गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सिड्नीमा हालै सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२४’ मा म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाकी दीक्षा गर्बुजाले लोपोन्मुख थाली नाच प्रदर्शन गरिन।
राष्ट्रिय झण्डा फहराउँदै सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा भेला भएका हजारौं नेपाली माझ म्याग्दीको मौलिक पहिचान थाली नाच मुख्य आकर्षण बन्यो।
मोना अस्ट्रेलियाको सक्रिय सहभागितामा आयोजित नेपाल फेस्टिभलमा गर्बुजाले हातमा जोडी थाल बोकेर नृत्य देखाउँदा सबैको ध्यान तानेको थियो।
हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृश्यले ‘नेपाल फेस्टिभलका प्रमुख अतिथि सिड्नी न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री क्रिस मिन्स, न्यु साउथ वेल्सका बहु-सांस्कृतिक मन्त्री स्टीभ काम्पर, विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान, समेत नेपाल फेस्टिभल लगायतका अतिथिहरूले समेत कलात्मक नाच देखेर दङ्ग परे।
वि.स २०२८ सालमा चिमखोलामा हिरामायाँ पुन, लोक गायिका धनकुमारी थापा सहितको टोलीले पञ्चेबाजाको तालमा प्रस्तुत गरेको थाली नाचलाई सोही गाउँबाट दुई वर्ष अगाडी अस्ट्रेलिया पुगेकी गर्बुजाले चर्चामा ल्याएकी हुन्।
मोना महिला भलिबलकी क्याप्टेन समेत रहेकी गर्बुजाले हालसम्म सार्वजनिक सहित विभिन्न कार्यक्रम गरी १० स्थानमा थाली नाच प्रस्तुत गरेको बताइन्। ‘म्याग्दी जिल्लाको पहिचान हो, हामीले यसलाई अस्ट्रेलियामा पनि देखाउन सफल भएका छौ, आफ्नै गाउँबाट सुरु भएको नाच देखाउन पाउँदा निकै खुसी छु’ दीक्षाले भनिन्।
यसवर्ष नेपाल फेस्टिभल सहित दुई सार्वजनिक कार्यक्रममा प्रस्तुत गरेको थाली नाच व्यक्तिगत इभेन्टहरूमा भने थुप्रै पटक देखाउने अवसर पाएको गर्बुजाको भनाई छ।
थाली नाचमा नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने भन्दै नेपाली र विदेशीले निकै प्रशंसा गर्ने गरेको गर्बुजाको अनुभव छ।
दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा थाली नाच रोचकपुर्ण हुन्छ। थाल भुईँमा खस्यो भने अशोभनीय मान्ने गरिएकाले नाच अवधिमा धेरै सावधानी अपनाउनुपर्छ।
दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा थाली नाच रोचकपुर्ण हुन्छ। समुन्द्रपारी म्याग्दीको मौलिक नृत्यलाई प्रस्तुत गर्ने अवसर पाएको र यसलाई निरन्तरता दिने मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले बताए। थाली नाचमा मौलिकता र आफ्नोपन झल्कने गरेकाले मोनाले आयोजना गर्ने कार्यक्रममा नियमित जस्तै प्रस्तुत गरिने उनले बताए।
यता एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले म्याग्देलीको सक्रियता सहितको नृत्य प्रस्तुतले फेस्टिभललाई अविस्मरणीय बनाएको बताए।
नेपाली संघसंस्थाको प्रतिनिधित्व रहेको फेस्टिभलमा म्याग्दीबाट पञ्चेबाजा र थाली नाच सहित मगर समुदायको भेषभुषा, ढाकाटोपी, दौरा–सुरुवाल र साडीमा सजिएर म्याग्देलीले यसपटक फेस्टिभलमा आफ्नो पहिचान भल्काउन सफल भएका थिए। प्रवासमा रहेका म्याग्देलीकै कारण थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको छ।
थाली नाचको इतिहास
वि.स २०२८ सालमा चिमखोलाबाट पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य सार्वजनिक भएको थियो। वि.सं २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएसँगै म्याग्दीबाट विश्वभर छरिएकाले अहिले थाली नाच प्रस्तुत गर्ने गरेका छन्।
हिरामायाँ पुन र लोक गायिका धनकुमारी थापा सहितको ४ जनाको टोलीले वि.सं २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेका थिए।
वि.सं. २००८ सालमा चिमखोलामा जन्मिएकी हिरामायाँले सुरुवात गरेको थाली नाच म्याग्दीबाट विश्वभर छरिएका कलाकारहरूले प्रस्तुत दिँदा विदेशी र नेपालका अन्य जिल्लावासी समेत दङ्ग पर्ने गरेका छन्।
तत्कालीन समयमा थाली नाच देखाउँदा बोक्सी र टुनामुना गर्ने मान्छे सम्मको आरोपको सामना गर्दा समेत म्याग्दी चिमखोलाकी हिरामायाँ, धनकुमारी सहितका महिलाले आफ्नो कलालाई निरन्तरता दिएका थिए।
बि.स २०३५ सालमा शान्ति पुन र थापाले थाली नाच सम्बन्धी गीत रेकर्ड गराएपछि झनै यसको लोकप्रियता चुलिएको थियो। उक्त गीतको वि.स २०७३ मा म्युजिक भिडीओ छायाङ्कन गरिएको थियो। अहिले विश्वमा जहाँ म्याग्देली पुगेका छन् त्यहाँ थाली नाच प्रस्तुत हुने गरेको छ।
बिहान १० बजेदेखि राति १० बजेसम्म चलेको नेपाली खाना, नेपालीहरूले सञ्चालक गरेका व्यवसायका साथै अस्ट्रेलियाका व्यावसायिक सङ्घसंस्थाले सहभागिता जनाएका थिए।
फेस्टिभलमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो, जसमा काठमाडौंको धरहरा, पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...