चालू आर्थिक वर्षभित्रै ऋण फिर्ता गरे ब्याजमा २० प्रतिशत छुट पाउने
११ कार्तिक २०८१
•
२ मिनेट पाठ
चालू आर्थिक वर्षभित्रै ऋण फिर्ता गरे ब्याजमा २० प्रतिशत छुट पाउने
जिल्ला समन्वय समिति ताप्लेजुङको आठौं सभाले साविक स्थानीय विकास कोषको ऋण लिएका व्यक्ति,समूह तथा संस्थालाई चालू आर्थिक वर्ष भित्र व्याज सहित ऋण फिर्ता गरेमा ब्याजमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । उक्त कोष अहिले जिल्ला समन्वय समितिको आन्तरिक कोषको रुपमा परिणत छ।  




सभाले विगतमा ऋण लगानी भइ हाल सम्म फिर्ता हुन नसकेको औंल्याउँदै लगानीमा रहेको ऋणको साँवा र ब्याज फिर्ता गर्ने कार्यमा सहयोग गरिदिन जिल्लाका नौवटै पालिकाहरुलाई लगानीको सूची सहित अनुरोध गर्ने निर्णय गरेको निमित्त जिल्ला समन्वय समिति अधिकारी युवराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार समूह तथा संस्थातर्फ ७३ वटा निकायमा ७२ लाख ६ हजार ९ सय १५ रुपैयाँ लगानी रहेकोमा ११ लाख १४ हजार ५ सय रुपैयाँ असुली भइ अझै ६० लाख ९२ हजार ४ सय १५ रुपैयाँ असुली हुनुपर्ने छ। यस्तै व्यक्तितर्फ ३७ जना ऋणीलाई ६ लाख ३७ हजार २ सय ५० रुपैयाँ लगानी गरिएकोमा २२ हजार रुपैयाँमात्र असुली भई ६ लाख १५ हजार २ सय ५० रुपैयाँ असुली हुनुपर्ने देखिएको छ।

उल्लेखित दुबै तथ्याङ्क २०८१ साल असार मसान्त सम्मको रहेको समेत जिल्ला समन्वय समितिले जनाएको छ।आठौं जिल्ला सभाले जिल्ला पञ्चायत देखि अहिले सम्म आम्दानी बाँधी लगतमा रहेका तर प्रयोगबिहिन सामग्री लिलाम बिक्री र मिनाहाका लागि प्रकृया अघि बढाउन जिल्ला समन्वय समितिलाई अनुमति दिएको छ।  

जिससका अनुसार २ थान जीप,६ थान मोटरसाइकल,कम्प्युटर,स्टेपलाइजर,प्रिन्टर र ब्याट्री सहितका सामग्री लिलाम बिक्री हुन सक्ने अवस्थामा लिलाम बिक्रीको प्रकृया अघि बढाउने र लिलाम बिक्री हुन नसक्ने सामग्रीको मिनाह गरी कार्यालयको भण्डारण कक्ष चुस्त र दुरुस्त बनाउने निर्णय समेत सभाले लिएको छ।

सभाले दुई वा दुुई भन्दा बढी पालिकालाई प्रभावित पार्ने योजना कार्यान्वयन गर्ने जिम्मेवारी तथा बजेट जिल्ला समन्वय समितिलाई प्रदान गर्न संघीय तथा प्रदेश सरकारका सम्वन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।

यस्तै जिल्लाको समग्र क्षेत्रको वस्तुस्थिति तथा तथ्य तथ्याङ्कहरु झल्कने पाश्र्वचित्र तयार पार्न उपयुक्त देखिएको ठहर गर्दै पालिका स्तरको पाश्र्वचित्र तथा तथ्याङ्क अउपलब्ध गराउन जिल्लाका नौवटै पालिका समक्ष अनुरोध गर्ने निर्णय समेत गरेको छ।

सभाले जिल्ला विपद् व्यवस्थापन समन्वय कार्यविधि कार्यान्वयनका लागि आर्थिक तथा लजिष्टिक सहयोग आवश्यक भएको निश्कर्ष निकाल्दै उक्त सहयोगका लागि जिल्लाका सबै पालिका,सरकारी तथा गैह्र सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्था र योजना तथा परियोजनाहरुलाई आवह्वान समेत गरेको छ। सभाले जिल्लामा ब्लड बैंक स्थापना गर्न अति आवश्यक रहेको निश्कर्ष समेत निकालेको छ। 

यसका लागि जिल्लाका सबै पालिका,सरकारी तथा गैह्र सरकारी निकायलाई सहयोगका लागि आवह्वान समेत गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी पौडेलले जानकारी दिए।
अर्को समाचार
उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण
१० माघ २०८१
•
२ मिनेट पाठ
उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण
हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिनाब्याजको ऋण पाउने भएका छन्। कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजको ऋण दिने व्यवस्था मिलाएको हो।




नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ। नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्कन गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजको ऋण दिने सम्झौतामा उल्लेख छ।

नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवर्द्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताइन्। 'उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ। यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ,' उनले भनिन्, 'उद्यमीले बैंकबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ। यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ।'

उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ। वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन्। नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितो मूल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका प्रमुख तीर्थराज विष्टले बताए।

यसैबीच, एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरु गरेको छ। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस