कोशी राजमार्ग अन्तर्गत इटहरी-१० खनारको शान्ति चोकमा आइतबार अपराह्न बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ।
जनता माध्यमिक विद्यालय इटहरी कक्षा ९ मा अध्ययन गर्ने १४ वर्षे सम्झना यादवको मृत्यु भएपछि अपराह्न ४ बजेदेखि स्थिति तनावग्रस्त बनेको हो।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार स्कुले विद्यार्थी यादवको घटनास्थलमै मृत्यु भएको थियो।
सम्झनाको मृत्यु भएपछि बस भाग्ने क्रममा खनार चोकमा स्थानीयले आगजनी गरेकाले स्थिति तनावग्रस्त बनेको हो। खनार चोकमा ट्राफिक प्रहरी रहेको र तत्काल अरु क्षेत्रबाट पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि बस जलेर पूर्ण रुपमा क्षति भएता पनि अरु क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।
आक्रोशित भएका स्थानीयले गाडी तोडफोड र चालकलाई नियन्त्रणमा लिने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो। दुर्घटना गराउने बसका चालक अमित श्रेष्ठलाई प्रहरीले एउटा घरमा लुकाएर सकुशल राख्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताए। अहिले ती चालक श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।
डिएसपी तिमल्सिनाका अनुसार स्थानीयले मृतक सम्झनाको शव समेत चार घण्टासम्म नियन्त्रणमा लिएर राखेका थिए। राति ८ बजेपछि भने प्रहरीले बल प्रयोग गरि आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टम गर्न कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ।
बसको ठक्करबाट मृत्यु भएकी स्कुले विद्यार्थीको शव।आक्रोशित स्थानीयले जथाभाबी सवारी साधन र प्रहरीलाई ढुंगामुढा प्रहार गरेकाले प्रहरीले केही राउन्ड अश्रुग्याँस प्रहार गरेको डिएसपी तिमल्सिनाले बताए। उनका अनुसार केही प्रहरी समेत घाइते भएका छन्।
स्थानीयको अवरोधले गर्दा कोशी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएका छन्। विराटनगरबाट इटहरी भएर छुट्ने सवारी साधन दुहबीमा रोकिएका छन् भने इटहरीबाट विराटनगरतर्फ जाने सवारी साधन वैकल्पिक मार्ग भएर गुडेका छन्।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...