कालीकोटको तिलागुफा-४ राचुलीको वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ।
कांग्रेसबाट ३४ वर्षीय पैलबहादुर शाही, एमालेबाट ४६ वर्षीय ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट ३९ वर्षीय खड्कराज शाही र माओवादी केन्द्रबाट नैशोभा शाहीले मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दिएका छन्।
जिल्लामा दर्ता भएका सबै दलहरूले उम्मेदवारी दिइसकेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए।
वडाध्यक्ष परबहादुर शाहीको दुई वर्षअघिको राचुली पहिरोमा परी बेपत्ता भएपछि उपनिर्वाचन हुन लागेको हो।
परबहादुर माओवादी केन्द्रबाट निर्वाचित थिए। यसपटक माओवादी केन्द्रले परबहादुरकै श्रीमती नैशोभालाई उम्मेदवार बनाएको हो।