माओवादी झैं बेहाल ‘गुरिल्ला पदमार्ग’
०४ कार्तिक २०८१
•
३ मिनेट पाठ
माओवादी झैं बेहाल ‘गुरिल्ला पदमार्ग’
दशकअघि नै नक्सांकन, प्रस्ट रुटको पहिचान, गाइड बुकसमेत तयार पारिए पनि अझै ‘गुरिल्ला ट्रेक’ गुमनाम छ। गुरिल्ला ट्रेकका बारेमा सुनेर यात्रामा निस्कने स्वदेशी तथा विदेशी पर्यटकले न्यूनतम पूर्वाधारसमेत नहुँदा सास्ती खेप्नुपरेको छ । २०८१/८२ को बजेटमा गुरिल्ला ट्रेकलाई आकर्षक गन्तव्य बनाउने भनिए पनि अहिलेसम्म काम थालनी भएको छैन।  




नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, तत्कालनी जिल्ला विकास समितिमार्फत २०७२ सालमा घोषणा गरिएको गुरिल्ला ट्रेक (पदमार्ग) मा अहिलेसम्म सामान्य पूर्वाधार पनि बनाउन सकिएको छैन ।

अमेरिकी नागरिक अलोन्डो लोन्सले यो पदमार्गको यात्रा गरी नक्सा तयार पारेका थिए। २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए।  

नेकपा माओवादीले ‘जनयुद्ध’लाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि चर्चामा आएको यो पदमार्गको सडकले छिचोलेका कारण मौलिकता गुम्ने डर बढेको छ।२१ दिनको यो पदमार्गमा धेरै ठाउँमा सामान्य पूर्वाधारको समेत अभावमा पर्यटक बीच बाटोबाटै फर्किनुपर्ने बाध्यता छ ।

म्याग्दी, रुकुम, बागलुङ र रोल्पा जिल्लालाई छुने गुरिल्ला पदमार्गको प्रचारप्रसार धेरै भए पनि चारवटै जिल्लाले पूर्वाधार विस्तारमा ध्यान नदिँदा विदेशी पर्यटकसमेत आउन छाडेको पर्यटक गाइड मानबहादुर खत्री दाहाल बताउँछन् । उनका अनुसार विदेशी पर्यटक खोजीखोजी यो पदमार्गमा यात्राका लागि आउँदासमेत निराश हुनुपर्ने अवस्था छ । चार दिनसम्मको यात्रामा खाने, बस्ने, खानेपानी, शौचालयलगायतका पूर्वाधार भए पनि बाँकी १७ दिनको यात्रा सामान्य पूर्वाधार अभावमा निकै सास्तीपूर्ण हुने उनले बताए।

यो पदमार्गले म्याग्दी बागलुङ, रुकुम र रोल्पाको पर्यटन विकासमा योगदान दिने भएकाले पूर्वाधार विस्तारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने यस क्षेत्रको पर्यटन प्रवर्धनमा सक्रिय सुरेन्द्र राना बताउँछन् । उनले विगतमा पटकपटक यो पदमार्गको यात्रा गरी पूर्वाधार निर्माणमा सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएको बताए।  

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको भए पनि पूर्वाधार विस्तार राज्यको प्राथमिकतामा नपर्दा यो क्षेत्र ओझेलमा परेको बताए। 

उनले पहिलो चरणमा चार जिल्लाका स्थानीय तहमार्फत छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बंकर, माओवादी नेताका बैठक स्थललगायत संरचना बनाएर प्रदेश र संघीय सरकारमार्फत बजेट ल्याउनुपर्ने बताए।

यो पदमार्ग सञ्चालनमा आए त्यसको सबैभन्दा धेरै फाइदा म्याग्दीलाई हुन्छ, पदमार्गका धेरै बस्ती र स्थान म्याग्दीमा पर्ने र गन्तव्यमा पुगेर फर्कंदासमेत म्याग्दी प्राथमिकतामा पर्ने देखिन्छ। मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमशृंखला, ग्रामीण जीवनशैलीका कारण यो पदमार्ग आकर्षण भए पनि यसको विकासमा राज्य पक्ष चनाखो नहुँदा समस्या भएको श्रेष्ठको भनाइ छ।  

२०६० चैत ७ गते माओवादीले म्याग्दीको सदरमुकाम बेनीबजार आक्रमण गर्दा गुरिल्ला टे«कअन्तर्गत पर्ने एक जंगलमा बेनीबजारको हुबहु नक्सासमेत उतारिएको थियो। 

म्याग्दीको धबलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले यो पदमार्गका लागि आवश्यक पर्ने पूर्वाधार विस्तार तथा प्रचारप्रसारका लागि आफू तयार भए पनि बजेट अभावले काम गर्न नसकेको बताउँछन् । सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौरसम्म हुन्छ। मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्छ।

म्याग्दीको सदरमुकाम बेनी हुँदै पश्चिम क्षेत्रमा पर्ने दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर मध्यम दुरीको पदयात्राअन्तर्गतका क्षेत्र हुन्। २७, २१ र १४ दिनका तीनवटा प्याकेजमा यो पदयात्रा गर्न सकिन्छ। थोरैमा १४ दिन र बढीमा २७ दिनमा यो पदयात्रा पूरा गर्न सकिन्छ।
अर्को समाचार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
१७ पौष २०८१
•
१ मिनेट पाठ
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
फाइल तस्विर
गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ। 




साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरूमा भन्दा वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिए। 

एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो।

चालु आर्थिक वर्षमा तीन  हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकोमा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ। गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो। 

अनुकूल, मौसम रोगको कम प्रभाव,  रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुलनामा उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाको भनाई छ। 

दुई हजार दुई  सय ९७ वर्ग किलोमिटरमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ। हाल १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती भएको छ। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस