सूर्याेदयमा भवन बनाउँदै विश्व बैंक
१४ मंसिर २०८१
•
३ मिनेट पाठ
सूर्याेदयमा भवन बनाउँदै विश्व बैंक
<br>
विश्व बैंकले इलामको सूर्याेदय नगरपालिकामा उत्थानशील भवन निर्माणका लागि लगानी गर्ने भएको छ। स्थानीय सामग्रीका साथ स्थानीय तहलाई सक्षम बनाउने उद्देश्यले विश्व बैंकले देशभरका आठ पालिकामा सूर्याेदयलाई पनि रोजेको हो।




विश्व बैंकको यो परियोजनामा अमेरिका, क्यानडा, युकेलगायतले समेत सघाउनेछन्। सरकारले निर्माण गर्ने हरेक योजना–परियोजनामा आइपर्नसक्ने जोखिम र विपद् न्यूनीकरणका लागि युएनडिआरआरले विश्व बैंकसँग सम्झौता गरेको थियो। तर, लामो समय कार्यान्वयन हुन नसकेको यो परियोजना अब सुरु हुने भएको हो।

सूर्याेदयका मेयर रणबहादुर राईले विश्व बैंकले आफैं सम्भाव्यता अध्यनन गरी परियोजना कार्यान्वयनमा लैजाने बताए। ‘हुन त अहिले पनि सूर्याेदयले चाहिँ विपद् जोखिम न्यूनीकरण अध्ययन गरेरमात्र परियोजना सञ्चालन गरिरहेकै छ,’ उनले भने, ‘हाम्रो यही प्रयासलाई विश्व बैंकले पनि सघाउनेछ।’

अहिले विपद् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघले तोकेका १० पक्षलाई आधार बनाएर सूर्याेदयले योजना कार्यान्वयन गरिरहेको छ। नगरका योजना, परियोजना र गतिविधि निरीक्षण गर्न गतवर्ष विपद् जोखिम न्यूनीकरणको क्षेत्र हेर्ने विश्व बैंक प्रतिनिधि आएका थिए। उनी सूर्याेदयका कामप्रति उत्साहित भएपछि यो वर्ष सूर्याेदयलाई परियोजना प्राप्त भएको मेयर राईले बताए।

उनका अनुसार परियोजनाका लागि देशका आठ पालिका छानिएकामा सूर्याेदयले नै नेतृत्वदायी भूमिका निर्वाह गर्न विश्व बैंक प्रतिनिधिको आग्रह पनि छ। सूर्याेदयले विद्यालय पाठ्यक्रममा समेत विपद् जोखिम न्यूनीकरण व्यवस्था गरेर सबैलाई यसबारे सचेत गराइरहनुलाई राष्ट्रसंघले प्रशंसा गरेको मेयर राई बताउँछन्।

यो परियोजनाले चाहिँ सूर्याेदयमा भवन निर्माणका काम गर्नेछ। विपद् जोखिम न्यूनीकरणसहित विद्यालय, स्वास्थ्य चौकीलगायत भवन निर्माण गर्ने नगरले जनाएको छ। ‘स्थानीय स्रोत–साधन प्रयोग गर्ने, स्थानीयकै क्षमता अभिवृद्धि गर्नेगरी परियोजनाको कार्य सञ्चालन हुनेछ,’ मेयर राईले भने, ‘स्थानीयलाई नै उद्यमी र रोजगार बनाउने पनि यसको लक्ष्य छ।’

संघीय सरकार र राष्ट्रिय योजना आयोगले हरेक योजना बनाउँदा दिगो विकास लक्ष्यलाई नै प्राथमिकता दिएपछि सूर्याेदयले पनि मानव संशाधन विकासलाई नै नगर विकासको आधार बनाएको हो। मेयर राईले नगरको सुदूर भविष्यका लागि दिगो विकासका लक्ष्यअनुसार अघि बढ्न दिगो विकासका राष्ट्रिय लक्ष्य अवलम्बन गरिरहेको बताए।

चालु वर्षदेखि दिगो विकासका लक्ष्यलाई स्थानीयकरण नै गरेर नगरले योजना सञ्चालन गरिरहेको मेयर राई बताउँछन्। ‘अब नगरका कुनैपनि कामको प्रगति झट्ट देखिने गरी होइन, त्यसको दिगो प्रतिफल पाउने गरी हुनेछ,’ उनले भने, प्रतिफल पाउन बरु केही समय कुर्नुपरोस् तर योजनाबद्ध र दिगो काम गरौं भन्ने ध्येयले यसलाई स्थानीयकरण गरेका छौं।’

यसैअन्तर्गत रहेर विकास योजना सञ्चालन गर्दा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनालाई पनि स्थानीय कानुनकै रूपमा पारित गरेको उनको भनाइ छ। संयुक्त राष्ट्रसंघले नेपालका विशेषगरी स्थानीय सरकारले गरिरहेका विकास आयोजनाका काममा विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्छ। त्यसमा सूर्याेदय पनि सहभागी छ।

राष्ट्रसंघले आयोजना गरेको सेमिनारमा विश्वका दर्जनौं देशका स्थानीय सरकार सहभागी हुँदा नेपालबाट तीन नगरपालिका (इलामको सूर्याेदय, इलाम नगरपालिका र बाँकेको नेपालगञ्ज) सहभागी थिए।

‘हरेक काममा जोखिम र विपद् न्यूनीकरणको प्रयास गरेका छौं,’ उनले भने, ‘विभिन्न योजना बनाउँदा हेरिने रिक्स फ्याक्टर हो यो। बाटो, पुल, भवन लगायत संरचना बनाउँछौं तर कुन ठाउँमा खोलो, पहिरो वा विपत्ति आइलाग्छ कि भन्ने पनि हेर्नुपर्छ। भूकम्प पनि विपद् हो। कृषिमा लगानी गर्दा बालीनाली कीराफट्याङ्ग्राले खानु, वन्यजन्तुले नास गर्नु पनि जोखिम नै हो।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस