पाँच वर्षमा पनि बनेन संसद् भवन
१२ कार्तिक २०८१
•
३ मिनेट पाठ
पाँच वर्षमा पनि बनेन संसद् भवन
सिंहदरबार परिसरभित्र पाँच वर्षअघि बनाउन थालिएको संसद् भवनको काम यो वर्ष नसकिने निश्चित भएको छ। संसद् भवन बनाउने जिम्मा पाएको सहरी विकास मन्त्रालयमातहतको विशेष भवन आयोजनाका कर्मचारीहरू अर्को वर्षको असारसम्म भवन निर्माणको काम पूरा हुनेमा आशावादी छन्। तर असारमै काम सकिनेमा उनीहरू ढुक्क भने छैनन। 




सरकारसँग पैसा छ, प्राविधिक जनशक्ति, कामदार र निर्माण सामग्री पनि छ। महामारीको अवस्था पनि छैन तर भवन निर्माण कछुवा गतिमा छ ।

पटकपटक प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संसदीय समितिका सभापति/सदस्य, विभागीय मन्त्रीहरूले निर्माणाधीन संसद् भवनको अवलोकन गरी चाँडै काम पूरा गर्न निर्देशन पनि दिएका छन्। 

तर कहिले काम सकिन्छ भन्ने उनीहरूलाई नै थाहा छैन। सहरी विकासमन्त्री परिवर्तन भइसकेपछि नयाँ मन्त्रीको पहिलो काम निर्माणाधीन संसद् भवनको अवलोकन गरी चाँडै काम सक्न निर्देशन दिने कुरा परम्पराजस्तै भइसकेको छ। 

यो परम्परालाई वर्तमान मन्त्री प्रकाशमान सिंहले पनि निरन्तरता दिएका छन् ।२०७९ सालको निर्वाचनपछि गठन हुने संसद्को पहिलो अधिवेशन सकेसम्म नयाँ भवनमा बसाउने त्यतिबेलाका मन्त्रीहरूले बताएका थिए। त्यो सम्भव भएन। त्यसपछि संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा बोलाउने भनियो। त्यो पनि सम्भव नभएपछि एक वर्षभित्र संसद् भवन तयार गरी संसद्को अधिवेशन त्यहीं डाक्ने घोषणा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। उनले एक वर्षअघि यस्तो घोषणा गरेका थिए।

त्यो घोषणा पनि तोकिएको समयभित्र कार्यान्वयन हुने अवस्था बनेन। अब संसद् भवनको काम कहिले सकिन्छ र नयाँ भवनमा संसद्को अधिवेशन कहिले बस्छ भन्ने कुनै टुंगो छैन ।

‘ठेकेदार कम्पनीले चैत महिनासम्म मूल भवन, छानो (डोम) को सबै काम पूरा गर्छौं भनेको छ। आगामी असारसम्म सबै काम सकिन्छ भन्नेमा हामी आशावादी छौं’, सहरी विकास मन्त्रालयका सहसचिव तथा विशेष भवन आयोजना प्रमुख सुनिल ठाकुरले भने। इन्टेरियर (आन्तरिक साजसजावट), प्राविधिक सुरक्षा प्रणाली तथा अडियो भिडियोको जिम्मा लिएको श्यामसुन्दर केसी बाँनिया जेभिका इन्जिनियर सुशील कडरियाले काम गर्न अझै साइड क्लियर नभएको भन्दै साइट क्लिएर भएपछि पनि कम्तीमा १० महिना लाग्ने बताए। 

‘बाहिर भन्ने एउटा कुरा हो तर अझै कम्तीमा एक/डेढ वर्ष संसद् भवनको सबै काम पूरा हुँदैन’, उनले भने। उक्त कम्पनीले भ्याटबाहेक दुई अर्ब पाँच करोड रूपैयाँमा सरकारसँग भवन निर्माण ठेक्का सम्झौता गरेको छ। छानो तथा मूल भवनको काम अझै सकिएको छैन ।

