प्रत्येक पञ्चवर्षीय योजना सरकारी नीति तथा कार्यक्रमका मार्गनिर्देशक हुन्, तर ती योजना नै लैंगिक समानता तथा सामाजिक समावेशिताका हिसाबले कमजोर रहेको विज्ञहरूले औंल्याएका छन्।
केही दिनअघि सार्वजनिक भएको सोह्रौं राष्ट्रिय योजनामाथि लैंगिक समानता तथा सामाजिक समावेशी समीक्षा कार्यक्रममा विज्ञहरूले लैंगिक समानता र समावेशिताको दृष्टिकोणले कमजोर रहेको बताएका छन्।
पूर्वपरराष्ट्रमन्त्री डा. विमला राईले सोह्रौं योजनामा लैंगिक समानता तथा सामाजिक समावेशिताका हिसाबले सुधार भएर आए पनि सबै लिंग र समुदायको मूल प्रवाहीकरण हुने गरी आउन नसकेको बताइन्। ‘प्रविधि, शिक्षा, आर्थिक, स्वास्थ्य सबै क्षेत्रमा मूल प्रवाहीकरण नभएपछि कसरी गरिबी घट्छ?’, उनले भनिन्।
‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षामा आधारित भएर आए पनि परिणात्मक लक्ष्य आउन नसकेको उनले बताइन्। पृष्ठभूमिमा लैंगिक समानता, पछि परेका सबै समुदायलाई सम्बोधन गरे पनि यी समूहको हकमा कार्यान्वयनको सूचकांकविना नै समावेश गरिएको बताइन्।
‘कृषि उत्पादनमा महिलाको समय भार भएको छ। त्यो भएर महिलामैत्री प्रविधि उपलब्ध गराउन, जलवायु परिवर्तन, खाद्य र कृषि उत्पादनमा महिला खै ?’, उनले भनिन्। पर्यटन क्षेत्रका मुख्य एजेन्सी महिला भए पनि उनीहरूका बारेमा योजनामा केही नरहेको जनाउँदै उनले थपिन्, ‘योजनाले पछि परेका समूह र समुदायलाई पहिचान गरे पनि कार्यान्वयन तहमा लैजाने कुरामा अन्योल देखिएको छ।’
काठमाडौं विश्वविद्यालयकी प्राध्यापक डा. पासाङ शेर्पाले सोह्रौं राष्ट्रिय योजना लिखित रूपमा महत्वाकांक्षी देखिए पनि वास्तविकतामा अधिकारसम्पन्न गराउने खालको नभएको बताइन्। ‘माथि सबैलाई समेट्ने खालको देखिन्छ, तल हेर्दै जाँदा सामाजिक समावेशीको हकमा साँघुरो देखियो’, उनले भनिन्।
आदिवासी तथा जनजातिको सीपका बारेमा अनुसन्धान गर्ने भनिए पनि अभिलेखीकरण कसरी गर्ने भन्ने विषय अस्पष्ट रहेको उनको भनाइ छ। ‘विकास पश्चिमा आर्थिक विकासमा मात्र केन्द्रित भयो’, उनले भनिन्। जलवायु संकट र अन्य मानव विकासका लागि आदिवासी तथा जनजातिका मौलिक सीप उपयोग गर्न सकिने गरी योजना बनाउनुपथ्र्यो’, शेर्पाले भनिन्।
सोही क्रममा युएन वुमनकी कार्यक्रमविज्ञ रचना भट्टराईले सोह्रौं योजना नेपाल सरकारको लैंगिक समानता नीति २०२१ मा आधारित भएर बनेको बताइन्। ‘यो नीतिमा टेकेर योजनामा लैंगिक समानता तथा सामाजिक समावेशी योजना समावेश भएका छन्। यसलाई लागु गर्ने काम नेपाल सरकारको हो’, उनले भनिन्।
सोही क्रममा एनजिओ फेडेरेसन अफ नेपालकी उपाध्यक्ष भावना भट्टले सोह्रौं योजनामा महिलाको लैंगिक समानता र सामाजिक समावेशी हुने गरी निर्माण सुरु भएको बताइन्। तर अझै थुप्रै सूचकांक पूरा हुने गरी योजना नभएको उनले बताइन्।
योजनामा समावेश भएका लैंगिक तथा सामाजिक समावेशीको व्यवस्थालाई कार्यान्वयन गर्न सबै मन्त्रालयका कार्यक्रमअन्तर्गत लैंगिक अडिट गर्न सकिने उनको भनाइ छ। त्यसैगरी उनले वार्षिक कार्यक्रममा हुने सम्बन्धित मन्त्रालयलाई परिच्छेद ८, १० र १२ लाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेर अघि बढ्न सकिने बताइन्।