नेपालसहित नेपालीहरु रहेका विभिन्न देशमा स्थानीय समयअनुसार विजया दशमीमा टीकाको साइत सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आइतबार नेपालसहित विभिन्न देशका ३२ स्थानमा स्थानीय समयअनुसार टीकाको साइत सार्वजनिक गरेको हो ।
भारत, अमेरिकाका विभिन्न स्थान, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायत, दक्षिण कोरिया, इजरायलसहित विभिन्न खाडी मुलुकहरुमा रहेका नेपालीहरुले टीको साइतबारे चासो राखेकाले स्थानीय समयअनुसार टीकाको साइत जानकारी गराइएको समिति सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक समय टीकाका लागि सबैभन्दा उपयुक्त रहेपनि उक्त दिनभर नै टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ ।
यो वर्ष विजया दशमी असोज २६ गते शनिबार परेको छ । नेपालमा भने टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको समितिले उल्लेख गरेको छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीमा पर्ने चैते दसैँ आज नेपालीले घरघरमा नव दुर्गा भगवतीको पूजा र आराधना गरेर मनाउँदै छन्।
वर्षमा चार नवरात्र हुन्छन्। आषाढ र पौष शुक्ल पक्षका नवरात्र खासै प्रचलित छैनन्। तर, केही साधकले यी नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन्।
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदादेखि घटस्थापना गरेर जमरा राखिन्छ। त्यसैले यो दसैँलाई बडादसैँ भनिन्छ। बडादसैँमा दशमीका दिन मान्यजनबाट टीका र जमरा लगाइन्छ, जुन आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।
चैते दसैँमा भने यो परम्परा धेरै परिवारमा छैन। तर, हनुमानढोकाको दसैँघरमा घटस्थापना गरेर विधिवत् पूजा र अष्टमीमा बलि दिने चलन छ। चैते दसैँमा अष्टमी र नवमीलाई विशेष मानिन्छ। अष्टमी चैते दसैँका रूपमा र नवमी त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका जेठा छोरा श्रीरामको जन्म भएको दिन भएकाले रामनवमीका रूपमा मनाइन्छ।
बडादसैँजस्तै चैते दसैँको पूजाको उद्देश्य पनि यो लोकमा सुख–शान्ति र परलोकमा सद्गति पाउन आशीर्वाद लिनु हो। चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुन्छ।
उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी जस्ता पीठमा चैते दसैँमा विशेष पूजा हुन्छ।
यस्तै, उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रमा विशेष पूजा गरिन्छ। चैत्र नवरात्र भनिने यो पर्वमा शक्तिपीठमा गएर पूजा र दर्शन गरे शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँघरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भइरहेको छ। विसं २०६३ सम्म नारायणहिटी राजदरबार मातहत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मातहतमा छ। रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...