ट्रस्टको काम सकिएपछि छानो (डोम) को काम सुरु हुने छ। कात्तिकभरि ट्रस्ट र मसिरसम्म छानोको काम सक्ने ठेकेदार कम्पनीले जनाएको छ। अहिलेसम्म तीन पटक डोम (छानो/ढकनी) को डिजाइन परिवर्तन भइसकेको छ।

‘यसबाट ठेकेदार कम्पनीभन्दा पनि सरकारकै तयारी नपुगेको बुझ्नु पर्छ पर्छ’, मन्त्रालयका एक प्राविधिकले भने। डोमको डिजाइन परिवर्तन हुँदा यसको व्ययभार राज्यलाई नै परेको छ। स्रोत भन्छ, ‘संसद् भवन बेलैमा बन्न नसक्नुमा सरकारले ठेकेदार कम्पनीलाई कडिकडाउ गर्न नसक्नु एउटा कारण त हो, त्यो बाहेक डिपिआर (विस्तृत अध्यन प्रतिवेदन) को पर्याप्त अध्यन नहुन, भविष्यमा आउन सक्ने जोखिम तथा कठिनाइबारे पहिले नै आकलन नहुनु, तथा परामर्श दातालाई पर्याप्त काम गर्न नदिनु पनि कारण हुन्। 

पटकपटक डिजाइन परिवर्तन हुनुले पनि काममा विलम्ब भएको छ। मूल भवन र ट्रस्ट बनाउन सरकारले चार पटकसम्म म्याद थपेको छ। यो काम गर्ने ठेक्का टुँडिटेक जोइन्ट भेन्चर कम्पनीले पाएको छ। थपिएको अन्तिम म्याद चैत मसान्तसम्म छ। चैतसम्म काम नसकिए ठेक्का सम्झौता रद्द गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा २०७६ असोज १६ गते पाँच अर्ब दुई करोड एक लाख ४२ हजार रूपैयाँ लागतमा संघीय संसद्को नयाँ भवन तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो। गत फागुनमा सहरी विकास तथा भवन निमण विभागले भेरिएसन अर्डर (भिओ) प्रस्ताव स्वीकृत भएपछि संसद् भवन बनाउन ५६ करोड थप खर्च लाग्ने भएको छ।

सरकारले २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर त्यहींबाट संसद् बैठक सञ्चालन गर्दै आएको छ। तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ असोज १ गते नयाँ संसद् भवनको शिलान्यास गरेका थिए ।
अर्को समाचार
साढे ५ वर्षमा पनि बनेन ५ अर्बको संसद् भवन, ५ औं पटक म्याद थप
३२ असार २०८२
•
३ मिनेट पाठ
साढे ५ वर्षमा पनि बनेन ५ अर्बको संसद् भवन, ५ औं पटक म्याद थप
सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन बनाउन सहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाचौं पटक म्याद थप गरेको छ। साढे पाँच वर्ष अघिदेखि निर्माण थालिएको नयाँ संसद् भवन बनाउने काम अझै पूरा भएको छैन।




मन्त्रालय मातहतको विशेष भवन आयोजनाका सूचना अधिकारी रञ्जन दासका अनुसार आयोजनाले संसद् भवनको काम पूरा गर्न ठेकेदार कम्पनीसँग आगामी पुस १६ (डिसेम्बर ३१) सम्म म्याद थप गरेको छ।

आयोजनाले यस पटक थप गरिएको म्याद अन्तिम भएको र यस पटक पनि ठेकेदार कम्पनीले काम पूरा नगरेमा दैनिक हर्जाना लगाउने चेतावनी दिएको छ।

संसद् भवन निर्माणमा ढिला सुस्ती भएकोमा सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याकंन समितिले गम्भीर चासो देखाएको छ।

उक्त समितिले बुधबार सहरी विकास मन्त्रालयलाई चिठी पठाइ आगामी कार्ययोजनासहित साउन ११ गते छलफलमा आउन निर्देशन गरेको छ। २०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा सङ्घीय संसद्को नयाँ भवन तीन वर्षभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो।

सरकारले सार्वजनिक खरिद नियमावलीको १४ औं संशोधन गरेपछि ठेकेदार कम्पनीलाई पाँचौ पटक म्याद थप गर्न बाटो खुला भएको छ। नियमावलीमा तोकिए अनुसार अन्तिम दिन गत असार १२ गते पाँचौ पटक म्याद थप गरिएको आयोजनाको भनाइ छ।

‘कुनै कारणले तोकिएको म्यादभित्र खरिद सम्झौता बमोजिमको कार्य सम्पन्न हुन नसकी अधुरो रहेको तर खरिद सम्झौताको म्याद सकिएका वा म्याद थप हुन नसकेका खरिद सम्झौताको हकमा सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकले पेस गरेको कार्यतालिका बमोजिम कुन–कुन काम के, कस्तो कारणले हुन नसकेको हो, सोको पुष्टि र कार्य सम्पन्न गर्न लाग्ने अवधि खुलाएर संशोधित कार्यतालिका तथा म्याद थपका कारण थप आर्थिक दाबी नगर्ने प्रतिबद्धतासहित यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र सम्बन्धित सार्वजनिक निकायसमक्ष निवेदन दिन सक्नेछ’, चौधौँ संशोधनमा भनिएको छ।

संसद् भवन निर्माण गर्न ठेकेदार कम्पनीले अहिलेसम्म चार पटक म्याद थप गरी सकेको छ। संसद् भवन बनाउने जिम्मा मन्त्रालय मातहतको विशेष भवन आयोजनाले पाएको छ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संसदीय समितिका सभापति सदस्य, विभागीय मन्त्रीहरूले निर्माणाधीन संसद् भवनको अवलोकन गरी चाँडै काम पूरा गर्न निर्देशन दिँदै आएका छन् तर कहिले काम सकिन्छ भन्ने टुंगो छैन।

सहरी विकास मन्त्री परिवर्तन भइसकेपछि नयाँ मन्त्रीको पहिलो काम निर्माणाधीन संसद् भवनको अवलोकन गरी चाँडै काम सक्न ठेकेदारलाई निर्देशन दिनु परम्पराजस्तै भइसकेको छ।

यो परम्परालाई वर्तमान मन्त्री प्रकाशमान सिंहले पनि निरन्तरता दिएका छन्। २०७९ सालको निर्वाचनपछि गठन हुने संसद्को पहिलो अधिवेशन सकेसम्म नयाँ भवनमा बसाउने त्यति बेलाका मन्त्रीहरूले बताएका थिए तर त्यो सम्भव भएन।

त्यसपछि संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा बोलाउने भनियो। त्यो पनि सम्भव नभएपछि एक वर्षभित्र संसद् भवन तयार गरी संसद् अधिवेशन त्यहीँ डाक्ने घोषणा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।

त्यो घोषणा पनि तोकिएको समयभित्र कार्यान्वयन भएन। संसद् भवनको काम कहिले सकिन्छ र नयाँ भवनमा संसद्को अधिवेशन कहिले बस्छ भन्ने कुनै टुंगो छैन। डोमको डिजाइन परिवर्तन हुँदा यसको व्ययभार राज्यलाई नै परेको छ।

मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘संसद् भवन बेलैमा बन्न नसक्नुमा सरकारले ठेकेदार कम्पनीलाई कडिकडाउ गर्न नसक्नु एउटा कारण हो। यसबाहेक समयमै डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) को पर्याप्त अध्ययन नहुनु, भविष्यमा आउन सक्ने जोखिम तथा कठिनाइबारे पहिले नै आकलन नहुनु, परामर्शदातालाई पर्याप्त काम गर्न नदिनुले पनि भवन बेलैमा बन्न नसकेको हो।’

पटकपटक डिजाइन परिवर्तन हुनुले पनि काममा विलम्ब भएको छ।

२०८० फागुनमा सहरी विकास तथा भवन निर्माण विभागले भेरिएसन अर्डर (भिओ) प्रस्ताव स्वीकृत गरेपछि संसद् भवन बनाउन ५६ करोड रुपैयाँ थप खर्च लाग्ने भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते नयाँ संसद् भवनको शिलान्यास गरेका थिए। अहिले पनि ओली नै प्रधानमन्त्री छन्। सरकारले २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् बैठक सञ्चालन गर्दै आएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस