दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५/६ जना घाइते भएका छन्।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
उनका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा दुर्घटना भएको हो।
उनले मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइते भएकाहरुको अवस्था गम्भीर रहेको बताए। उनले घाइतेहरुको उद्दारका लागि हेलिकप्टरको व्यवस्थामा लागिरहेको पनि बताए।