‘१२ वर्षदेखि सँगै नबसे पनि सम्बन्ध विच्छेद नहुने’
२२ असोज २०८१
•
५ मिनेट पाठ
‘१२ वर्षदेखि सँगै नबसे पनि सम्बन्ध विच्छेद नहुने’
सर्वोच्च अदालतले १२ वर्षदेखि सँगै नबसेका पतिपत्नीबीच पनि महिलाले नचाहेको खण्डमा सम्बन्ध विच्छेद हुन नसक्ने फैसला गरेको छ। परिवारका सदस्यले घर बस्न नदिएकाले माइतीमा बस्दै आएको र महिलाले सम्बन्ध विच्छेद गर्न इन्कार गरेपछि यस्तो फैसला भएको हो। न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २०८० पुसमा गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरेको हो।




तीन वर्षसम्म माइतीमा बसेका आधारमा सम्बन्ध विच्छेद गर्न नहुने सर्वोच्चको फैसलाले भनेको छ। सम्बन्ध विच्छेदका लागि सँगै रहनै नसक्ने र बसेमा एकअर्काको ज्यानै जोखिममा पर्नेसम्मको अवस्था स्थापित हुनुपर्ने व्याख्या फैसलामा गरिएको छ।

एकपटक सुमधुर सम्बन्ध नभए पनि फेरि सम्बन्धमा सुधार हुन सक्ने आशासहितको उल्लेख छ। सामान्यतया सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमै टुंगिने गरेका छन्। तर केही मुद्दा सर्वोच्च अदालतसम्म पुग्ने गरेका छन्। जिल्लाबाट सुरु भएको यो मुद्दाले सर्वोच्चमा ‘दोहोर्‍याई पाऊँ’को अनुमति पाएको थियो।

सम्बन्ध विच्छेद हुन ज्यान जाने, अंगभंग हुने वा ठुलो शारीरिक कष्ट हुने काम नै भएको हुनुपर्ने फैसलामा उल्लेख छ। ‘परिवारका सदस्यले स्वास्नीलाई आफ्नो घरमा बस्न नदिएमा वा घरपरिवारको बेमेल, कलह वा अन्य कुनै कारण घर बस्नै नसक्ने वातावरण बनेमा बाध्य भई माइतीघर वा घरबाहिर अन्यत्र कतै बस्नुपर्ने अवस्था सिर्जना हुन सक्छ,’ सर्वोच्चले व्याख्या गरेको छ।

‘विवाह र परिवारसम्बन्धी यस्तो सामाजिक पक्षलाई अनदेखा गरी केवल तीन वर्षभन्दा बढी अवधि लोग्नेसँग अलग बसेको अवस्थालाई मात्र सम्बन्ध विच्छेद हुने आधार यान्त्रिक तवरले ग्रहण गरियो भने उल्लिखित कानुनी व्यवस्थाको न्यायोचित अर्थ गरेको मानिँदैन,’ सर्वोच्चले भनेको छ।

यद्यपि पत्नीले पतिलाई छाडी अन्यत्र बसेको जुनसुकै अवस्थालाई पति वा पतिको परिवारका सदस्यले निजलाई घर बस्न नसक्ने परिस्थिति सिर्जना गरिदिएकै कारण छाडिगएको भनी निष्कर्षमा पुग्नु पनि तथ्यसम्मत नहुने उल्लेख छ।

‘केवल लोग्ने–स्वास्नीबीच सुमधुर सम्बन्ध कायम नरहेकोलाई पुनः दाम्पत्य जीवन सुमधुर हुन नसक्ने स्थितिलाई मात्र प्रचलित कानुनले सम्बन्ध विच्छेद हुने आधारका रूपमा स्वीकार गरेको देखिन आएन,’ सर्वोच्चको फैसलामा उल्लेख छ।

सम्बन्ध विच्छेदको प्रयोजनका लागि कानुनमा ‘स्वास्नीले लोग्नेलाई छोडी अलग बस्ने गरेमा...’ भन्ने वाक्यांशको अर्थ विवादको सूक्ष्म अवलोकन गर्नुपर्ने सर्वोच्चको व्यख्यामा उल्लेख छ। ‘लोग्नेको घर बस्न नसक्ने अवस्था भई बाध्यतावश घर छाडेको स्थिति हो भने स्वास्नीले स्वेच्छाले घर छाडेको भनी मान्न मिल्ने हुँदैन,’ सर्वोच्चको व्याख्या छ।

विषय काठमाडौंको हो। २०६६ सालको असारमा काठमाडौंका मुनिष आचार्य र धनुषाकी ज्योतिबीच मागी विवाह भएको थियो।

पति–पत्नीबीच सम्बन्ध बिग्रँदै गएपछि मुद्दा–मामिला उजुर–बाजुरसम्म पुगेको देखिन्छ। विवाह भएपछि केही समय घरमा बसेकी उनी पछि परिवारले बस्न नदिएको भन्दै माइतीमै बसेकी थिइन। पत्नीसँग पुनः सम्बन्ध कायम गरी जिउन असम्भव भएको भन्दै आचार्यले २०६९ कात्तिकमा काठमाडौं महानगरपालिकामा निवेदनसमेत दिएका थिए।

पतिले कुनै हालतमा सँगै बस्न नसक्ने अडानमा र पत्नीले पतिप्रति प्रेम रहेकाले सम्बन्ध विच्छेद गर्न नसक्ने बताएपछि महानगरले मेलमिलापका अनेक प्रयास भएको तर हुन नसकेको भन्दै २०७० माघमा काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा पठाएको थियो। जिल्ला अदालतले २०७२ असारमा मुलुकी ऐन लोग्ने स्वास्नीको महलका आधारमा प्रमाण नपुगेको भन्दै सम्बन्ध विच्छेद हुन नसक्ने फैसला गरिदिएको थियो।

आचार्यले फेरि पाटन अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। तत्कालीन पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो।

विगत तीन चार वर्षदेखि पत्नीबाट ठुलो शारीरिक मानसिक कष्ट पीडा र हिंसा भइआएको भन्दै आचार्यले अदालतमा बताएका थिए। तर पतिबाट अलग भई माइतीघरमा बसेकी पत्नीले शारीरिक कष्ट पीडा दिएको तथ्य व्यावहारिक रूपमा स्थापित नहुने सर्वोच्चको फैसलामा उल्लेख छ।

‘लोग्ने स्वास्नीबीचको असमझदारी वा बेमेलले दुवैलाई मानसिक तनाव उत्पन्न गराउन सक्ने तथ्यलाई इन्कार गर्न सकिँदैन,’ अदालतले भनेको छ, ‘तर सम्बन्ध विच्छेदसम्बन्धी कानुनले असमझदारी, बेमेल वा सामान्य झैझगडालाई नै मानसिक कष्टका रूपमा बुझ्न मिल्ने देखिएन।’

पति–पत्नीले एकअर्कालाई दुःख हैरानी दिने नियतले बारम्बार कष्ट, पीडा वा यातना दिएको देखिनुपर्ने अदालतको व्याख्या छ। ‘शारीरिक वा मानसिक कष्ट, पीडा पुष्टि हुन प्रथमतः प्रतिवादीले नियतवश त्यस्तो कार्य गरेको हुनुपर्ने र दोस्रो पीडक पक्षले त्यस्तो कृत्य बारम्बार दोहोर्‍याएको हुनुपर्ने आवश्यक हुन्छ।’

अकस्मात् कुनै कारणले एक दुई पटक रिस, आवेग, उत्तेजनामा आई भएका सामान्य वादविवाद, झैझगडा, कुटपिटका घटनालाई कानुनले ठुलो शारीरिक वा मानसिक कष्टका रूपमा बुझ्न नमिल्ने उल्लेख छ। पतिले भनेजस्तो मानसिक कष्ट दिएको नदेखिएको अदालतले फैसलामा उल्लेख गरेको छ।

‘सम्बन्ध विच्छेद गरी पाऊँ भन्ने दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरु काठमाडौं जिल्ला अदालतको २०७२ असार २३ को फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको २०७२ फागुन २० को फैसला कानुनसम्मत मिलेको देखिँदा सदर हुने ठहर्छ,’ सर्वोच्चले भनेको छ।

सम्बन्ध विच्छेद हुन स्वास्नीले ‘...लोग्नेको ज्यान जाने, अंगभंग हुने वा अरू कुनै ठुलो शारीरिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेको’ वस्तुगत रूपमा पुष्टि हुनुपर्ने देखियो। कानुनले इंगित गरेको घाउचोटको गम्भीरतालाई हेर्दा ‘ज्यान जाने’, ‘अंगभंग हुने’, वा ‘ठुलो शारीरिक कष्ट हुने’ प्रकृतिको देखिनुपर्छ। कानुनमा प्रयुक्त ‘ठुलो शारीरिक कष्ट हुने’ कामलाई ‘ज्यान जाने’ वा ‘अंगभंग हुने’ सम्मको गम्भीर वा घातक चोट प्रहारका रूपमा बुझ्नुपर्ने सर्वोच्चले भनेको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस