढिलाइ हुँदै आएको एक सदस्य बताउँछन्। सक्षम, योग्य व्यक्तिलाई न्यायाधीश बनाउने विषयमा पनि एकमत हुन नसक्दा समयमै नियुक्तिको सिफारिस गर्न नसकिएको ती सदस्य बताउँछन्।
हाल सर्वोच्च अदालतमा चार र उच्च अदालतमा १८ जना न्यायाधीशको पद रिक्त छ। सर्वोच्चमा न्यायाधीश कम हुँदै जाँदा मुद्दाको चाप बढ्दै गएको छ। हाल सर्वोच्चमा २५ हजार थान बढी मुद्दा छिन्न बाँकी छन्।न्यायाधीश नियुक्तिको सिफारिस गर्न अब कम्तीमा एक महिना लाग्ने एक सदस्यले बताए।
‘अहिले एक सदस्यको कार्यअवधि सकिएको छ। सो पदपूर्तिका लागि अब नेपाल बारको निर्णय कुर्नुपर्ने भएको छ’, उनले भने।
नेपाल बार एसोसिएसनको कार्यकारिणी परिषद्को बैठक यही मंसिर २४ र १५ गते पोखरामा तोकिएको छ। बार कार्यकारिणी परिषद्को बैठक तयारीमा रहेकाले न्यायपरिषद्मा सदस्य पठाउने विषयमा कार्यसमितिमा छलफल पनि हुन नसकेको महासचिव अञ्जिता खनालले बताइन्।
‘पोखराको कार्यक्रम सकेपछि न्यायपरिषद्मा सदस्य पठाउने विषयमा छलफल हुन्छ’, उनले भनिन्, ‘बारले न्यायपरिषद् सदस्य तोक्दा जहिले पनि विवादित हुने गरेको छ। अब हामी विवादरहित ढंगले सदस्य पठाउनेमा छलफल गर्छौं।’
बार र बेञ्चको सम्बन्ध स्थापित गराउन बारले सदस्य पठाउने गरेको छ। तर यसरी पठाइएका केही सदस्य विवादित हुने गरेको बारको गुनासो छ। ‘बार र बेञ्चको सम्बन्ध सहज बनाउन सदस्य पठाइएको हुन्छ। बारले पठाएका कतिपय सदस्य बारप्रति उत्तरदायी नहुने गरेको देखिएको छ’, महासचिव खनालले भनिन्।
न्यायपरिषद् नियमावलीको एउटा बुँदा संशोधन गरिएपछि नेपाल बारले त्यसलाई संविधानविपरीत भन्दै सच्याउन आन्दोलनसमेत गरेको थियो। न्यायपरिषद्मा बारका प्रतिनिधि रहेका श्रेष्ठलाई बारको पक्षमा नबोलेको भन्दै फिर्ता बोलाउने विषयमा समेत बारमा छलफल भएको थियो। नियमावली संशोधन गर्दा उनले त्यसको संकेतसम्म नगरेको बारको गुनासो छ।
‘हिजो बार प्रतिनिधि पदम वैद्य, रामप्रसाद सिटौला, रामप्रसाद श्रेष्ठ विवादित देखिनुभयो’, महासचिव खनालले भनिन्, ‘अब त्यस्तो अवस्था आउन दिनु हुँदैन।’ केही सदस्यले सुरुमा बारप्रति प्रतिबद्धता देखाउने तर त्यहाँ पुगेपछि बारलाई नै बिर्सने गरेको उनको भनाइ छ। ‘जागिर खानका लागि माात्र बारले अब पठाउँदैन’, खनालले भनिन्।