अदालतले फौजदारी मुद्दामा आरोपितलाई पहिले थुनेर मात्रै सुन्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय कानुनी मान्यता कुनै पनि अभियुक्तलाई ‘पहिला सुन अनि थुन’ भन्ने छ। नेपालमा भने त्यसविपरीत ‘पहिला थुन अनि सुन’ भन्ने मान्यताले काम गरेको अध्ययनले देखाएको हो।
नेपालमा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा धेरैजसोलाई पहिला पुर्पक्षका लागि थुनामा पठाउने गरिएको छ। यस्तो प्रचलनको अन्त्य गर्न अध्ययनले सुझाएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठानले गरेको ‘जबर्जस्ती करणी मुद्दामा भएको थुनछेक अभ्यास सन्दर्भमा अध्ययन प्रतिवेदन–२०८०’ मा भनिएको छ, ‘राज्यले हरेक व्यक्तिको शंकास्पद गतिविधिको निगरानी गर्ने स्वचालित प्रणाली भित्र्याउनु जरुरी छ।’
सरकारवादी हुने फौजदारी मुद्दामा अनुसन्धान भई अदालतमा अभियोगपत्र दर्ता भएपछि अभियुक्तलाई अनुसन्धान गर्दा थुनामा राख्ने वा धरौटी वा जमानत, साधारण तारेखमा राख्ने व्यवस्था छ। संविधान, कानुनअनुसार अभियोग प्रमाणित नभएसम्म कसैलाई पनि कसुरदार मानिँदैन।
अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअनुसार कुनै पनि व्यक्तिलाई थुनामा राख्नुलाई अन्तिम विकल्प मान्नु हुँदैन। ‘कुनै पनि अभियोग लागेको व्यक्तिले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन’ नेपालको संविधानमै उल्लेख छ। ‘अन्तिम उपायका रूपमा मात्रै व्यक्तिलाई थुन्ने अभ्यासको थालनी गर्नु उपयुक्त देखिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।
सातवटा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा जबर्जस्ती करणी मुद्दामा भएको थुनछेक आदेशमा मात्रै सीमित भएर अध्ययन गरिएको थियो। ती मुद्दामा भएका थुनछेक आदेशमा सीमित भएर २४० थान मुद्दाको अध्ययन गरिएको थियो। जबर्जस्ती करणीसम्बन्धी फैसलाहरूमध्ये २४.५५ प्रतिशत अर्थात् ५८ वटा फैसला अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ। त्यसक्रममा जबर्जस्ती करणी मुद्दामा अदालतबाट थुनामा राख्ने आदेश भएका ४३ वटा मुद्दा अध्ययनमा समेटिएको थियो। तीमध्ये २४ वटा मुद्दामा सफाइ ठहर भएकामा १९ वटामा अभियोग ठहर भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनले थुनछेकसम्बन्धी कानुनमा सुधार गर्नुपर्ने देखाएको प्रतिवेदनमा उल्लेख छ। अझै थप अनुसन्धान गरी कानुनमा सुधार गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। थुनछेक सुनुवाइमा कानुन व्यवसायीको संख्या निर्धारण गरी समय व्यवस्थापन गर्न पनि सुझाइएको छ। ‘अदालतहरूमा थुनछेकको विषयवस्तु अनुसार आदेशहरूमा एकरूपता हुनुपर्छ,’ प्रतिवेदनको सुझाव छ।
फौजदारी कसुरसम्बन्धी मुद्दाको थुनछेकमा कुनै पनि व्यक्तिको स्वतन्त्रतालाई वञ्चित गरिन्छ भने त्यसविरुद्ध चुनौती दिने वा उजुरी गर्ने प्रभावकारी व्यवस्था सुनिश्चित हुनुपर्ने पनि प्रतिवेदनमा सुझाइएको छ। थुनामा नराखी कारबाही हुनै नसक्ने मुद्दाबाहेक धरौट तथा जमानतमा राखी पुर्पक्ष गर्ने व्यवस्थामा जोड दिनुपर्ने प्रतिवेदनमा भनिएको छ।
धरौटी तथा जमानतमा राखी तारेख बसेको व्यक्ति तारेखमा उपस्थित नभएमा धरौटी जफत हुनुपर्छ। साथै जेथाजमानीको हकमा कमसल जेथा पनि स्वीकार गर्ने अभ्यासको पनि अन्त्य गर्नुपर्छ। जबर्जस्ती करणीसम्बन्धी थुनछेकका क्रममा अधिकांश मुद्दामा थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको अध्ययनमा पाइएको छ। तर त्यसै मुद्दाको फैसला हुँदा अभियुक्तले सफाइ पाउने गरेको पनि देखिएको छ। सुरुमा थुन्ने र पछि सफाइ दिँदा ‘पहिला थुन त्यसपछि सुन’ भन्ने अभ्यास रहेको देखिन्छ।
‘थुनछेकसम्बन्धी कानुन कार्यान्वयनलाई त्रुटिरहित, वस्तुनिष्ठ, न्यायोचित र मानवअधिकारसम्मत बनाउन आवश्यक छ। कमजोरी पहिल्याउन थुनछेकसम्बन्धी कानुनी व्यवस्थामा संशोधन, जिल्ला न्यायाधीशहरूको दक्षता, क्षमता, मनोबल अभिवृद्धिमा आवश्यकता वा जबर्जस्ती करणीसम्बन्धी मुद्दा थुनामै राखी पुर्पक्ष गर्नुपर्छ भन्ने सामाजिक, मानसिक धारणाजस्ता के–कस्ता कारणबाट भएको हो सो पहिल्याइ निराकरण गर्न आवश्यक देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।
अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरेको संख्या र मुद्दाको किनारा हुँदा ठहर भएको संख्यामा धेरै फरक नपर्ने प्रतिवेदनमा उल्लेख छ। ‘थुनछेक कानुनको प्रयोग अनुमानयोग्य हुन नसकेको र थुनछेक आदेशमा एकरूपता अभाव देखिएको हुनाले कानुन संशोधन तथा कार्यक्रमहरूमा त्यसतर्फ पनि ध्यान जान आवश्यक छ’, प्रतिवेदनमा लेखिएको छ।
राम्रोसँग अनुसन्धान नगरी पहिले आरोपितलाई पक्राउ गर्ने अनि पछि प्रमाण पुगेन भनेर छाड्ने चलन रहेको अध्ययनले देखाएको राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक श्रीकृष्ण मुल्मीले बताए। ‘पहिले राम्रोसँग अनुसन्धान गर, दोषी नै हो भने प्रमाण निश्चित भएपछि थुन भन्ने अध्ययनले देखाएको छ’, उनले भने, ‘पहिले थुन्ने अनि केही देखिएन भनेर थुनामुक्त गर्दा व्यक्तिको अधिकार पनि हनन हुन्छ।’ जबर्जस्ती करणीसम्बन्धी मुद्दामा मात्रै नभएर प्रायजसो फौजदारी मुद्दामा यस्तो अभ्यास रहेको देखिएको उनले बताए।