न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार
१३ असोज २०८१
•
५ मिनेट पाठ
न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार
न्याय परिषद्ले संविधान, कानुनले तोकेको जिम्मेवारी पूरा गर्न नसकिरहेका बेला नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिमा भाँजो हालेको छ। बारको विरोधसँगै न्याय परिषद्ले सर्वोच्च अदालतका लागि दुईजना न्यायाधीश नियुक्तिको सिफारिस शुक्रबार गरेको छ। तर, सर्वोच्चमा चारजना न्यायाधीश रिक्त छन्। असोज ४ सम्म प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठसहित दुईजनाले अनिवार्य अवकाश पाएपछि चार पद रिक्त हुँदै छन्। परिषद्ले सर्वोच्चका लागि ६ जना न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्नेमा दुईजनाको मात्र गरेको हो।




परिषद्ले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्चका लागि सिफारिस गरेको हो। आफूहरूले आन्दोलन गरिरहेका बेला बारको मागलाई बेवास्ता गर्दै न्यायाधीश नियुक्तिको सिफारिस गरेकामा असहमति र चिन्ता रहेको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

‘भविष्यमासमेत नेपाल बार एसोसिएसनलाई बेवास्ता र अनदेखा गर्ने प्रवृत्तिले आगामी नेतृत्व कसरी अघि बढ्छ भन्ने प्रस्ट भएको छ। यस्तो गलत प्रवृत्ति लिई विवादबिच भएका र हुने नियुक्तिविरुद्ध हामीले विरोध र खबरदारी गरिरहनुपर्ने संवैधानिक दायित्व...’ बारले भनेको छ।

न्यायपरिषद् नियमावली संशोधनलाई गैरसंवैधानिक भन्दै आएको नेपाल बारले विरोधका कार्यक्रम जारी राख्ने बताएको छ। नेपाल बारकी महासचिव अञ्जिता खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा संशोधित नियमावली फिर्ता नभएसम्म विरोधका कार्यक्रम गर्ने उल्लेख गरेको छ।

कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार नेपाल बारले न्यायाधीश नियुक्ति नै रोक्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गर्दै चेतावनी दिएको हो। न्यायपरिषद् नियमावलीको विषय उच्च अदालतसँग मात्रै सम्बन्धित छ। तर, नेपाल बारले सर्वोच्चमा न्यायाधीश नियुक्तिको प्रक्रियासमेत रोक्नुपर्नेमा जोड दिँदै आएको छ।

संशोधित नियमावलीका विषय समाधान गर्न सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको संयोजकत्वमा न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारी, बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव खनाल र सदस्य सचिवमा न्यायपरिषद्का सचिव यमबहादुर बुढामगर रहेको कार्यदल बनेको थियो।

कार्यदलमा एक मत हुन सकेन। कार्यदलमा बारका दुईजना प्रतिनिधिले मात्रै संशोधित नियम खारेज हुनुपर्र्ने अडान राखेका थिए। कार्यदलले दुईथरी विचारका प्रतिवेदन प्रधानन्यायाधीश एवं न्यायपरिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठलाई बुझाएका थिए। कार्यदलमा बहुमतले दिएको प्रतिवेदनलाई आधार मान्दै नियमावली संशोधन गर्न नपर्ने ठहराइएको थियो। तर, बारले अल्पमतको प्रतिवेदनलाई आधार मान्दै खारेज गर्नुपर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

कार्यदलमा अल्पमत भएर पनि हाम्रै माग पनि पूरा गर्नुपर्छ भन्ने बारको विषय नबुझिएको न्यायपरिषद्का एक सदस्य बताउँछन्। सर्वोच्च गएर संवैधानिक अधिकार प्रयोग गर्न बारलाई सुझाव पनि दिइएको थियो। न्यायाधीशको वरीयता कहाँ राख्ने भन्ने न्यायपालिकाको अधिकारमा छोडेको उनले बताए।

‘कानुनका वरिष्ठ विद्वान्हरूले आन्दोलन गरेर थर्काएर पाइन्छ भन्ने सोच्नुभएको छ,’ परिषद्का एक सदस्य भन्छन्, ‘न्यायपालिका जहिले पनि जनताको आस्थाबाट टिकेको हुन्छ। अदालत खाली गराएर के गर्न खोज्नुभएको ?’ बारको आन्दोलन ‘जुँगाको लडाइँ’ भएको परिषद्का सदस्य बताउँछन्। ‘कतातिर तीर सोझ्याएको हो बुझ्नै गाह्रो छ। लुकेको कुरा अलग्गै छ,’ उनले भने।

नेपाल बार पनि दुई भागमा विभाजित देखिएकोे छ। सर्वोच्च अदालत बार एसोसिएसनले छिटोभन्दा छिटो न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन माग गरिरहेको छ। सर्वोच्च बारले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘सर्वोच्चमा रिक्त पाँचैजना न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अघि बढाउन...।’

अर्कोतिर, नेपाल बार केन्द्रले न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिएको छ। ‘न्यायाधीश नियुक्ति प्रक्रिया संशोधित नियमावली खारेज नहुँदासम्म अगाडि नबढाउन अपिल गर्दछौं। अन्यथा सो निर्णयबाट उत्पन्न हुने परिणामको जिम्मेवारी स्वयं न्यायपरिषद्ले लिनुपर्ने जानकारी गराउँछौं,’ बारले धम्कीपूर्ण शैलीमा भनेको छ। नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पाटन उच्च अदालत, विशेष अदालत बारलगायतद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।

छिटो न्यायाधीश नियुक्तिको माग गरेको सर्वोच्च अदालत बारका अध्यक्ष हरिशंकर निरौलाले न्यायपरिषद् र नेपाल बारबिच मेलमिलापमार्फत समस्या समाधान गर्नुपर्ने बताए। ‘न्यायपरिषद् र नेपाल बार एसोसिएसन दुवै पक्षलाई मान्य हुनेगरी मेलमिलापकर्ता तोकेर नियुक्ति गरी मेलमिलाप गराएर समस्याको समाधान गर्नुपर्छ,’ अध्यक्ष निरौलाले भने, ‘समस्या लम्ब्याएर कसैको हित हुँदैन।’

उनले नेपाल बारको विरोध, समर्थनमा भन्दा समस्या समाधानमा ध्यान दिने बताए। प्रधानन्यायाधीश श्रेष्ठलाई न्यायाधीश नियुक्ति गर्नै नदिने एउटा झुन्ड रहेको परिषद्का अर्का एक सदस्य बताउँछन्।

नेपाल बारले उठाएको न्यायपरिषद् नियमावली संशोधनको विषय उच्च अदालतमा हुने न्यायाधीश नियुक्तिसँग मात्रै सम्बन्धित छ। बारले न्यायाधीश नियुक्ति गर्न नदिनु भन्नु असंवैधानिक भएको एक सदस्यले बताए। ‘रिक्त न्यायाधीश पूर्ति नगर्दा मुद्दा फछ्र्योटमा सिधै असर पुग्छ। नियमावलीको विषय लिएर न्यायाधीश नियुक्ति गर्न नदिनु भनेको असंवैधानिक हो,’ उनले भने।

त्यस्तै न्यायपालिका अधिकृत समाजले १२ वर्ष सहसचिव तह वा त्यसभन्दा माथिको पदमा काम गरेका कर्मचारीलाईसमेत सर्वोच्चमा न्यायाधीश बनाउनुपर्ने माग राखेको छ। प्रधानन्यायाधीश श्रेष्ठलाई अधिकृत समाजका पदाधिकारीको एक टोलीले बुधबार भेटेर संविधानको धारा १२९ को उपधारा ५ बमोजिम न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्चको न्यायाधीशको पदमा योग्य मानिने स्मरण गराएका थिए।

न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) असोज १ मा नेपाल राजपत्रमा प्रकाशित भएको थियो। नियमावली संशोधनमा न्याय सेवाको मुख्य रजिस्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएको व्यक्तिको हकमा मुख्य न्यायाधीशपछिको रोलक्रम हुने व्यवस्था गरिएको छ।

‘विशिष्ट श्रेणीको पदमा नियुक्ति भएको मितिभन्दा पछि उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएका व्यक्तिभन्दा अगाडिको रोलक्रमका आधारमा वरिष्ठता कायम गरिनेछ,’ भन्ने व्यवस्था गरिएको छ। यही व्यवस्था खारेज हुनुपर्ने नेपाल बारको माग छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस