फिदिम- २ साम्दिनमा आगलागी एउटा घरबाट सुरु भएको आगोले भीषण रुप लिने सम्भावना रहेको भन्दै नियन्त्रणका लागि सुरक्षाकर्मीसहित स्थानीय जुटेका छन्। घटनास्थल क्षेत्र बजारबाट करिब ३ किलोमिटरको दुरीमा पर्छ।
आगलागी नियन्त्रणका लागि २ वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय खटिएका छन्।
थप विवरण आउन बाँकी छ।
तस्बिर : सरोज शर्मा/पाँचथर(सरोज शर्मा पाँचथरमा सक्रिय पत्रकार हुन्।)
फिदिम नगरपालिका वडा नम्बर २ साम्दिन घुम्तीमा मंगलबार अपराह्न सुरु भएको आगलागी नियत्रणमा आएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको करिब २ घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा आएको पाँचथर प्रहरीले जनाएको छ ।
स्थानीय दिलकुमारी राइको घरमा आगलागी भएको हो । घटनामा ६२ वर्षीय जयप्रकाश राई घाइते छन् । उनलाई उपचारका लागि झापा पठाइएको छ। आगलागीमा परी दिलकुमारी राईको घर र पसल पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
नजिकका दुई घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयले बिद्युत सर्ट भएको देखेको बताए पनि यकिन कारण खुल्न सकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...