‘ऋण नतिरे धितो घरजग्गा बैंककै’
०४ कार्तिक २०८१
•
५ मिनेट पाठ
‘ऋण नतिरे धितो घरजग्गा बैंककै’
बैंकबाट लिएको ऋण समयमा नतिर्दा धितो राखेको सम्पत्ति कानुनअनुसार जफत भएपछि फिर्ता नहुने सर्वोच्च अदालतले ठहर गरेको छ।  




न्यायाधीशहरू हिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले गत असार २० मा गरेको फैसलाको हालै प्रकाशित पूर्ण पाठमा गैरबैंकिङ सम्पत्तिका रूपमा बैंक वित्तीय संस्थाले सकारेको सम्पत्ति सम्बन्धित धितोधनीले फिर्ता गर्न नपाउने ठहरसहित राष्ट्र बैंकद्वारा जारी निर्देशिकासमेतको व्याख्या गरेको हो।

बैंकले सकारेको सम्पत्ति धितोधनीले फिर्ता पाउने/नपाउने सम्बन्धमा राष्ट्र बैंकद्वारा हालै जारी निर्देशिकालाई जोडेर व्याख्या गरेको छ।  

निवेदकका बाबुले बैंकबाट उपयोग गरेको कर्जाको साँवा र ब्याजबापतको रकम निर्धारित मितिमा चुक्ता गर्न नसकेको कारणले बैंकले बारबार लिलामीको सूचना प्रकाशित गर्दा समेत धितो लिलामी हुन नसकी वाणिज्य बैंक ऐनअनुसार सकारेको सम्पत्ति प्रयोजनका लागि बैंकिङ सम्पत्तिमा परिणत गरी बैंकले प्रयोग गरिरहेको रहेछ । पिताले राखेको धितो फिर्ता माग गर्दै ३२ वर्षपछि सर्वोच्चमा निवेदन दर्ता गरेका रहेछन् ।

‘बाबुले सम्पत्तिको लिलाम कारबाहीका सम्बन्धमा कुनै दाबी उजुरी नगरी स्वीकार गरी लामो समयपछि धितो फिर्ताका लागि बैंकसमक्ष निवेदन दिएको कुरा स्वाभाविक नदेखिएको’ सर्वोच्चले भनेको छ । यो ४१ वर्षअघिको जग्गा धितो राखेर बैंकबाट ऋण लिइएको विषय सम्बन्धित मुद्दाको फैसला हो। पर्साको वीरगन्ज महानगरपालिकाको तत्कालीन वडा नंं. १४ सँग जोडिएको विषय हो।आफ्नो घरजग्गा बुबाले धितो राखेकोे र बैंकले उपयोग गरिरहेकाले फिर्ता माग्दै सर्वोच्च अदालतमा २०७५ सालमा छोराले रिट निवेदन दर्ता गरेका थिए।

रिट निवेदक सुरेश १८ वर्षको हुँदा उनका पिता शिवकुमार शुक्लाले घरजग्गा धितो राखी २०३९ असार १३ मा नेपाल बैंक लिमिटेडबाट कर्जा लिएका रहेछन् । बैंकको कर्जा नबुझाएको हुँदा २०४३ चैत १५ मा बैंकले आफ्नो नाममा धितो सकार लिएको रहेछ । २०४३ सालमा बैंकले आफ्नो नाममा धितो सकारेको, निवेदकका पिताको २०७१ भदौमा मृत्यु भएको रहेछ।

बैंकले धितो जग्गा २०६७ असार १ मा हाल साबिक गरी स्रेस्ता अद्यावधिक गरी अर्को कित्ता कायम गरेको रहेछ । त्यसपछि नेपाल बैंकले सोही घरजग्गाको भोगचलन गरी आएको मुद्दामा उल्लेख छ । गैरबैंकिङ सम्पत्ति फिर्ता गर्ने वा नगर्ने भन्ने बैंक वा ऋणीबीचको आपसी सहमतिमा निक्र्योल हुने विषय अदालतले हस्तक्षेप गर्न उचित नहुने पनि स्पष्ट पारिएको छ। 

वर्षौं पहिले कानुनी प्रक्रिया पूरा गरी बैंकले सकारेको सम्पत्तिलाई बिना कुनै आधार औचित्य फिर्ता गर्दै जाने हो भने समग्र बैंकिङ प्रणालीमा नै नकारात्मक परिणाम आउन सक्ने सर्वोच्चको व्याख्या छ। गैरबैंकिङ सम्पत्तिका रूपमा बैंक वित्तीय संस्थाको सकार गरेको सम्पत्ति सम्बन्धित धितोधनीले फिर्ता गर्न पाउने, नपाउने र बैंकिङ सम्पत्ति धितोधनीले फिर्ता पाउन सक्ने हो वा होइन भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकासमेतको व्याख्या भएको फैसलामा भनिएको छ। 

कुनै पनि व्यक्ति वा संस्थाले बैंकबाट कर्जा लिएपछि तोकिएको मितिमा साँवाब्याज नबुझाए सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने हुन्छन् र त्यस्तो अवस्थामा बैंकप्रति सर्वसाधारणको विश्वास खल्बलिन सक्ने फैसलामा उल्लेख छ। बैंकको निक्षेपमा सम्बन्धित खातावालाको हक रहेजसरी लगानी उठाउन पाउने बैंकको विशेष अधिकार हुने उल्लेख छ।त्यसैले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ५७ को प्रावधानलाई व्याख्या गरिएको छ।

‘बैंकले गर्ने धितो लिलाम वा सकारको कारबाहीसमेत कर्जा असुलीकै निरन्तरताका रूपमा रहेको भनी बुझ्नुपर्ने हुन्छ,’ सर्वोच्चले भनेको छ, ‘किनकि बैंकहरूले धितो लिलामी वा सकार गरिसकेपछि ऋणीको खाताबाट ऋणा कर्जा घटाई कर्जा राफसाफ गरी ऋणीलाई कर्जाको दायित्वबाट मुक्त गरिएको हुन्छ। अतः धितो लिलामी वा सकारको कारबाहीलाई निरपेक्ष वा अलग्गै विषयका रूपमा बुझ्नु अनुपयुक्त हुन्छ ।’ 

गैर बैंकिङ सम्पत्तिलाई बैंकिङ सम्पत्तिमा रूपान्तरण गर्दा सबन्धित बैंक सञ्चालक समितिको निर्णयको जानकारी नियमक निकाय राष्ट्र बैंकलाई गराइएको हुन्छ । यसको मतलब सम्पत्ति बैंकको उपयोग वा प्रयोगको हो भनी मान्नुपर्ने उल्लेख छ। नेपाल बैंकले बैंकिङ सम्पत्तिका रूपमा उपयोग गरेको सम्पत्तिलाई फिर्ता माग गर्ने अधिकार निवेदकलाई नभएको स्पष्ट पारिएको छ। बैंकिङ सम्पत्तिका रूपमा बैंकको उपयोगमा रहेको सम्पत्ति सम्बन्धित धितो धनीलाई फिर्ता हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा नेपाल राष्ट्र बैंकद्वारा २०८० असोजमा जारी भई हाल प्रचलनमा रहेको व्यवस्थालाई उल्लेख गरिएको छ । 

राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले सकार गरी लिएको सम्पत्तिलाई यथासम्भव छिटो बिक्री गर्नुपर्नेछ । इजाजतपत्रप्राप्त संस्थाको आफ्नै प्रयोजनलाई आवश्यक भए उपयोगका लागि सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकलाई समेत जानकारी गराउनुपर्नेछ ।’बैंक तथा वित्तीय संस्थाले गैरबैंकिङ सम्पत्तिका रूपमा सकारेको सम्पत्ति बैंकिङ प्रयोजनका लागि प्रयोग गर्ने निर्णय लिन सक्ने अधिकार बैंकलाई प्रदान गरेको पाइन्छ।

त्यसलाई बैंकिङ सम्पत्ति भन्ने गरिन्छ । बैंक र सुरक्षण धनीबीचको आपसी वार्ताद्वारा दुवैको सहमतिमा फिर्ता गर्न सकिने भए पनि कानुनी अधिकार भन्न नमिल्ने परिभाषित गरेको छ । ‘यसका अलावा कुन मितिमा र कस्तो परिस्थितिमा बैंकले सकार गरिलिएको हो?समयको अन्तराल के, कति भयो? हाल आएर ऋणी वा धितो धनीले के कुन मनशायले धितो फिर्ताको माग गरेको हो? हाल धितोको अवस्था कस्तो छ? आदि कुरालाई विचार गरी मात्र बैंकसँग सहमति हुन सक्ने अदालतको व्याख्या छ।  

‘धितो फिर्ता माग गर्ने कुरा ऋणीको निर्विवाद अधिकार नभई आपसी सहमतिबाट मात्र कार्यान्वयनमा जान सकिने विषय हो भनी मान्नुपर्ने हुन्छ। अन्य कसैको हकको सृष्टि भइसकेको विषयलाई निष्क्रिय वा निस्तेज पार्दा अर्काको हकको सुरक्षालाई पनि संवेदनशील भई हेर्नुपर्ने हुन्छ,’ फैसलामा भनिएको छ।

नेपाल राष्ट्र बैंकद्वारा २०८० असोजमा जारी गरेको निर्देशनको ११ (४) (च) मा ‘गैरबैंकिङ सम्पत्तिका रूपमा बैंक वित्तीय संस्थाले सरकार गरेको सम्पत्ति धितो सुरक्षण धनी (गैरबैंकिङ सम्पत्तिमा आउनुअघिको धनी) लाई फिर्ता गर्दा बैंकिङ सम्पत्ति लेखांकन गर्दाको मूल्य वा फिर्ता गर्दाको समयमा रहेको बक्यौता रकम (साँवा र ब्याजको जोेड) मध्ये जुन बढी हुन्छ सो रकममा नघट्ने गरी सम्बन्धित संस्था र सम्बन्धित सुरक्षण धनीबीचको आपसी वार्ताद्वारा सम्बन्धित सुरक्षण धनीलाई मात्र धितोसुरक्षण फिर्ता गर्न भने योे निर्देशनले बाधा पुराएको मानिनेछैन’ भन्ने व्यवस्था छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
४० मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस