चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
२० असोज २०८१
•
२ मिनेट पाठ
चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन्। कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म धनगढीले जनाएको छ।




त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए। उनका अनुसार यही असोज १२ गते तीन सय १८, १३ गते तीन सय चार, १४ गते तीन सय ९८, १५ गते छ सय तीस, १६ गते छ सय ८०, १७ गते एक हजार ९०, १८ गते एक हजार पाँच सय ६९ र १९ गते एक हजार नौ सय ५८ जना नेपाली भारतका विभिन्न सहरबाट घर फर्किएका हुन्।

यात्रुहरुको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठपर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ । बाजुराका मनोज कडारा पाँचजना परिवारसहित सोही नाकाबाट घर फर्किएका छन्। दश वर्षदेखि भारतको मुम्बईमा सेक्युरिटी गार्डको जागिर गर्दै आएका कडाराले चाडपर्व मनाउनका लागि घर फर्केको बताए।

भन्सार सीमा नाकामा हेल्प डेक्स निर्माणसँगै घर फर्कंदा पहिला भन्दा धेरै सहज भएको उनको भनाइ छ। “चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गरी मनाउने गरिन्छ”, कडाराले भने, “जसले घर बाहिर लामो समय एक्लो भएर बस्दाको तनाब कम हुन्छ।”

भारतको राजकोटबाट रोजगारी गरी घर फर्कंदै गरेकी कैलालीको बौनियाकी शारदा साउदले बडादसैंमा  टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताइन। भारतको मुम्बईमा होटलमा रोजगारी गरी फर्कंदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका रोशन विश्वकर्माले चाडपर्व मनाउनका लागि घर फर्केको बताए।

यस क्षेत्रका सर्वसाधारण युवा रोजगारी गर्न छिमेकी मुलुक भारत जाने गर्दछन्। खेतीपाती भएकाहरु आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् भने खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेका पाइन्छन्।  

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन्।बिना भिसा जान पाइने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन् ।राष्ट्रिय समाचार समिति (रासस)
अर्को समाचार
कर्णालीमा देउसीको मौलिकता हराउँदै
१७ कार्तिक २०८१
•
३ मिनेट पाठ
कर्णालीमा देउसीको मौलिकता हराउँदै
उहिलेको तिहार र देउसीमा गाउँभरिका सबै जम्मा हुने, मौलिक शब्द र परिवेशअनुसारका रचना तयार पारेर भ्याउने गरिन्थ्यो।




विशेष गरी दाजुभाइ र दिदीबहिनीको पर्व दीपावली भएकाले भाइ र बहिनीबीचको प्रेम र सद्भाव झल्किन्थ्यो।घरबाहिर अर्थात् परदेशमा रहेका दाजुभाइलाई सम्झेर देउसी खेल्ने चलन कर्णालीका सबै गाउँ(बस्तीहरूमा व्याप्त थियो।

पहिलेको देउसी जहाँ विशुद्ध मनोरञ्जन, तिहारको रौनक र दाजुभाइ दिदीबहिनीका गाथाहरू, अभाव र सम्झनासहितका शब्द रचेर भ्याउने चलन थियो। कर्णाली भेगमा देउडाका टुक्कालाई देउसीमा भ्याउने चलन पनि थियो, जहाँ मौलिकता मात्रै झल्किन्थ्यो।अहिले भने सामाजिक सद्भाव र संस्कार झल्काउने त्यस्ता देउसी भैलो गाउँघरमा गुन्जिनै छोडेका छन्।

अहिले मादलका ताल र थरी थरी भाकाका देउसी भैलो गीतहरू हराउने अवस्थामा पुगेका छन् । पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको रमाइलो छाउँथ्यो,तर अहिले त खाली हल्ला मात्र भएको महसुस हुने गरेको  ज्येष्ठ नागरिकको बुझाइ छ। 

पछिल्लो पुस्ताका युवाहरूले पनि चाडपर्वका बेला विदेशी गीत, नाच र संस्कृति भित्र्याउन लागेका कारण जिल्लाको स्थानीय लोक भाका, भेष भूषाको जगेर्ना गर्ने उद्देश्यले नेपालीको दोस्रो ठुलो पर्व तिहारमा खेलिने देउसी खेल्ने संस्कार हराउन थालेको हो।

अहिले गाउँको देउसीमा मौलिकता नभएको चन्दननाथ ५ का ४ अमरसिंह नेपाली बताउँछन् । ‘पहिले देउसी खेल्दा त्यस्तो भाका, लय र शब्दले मन छुन्थ्यो। त्यसको महत्त्व छुट्टै थियो,’ उनले भने, ‘ पहिलेका देउसी खेल्नेहरू पैसाका लागि खेल्दैन थिए। अहिले त स्कुलको देउसी, समूहको देउसी, क्लबको देउसी भन्दै चन्दा उठाएजस्तो गर्छन्।’अहिले मौलिक शब्द रचना गरेर देउसी भट्याउन पनि हराएको उनले बताए । ‘बजारमा आएका, कतिपय सुन्नै नसकिने गीत बजाउँछन् । अझै कसै कसैले त हिन्दी गीत बजाएर देउसी खेल्न आएको देखिन्छ,’ उनले भने, ‘अहिलेकाहरूलाई देउसी, तिहार, भाइटिकाको महत्त्वको चिन्ता देखिँदैन।’यस्तै अर्का का ७६ वर्षीय लोकप्रसाद चौलागाईलाई पनि अहिलेको देउसी देउसीजस्तै लाग्दै ।

‘पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको रमाइलो रौनक छाउँथ्यो तर अहिले त खालि हल्ला मात्र भएको महसुस हुन्छ,’ उनले भने,पछिल्लो पुस्ताका सबै युवाले चाडपर्वका बेलासमेत विदेशी गीत, नाच र संस्कृति भित्र्याउन लागेका कारण जिल्लाको स्थानीय लोक भाका, भेष भूषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपालीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसी संस्कार समेत हराउन थालेको संस्कृतिविद्हरू बताउँछन्।

कसरी सुरु भयो देउसी भैलोको प्रचलन

एक जना राजा थिए, बली भन्ने । उनी अति नै दानी थिए। प्रत्येक दिन दान गरेर मात्र उनी आफू भोजन गर्थे। उनको यो पुण्यको कामले ठुलो ख्याति पायो। उनको प्रतापले स्वर्ग लोक हल्लिन थाले।त्यसपछि देवताहरू भगवान् विष्णुलाई गुहार्न पुगे, बलीलाई दमन गर्नका लागि। विष्णुले वामन (बाहुन्ने) को रुप धारण गरे बलीलाई छल्न पुगे। र, तीन पाउ जमिन दानको याचना गरे।बलीले सोचे, ‘यो ब्राह्मण सानो छ र यसको पाउ पनि साना छन्। 

उनले थोरै जमिन माग्यो ।’ उनले दान दिने संकल्प गरे। लगत्तै वामनको रुप विराट भय । एउटै पाउले समस्त पृथ्वी ढाकिदियो । अर्को पाउले आकाश र तेस्रो पाउ पर्नसाथ बली भाँसिएर पाताल पुगे। उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरे की, वर्षमा एक पटक तिहारको बेला पृथ्वी घुम्न पाइयोस्।यसलाई स्विकार्दै विष्णुले बलीलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए। अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वास सहित दीप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ।देउसेहरु बली राजा आउन नभ्याएको। आफूहरू बली राजाको हुकुम अनुसार आएको भन्दै देउसी भ्याउने गर्छन् ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस