प्रहरीको सेटिङमा हुने जुवाघरमा सिडिओले हाने छापा !
०५ कार्तिक २०८१
•
३ मिनेट पाठ
प्रहरीको सेटिङमा हुने जुवाघरमा सिडिओले हाने छापा !
धनगढीमा वर्षैभरि जुवा खेलाउने केही पेशेवर जुवाडे ठाउँ छन्। लाखौँका जुवा खेलाइने अड्डामा पेशेवर जुवाडे बाह्रै महिना धाउने गर्छन्। जो प्रहरीकै संरक्षणमा वर्षैभरि जुवा खेलाउँदै आएको आरोप प्रहरीलार्ई बेला बेला लाग्ने गरेको छ।




दसैँ तिहारको वेला जुवा खेल्नेलाई प्रहरीले समातेर आफूले कडाइ गरेको देखाए पनि यस्ता पेशेवर अड्डालाई प्रहरीले केही नगरेको स्थानीयको भनाई छ। आइतबार राति भने प्रहरीकै संरक्षणमा वर्षैभरी जुवा हुने भनिएको पेशेवर जुवाडेकोमा नाटकीय शैलीमा छापा हान्ने काम भयो।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र आइतबार मध्यराति जिल्ला सुरक्षा निकायका प्रमुख सहितको टोली लगेर धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा जुवा भइरहेको ठाउँमा पुगेर छापा हानेका हुन। 

सेटिङमा जुवा हुने घरमा यसरी छापा हानियो !

धनगढी उपमहानगरपालिका वडा नं ५ हसनपुर प्रकाश भाटको घरमा लाखौँको जुवा हुने गरेको र प्रहरीले छापा नहान्ने गरेको जानकारी कैलालीका प्रजिअ मिश्रले पाउँछन्। प्रमुख जिल्ला अधिकारी निकट श्रोतका अनुसार प्रजिअले यो कुरालाई गम्भीर रुपमा लिन्छन्। मध्यरातमै प्रजिअ मिश्रले कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षक पदम बहादुर बिष्ट, सशस्त्र प्रहरीका प्रहरी उपरक्षक दलबहादुर पाण्डे र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखलाई जिल्ला प्रशासनमा बोलाए।

श्रोतका अनुसार के का लागी बोलाएको भनेर नखुलाएका प्रजिअ मिश्रले सबै जना जम्मा भएपछि मात्र ठूलो जुवा भइरहेको ठाउँमा छापा हान्नुपर्ने जानकारी दिए। स्थान पत्ता लगाएर प्रजिअ मिश्र र तीन वटा सुरक्षा निकायका प्रमुख सहित टोली जुवा हुने गरेको भाटको घरमा पुग्यो।

जुवा भइरहेको घरमा प्रजिअ सहितको टोली पुगेपछि मात्र वडा प्रहरी कार्यालय धनगढीको टोली बाेलाएर जुवाडेलाई समातेको थियो। मध्यरातमा सुरक्षा निकायको प्रमुख सहितको टोली लगेर प्रमुख जिल्ला अधिकारीले आफै गएर वर्षैभरि जुवा हुने ठाउँमा छापा मारेको विषयले अहिले खुबै चर्चा पाइरहेको छ। 

‘प्रहरीकै संरक्षणमा त्यहाँ बाह्रै महिना जुवा हुने गर्थ्यो, त्यो नामुद जुवाडेको जुवा खेल्ने ठाउँ हो’ पेशेवर जुवाडेको बारेमा जानकार स्थानीय एक युवकले भने,‘सिडिओ आफै पुगेकाले मात्र जुवाडे समातिएका हुन, नत्र प्रहरी टोली पुग्न अघि सूचना चुहाएर जुवाडे भाग्ने अवस्था भइसक्थ्यो’। कैलालीमा सेटिङ मिलाएर बाह्रौँ महिना जुवा खेलाउने पेशेवर जुवाडे कयौँ जना रहेको उनी बताउँछन्। ‘दसैँ तिहारमा सर्वसाधारणले जुवा तास खेल्दा प्रहरीले छापा हानेर समात्ने हो, तर बाह्रौँ महिना जुवा हुने ठाउँमा प्रहरीकै संरक्षण हुन्छ’उनले भने। प्रहरीका प्रमुखहरूले खटाउने गरेका घुमुवा प्रहरी नै जुवा खेलाउने ठाउँमा भेटिने अर्का एक युवाले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी दर्शन खड्काले वडा प्रहरी कार्यालय बाट गएको प्रहरीले टोलीले प्रकाश भाटको घरमा जुवा खेलिरहेको अवस्थामा आइतबार राती साढे १२ बजे ११ जनालाई पक्राउ गरेको बताए। १० गड्डी तास र १ लाख ५३ हजार ३ सय ५० नगद बरामद गरेको उनले बताए। प्रहरीले विस्तृत जानकारी दिन भने आनाकानी गरेको छ।

कैलालीमा बाह्रै महिना जुवा भइरहने गर्छ। महिनावारी बुझेर जुवा खेलाउन दिने गरेको प्रहरी माथि आरोप लाग्दै आएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रले गलत र गैर कानुनी क्रियाकलापमा संलग्न जोकोही भएपनि कडा कारबाही गरिने बताएका छन्। जुवा तास लगायत गलत क्रियाकलाप हुने ठाउँको सूचना पाएमा कारबाहीका लागी कुनै कसर बाकी नराख्ने उनको भनाई छ।

प्रहरीको संलग्नता पाइए कारबाही हुन्छ –डिआइजी केसी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले जुवा तास हुन नदिन प्रहरीले कडाइ गरेको बताए। जुवा तास संरक्षणमा कोही प्रहरीको संलग्नता भएको पाइए कारबाही गरिने बताए।

‘जुवा तास खेल्ने र खेलाउनेलाई प्रहरीले कारबाही गर्ने गरेको छ, यदि जुवातासमा कुनै प्रहरीको संलग्नता रहेको पाइन्छ भने कारबाही गरिन्छ’उनले भने। सुदूरपश्चिम भरी दसैँ यता करिब १ सय जना जुवा तास खेल्ने प्रहरीले पक्राउ गरिसकेको उनले बताए।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस