निष्कलंक छवि राखेर निष्पक्ष रूपमा काम गर्ने प्रधानन्यायाधीशमा अनुमोदित राउतकाे वाचा
१७ असोज २०८१
•
४ मिनेट पाठ
निष्कलंक छवि राखेर निष्पक्ष रूपमा काम गर्ने  प्रधानन्यायाधीशमा अनुमोदित राउतकाे वाचा
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिमा बुधबार भएको सुनुवाइपछि उनको नाम अनुमोदन भएको हो। यसअघि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।




सुनुवाइका क्रममा संसदीय समितिका सदस्यहरूले राउतसँग न्यायालयका विविध पाटोमा प्रश्न राखेका थिए। उनीहरूले न्यायालयमा सुधारका लागि राउतले प्रस्तुत गरेको कार्ययोजना कार्यान्वयनमा आशावादी हुन सकिने आधार पनि मागेका थिए। सुनुवाइ समितिका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै राउतले निष्कलंक छवि राखेर निष्पक्ष रूपमा काम गर्ने वाचा गरेका थिए।

समितिका सदस्यले बार र बेन्चबीचको विवाद, अदालतमा बिचौलिया हाबी, समयमै मुद्दा छिन्न नसकिएको, फैसला कार्यान्वयनमा ढिलाइलगायत विषयमा प्रश्न गरेका थिए। उनीहरूले न्यायाधीश नियुक्तिमा हुने विवाद, अदालतमा बिचौलिया को हुन् ? न्यायाधीश राउतले छिनेका मुद्दामा परेका उजुरी, न्यायपालिका सुधारलगायत विषयमा पनि प्रश्न सोधेका थिए। सबै प्रश्नको जवाफ राउतले दिएपछि उनको नाम अनुमोदन भएको हो।  

समितिमा राउतले १६ पेजको न्यायपालिका सुधार कार्ययोजना प्रस्तुत गरेका थिए। उक्त कार्ययोजना कार्यान्वयनका विषयमा पनि सांसदले प्रश्न राखेका थिए। न्यायपरिषद् नियमावलीका विषयमा राउतले सरकारले तोकेको रोलक्रमलाई मिलाउनेगरी संशोधन गरिएको बताएका थिए। ‘वरीयतालाई वैधानिकता दिन नियमावली संशोधन गरिएको हो’, उनले भनेका थिए।

राउतले बार र बेन्चबीच हालको विवाद समाधान गर्ने र आफूले प्रस्तुत गरेको न्यायपालिका सुधार कार्ययोजना कार्यान्वयन गर्ने वाचा पनि गरेका छन्। ‘कार्ययोजनालाई मूर्त रूप दिन काम गर्छु। निष्कलंक समन्वय, सहकार्य र टिमवर्कमा काम गर्छु’, उनले भने।

सांसदले विकास निर्माणका काममा पनि अदालतले रोक्ने गरेको गुनासो  गरेका थिए। जवाफमा उनले अदालतले संविधान, कानुन, नागरिकको हक, अधिकारलाई ध्यानमा राख्दै आदेश र फैसला गर्ने बताएका थिए।

न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा सर्वोच्च अदालतमा मुद्दाका चाङ थपिँदै गएको प्रसंग पनि उनले सुनाए। ‘अदालतमा सुधारका विषयमा नैतिक जिम्मेवारी लिनेछु। निष्ठालाई नै बह्मास्त्रको रूपमा लिएको छु’, राउतले भने, ‘सर्वोच्च अदालतले संवैधानिक सीमा नाघ्दैन।’

न्यायाधीश नियुक्तिमा हुने विवादका विषयमा सांसदले राखेको प्रश्नको जवाफमा उनले न्यायपरिषद्लाई संविधानले अधिकार दिएकाले त्यसको दायित्व पूरा गरेको बताए। ‘संविधानले दिएको अधिकार प्रयोग गर्ने हो कि ? सबैलाई सोधीसोधी नियुक्ति गर्ने हो ?’ उनले भने।

अदालतमा बिचौलिया छन् भन्ने कुरा यसअघिका प्रधानन्यायाधीशले पनि स्विकारेकाले को हुन् ती बिचौलिया भन्ने सांसद ईश्वरी घर्तीको प्रश्नमा उनले बिचौलिया भन्ने भ्रष्टाचारजस्तै भएको र भाइरसजस्तै नदेखिने जवाफ दिएका थिए। बिचौलियाका विषयमा सूक्ष्म निगरानी राख्दै कानुनै बनाएर काम गर्ने राउतले बताए।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको प्रसंग सांसद जीवन परियारलगायतले उठाएका थिए। यसमा मुद्दाको पेसीसमेत तोकिएकाले आफूले बोल्न नमिल्ने राउतको जवाफ थियो। ‘मानहानी अदालतको रहर होइन। प्रतिशोध लिएर अदालतले कहिल्यै पनि मुद्दा दर्ता गर्दैन’, उनले भने।

उनले आफूले न्याय सम्पादन गरेका सन्दर्भमा उठाइएका प्रश्नमा बाजुराको चुनावसम्बन्धी घटनाको फैसला हुन बाँकी रहेको बताए। ‘मैले गरेको आदेश मात्रै हो। जिल्ला अदालतबाट मुद्दाको फैसला हुन बाँकी छ। त्यसका लागि जिल्ला अदालत आफ्नो न्याय सुनाउन स्वतन्त्र छ’, न्यायाधीश राउतले भने। यस विषयमा सांसद सुनिता बराललगायतले प्रश्न उठाएका थिए। राउतले हालसम्म आफू संलग्न भएर नौ हजार २२५ थान मुद्दामा फैसला गरेको बताएका थिए। १० वर्षको अवधिमा सर्वोच्च अदालतमा तीन गुणाले मुद्दा बढेको भन्दै उनले हाल २५ हजार बढी मुद्दा विचाराधीन रहेको बताएका थिए।

सांसद जनार्दन शर्माले अदालतले शक्ति लिन खोजेको टिप्पणी गरेका थिए। उनले शक्ति सन्तुलनको विषय पनि उठाएका थिए। ‘सरकारको रणनैतिक निर्णयलाई अदालतले किन बुझ्दैन ? मुद्दा हटाइदिने, पन्छाइदिने काम भएका छन्। अब यस्तो हुने छैन’, शर्माको प्रश्न र अपेक्षा थियो।

कार्ययोजना यस्तो छ

न्यायपालिकालाई चुस्त दुरुस्त बनाउने विषयमा कार्ययोजना केन्द्रित छ। समयमै न्यायाधीश नियुक्ति, न्यायाधीशविरुद्ध परेका उजुरीमा छानबिन, सूचना प्रविधिमा अदालतको अवधारणा, न्यायिक कामकारबाहीमा एआई प्रयोगको सम्भाव्यता अध्ययनलगायतका विषय कार्ययोजनामा समेटिएको छ। अदालतमा बिचौलियाको अवाञ्छित गतिविधि नियन्त्रणका लागि सूक्ष्म निगरानी गरिने विषयमा पनि कार्ययोजनामा छ। ‘अदालतमा बिचौलियाहरूको अवाञ्छित गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सोसम्बन्धी छुट्टै कानुन निर्माण गर्न पहल गर्ने’ कार्ययोजनामा लेखिएको छ।

अदालतमा सुशासनविपरीतका गतिविधि नियन्त्रण गर्ने, यसअघि न्यायपालिका सुधारका लागि दिइएका प्रतिवेदनका सुझाव गर्ने विषय पनि कार्ययोजनामा राखिएको छ। त्यस्तै कार्ययोजनामा ‘जनआस्थासम्बन्धी सूचक बनाएर मूल्यांकन गर्ने’ भनिएको छ।

अदालतमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण, मुद्दाको अनलाइन दर्ता, मोबाइल एपमार्फत मुद्दाका पक्षलाई जानकारी, न्याय प्रणालीलाई लैंगिकमैत्री बनाउनेलगायतका विषय पनि कार्ययोजनामा समेटिएको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस