कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई घरमै स्वास्थ्य सेवा दिन थालेको छ। यसका लागि नगरपालिकाले ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ।
फोनमार्फत नगरभित्रका गर्भवतीलाई गर्भावस्थामा चाहिने सल्लाह, सुझाव उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। गर्भवतीको फोन नम्बर लिएर नगरपालिकाअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीले हरेक साता उनीहरूलाई परामर्श दिनेछन् ।वीरेन्द्रनगर–२ दौलतपुरस्थित सहरी स्वास्थ्य केन्द्रबाट यो सेवाको औपचारिक सुरुवात गरिएको हो। मेयर मोहनमाया ढकाल (भण्डारी) ले दौलतपुरकी गर्भवती नर्मा थापाको स्वास्थ्य अवस्थाबारे फोनबाट जानकारी लिएर विधिवत् सेवा सुरु गरेकी हुन्।
यो सेवामार्फत स्वास्थ्यकर्मीले गर्भवतीलाई गर्भावस्थाका बेला नियमित खानुपर्ने पौष्टिक तत्व, अपनाउनुपर्ने संयमता, नियमित गर्भ जाँच गराउनुका फाइदा जस्ता विषयमा जानकारी दिनेछन्। गर्भवतीले नियमित गर्भ जाँच गराएनगराएको विषयमा पनि स्वास्थ्यकर्मीले जानकारी लिने छन्।
यो सेवा वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य केन्द्रबाट दिइने मेयर ढकालले बताइन्। उनका अनुसार गर्भवतीलाई गर्भावस्थाबारे जानकारी गराउने, उनीहरूका समस्या सुन्ने र समाधानका उपाय सुझाउने उद्देश्यले सुरु गरिएको यो सेवालाई निरन्तरता दिइने छ।
‘हाम्रो नगरपालिकाका गर्भवतीलाई हामीले यसअघि सरकारले तोकेको अनिवार्य चार पटक गर्भ जाँचमा एक हजार रूपैयाँ र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका थियौं,’ मेयर ढकालले भनिन्।
उनले अगाडि थपिन्, ‘तर अहिले सरकारले फरक विधि जारी गरेपछि अधिकांश गर्भवती आमाहरूलाई जानकारी त्यसको नुहुनु र कतिपय अवस्थामा स्वास्थ्य संस्थामा आउन बिर्सेर अनिवार्य जाँच गराउन छुट्न थालेपछि हामीले यो सेवा दिन सुरु गरेका हौं।’
सरकारले गर्भावस्था जाँच चार पटकबाट बढाएर आठ पटक गर्नुपर्ने भनेको छ। यस्तो अवस्थामा जाँच गराउन छुट्न सक्ने गर्भवती र गर्भमा समस्या नहोस भनेर फोनमार्फत जानकारी गराउन थालिएको उनले बताइन्।
१६ वटै वडामा रहेका गर्भवतीको पूर्ण विवरण स्वास्थ्य स्वयंसेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरूमा राखिएको हुन्छ। सोही विवरण हेरेर हरेक साता तथा जाँच गर्ने समयमा स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीले गर्भवतीलाई फोन गरेर परामर्श दिनेछन्।
नगरपालिकाले यसअघि चार पटकसम्म गर्भ जाँच गराउने महिलालाई प्रोत्साहनस्वरूप एक हजार र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको थियो। अहिलेको यो सेवा सुरु भएसँगै आर्थिक रूपमा विपन्न महिलालाई आवश्यकताका आधारमा घरमै सेवा लिन सहज हुने अपेक्षा नगरपालिकाको छ।
वीरेन्द्रनगरका १६ वटा वडामा २० वटा स्वास्थ्य केन्द्र छन्। नगरपालिकाले यी स्वास्थ्य संस्थाबाट हालसम्म दुई सय ८४ जना गर्भवतीलाई सुत्केरी हुन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ।
नगरपालिका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीका अनुसार सुत्केरी हुनका लागि बर्थिङ सेन्टरसम्म पुग्न नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिएको छ। यस्तै दुई सय १२ जना गर्भवतीको भिडियो एक्सरे गरिएको छ। एक सय ७२ जनालाई नगर प्रमुख पोषण कोसेली प्रदान गरिएको छ।
एक हजार ४०४ जना गर्भवती तथा सुत्केरीलार्ई घरमै पुगेर नर्सिङ सेवा प्रदान गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले हालसम्म दुई हजार ७५३ महिलालाई स्तन र पाठेघरको मुखमा हुने क्यान्सर जाँच सेवा प्रदान गरेको छ। त्यस्तै ३८ हजार प्रजनन उमेर समूहका महिला तथा किशोरीलाई सेनेटरी प्याड प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख गिरीले जानकारी दिए।
नगरपालिकाले विशेषगरी चौधरी समुदायमा देखा पर्ने सिकलसेल रोगको रोकथाम तथा उपचार सेवाअन्तर्गत ६ सय ३७ जनाको परीक्षण गरेको छ। चौधरी समुदायलाई सिकलसेलबारे सचेत गराउनेदेखि रोग पत्ता लगाउने मेसिन खरिद गरी प्रदेश अस्पताललाई हस्तान्तरण गर्ने तयारी नगरपालिकाको छ।
नगरपालिकाले १७८ महिला तथा ८५० जना अतिविपन्नको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। त्यस्तै नगरपालिकाले ६० वर्ष पूरा भई सेवानिवृत्त स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप ५० हजार रूपैयाँ दिन थालेको छ।