वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर
३१ भदौ २०८१
•
३ मिनेट पाठ
वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर
बर्दियाका राजेन्द्र थारुको टाउकोमा  ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ। उनी ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त हुन्छन्। हाल उनी नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोका कृष्ण अधिकारीको घर बनाउने काममा खटिरहेका छन्।




विगत १३ वर्ष देखि डकर्मीको काम गर्दै आएका राजेन्द्रलाई ऊर्जा प्रभावकारी घरबारे यसअघि केही थाहा थिएन। ‘धेरै वर्षदेखि घर बनाउने काम गर्दै आईरहेको छु, तर यो ऊर्जा प्रभावकारी घरको विषयमा मलाई थाहा थिएन’, उनले भने, ‘नेपालगञ्जमा ऊर्जा प्रभावकारी घर बनाउन तालिम खुलेको थाहा पाएपछि म सिक्न आएको हुँ।’ 

उमेरले ३० वर्षका राजेन्द्रलाई सुरुमा ‘ऊर्जा प्रभाकारी घर’ सुन्दा अनौठो लागे पनि तालिममा सहभागी भएपछि यस्तो घर बनाउन सजिलै सक्छु भन्ने लागेको छ।

‘सुरुमा त कस्तो हुन्छ जस्तो लागेको थियो तर सिक्दै जाँदा यस्तो घर बनाउन खासै गाह्रो नहुने रहेछ’, उनले भने, ‘मलाई त हामीले बनाइरहेको घरभन्दा ऊर्जा प्रभावकारी घर बनाउन सजिलो लाग्यो। अब सबैले यस्तै घर बनाउन आवश्यक छ।’

राजेन्द्रसँगै बर्दिया गुलरिया नगरपालिका–८ आशापुरका भगोलिया लोधले पनि तालिम लिइरहेका छन्। २२ वर्षको उमेरदेखि घर बनाउँदै आएका भगोलियासँग २५ वर्ष घर बनाउने काम गरेको अनुभव छ। तर, उनको २५ वर्षे अनुभवमा ‘ऊर्जा प्रभावकारी घर’ बनाउने अनुभव नयाँ हो।

‘ऊर्जा दक्ष घरको विषयमा अहिले नेपाल सरकारले ल्याएको नीति ढिला भएको छ’, उनी भन्छन्, ‘हुन त पछि आउने हाम्रो सन्तानहरुको लागि यो लाभदायक होला तर यो नीति पहिला ल्याइदिएको भए हामी यसको लाभ लिन पाउथ्यौँ।’

बढ्दो अव्यवस्थित शहरीकरणसँगै वातावरणीय उर्जाको खपत न्यूनीकरण गर्ने उद्देश्यले यस्ता घर निर्माण सुरु गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोमा उक्त ऊर्जा प्रभावकारी घर निमार्ण सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए। 

वातावरणमा आएको परिवर्तनका कारण बढ्दो तापक्रम नियन्त्रण गरी उर्जाको खपतमा न्यूनीकरण हुने हुँदा आगामी दिनमा नगरपालिका भित्र ऊर्जा प्रभाकारी घर निमार्ण गर्न नगरवासीहरुलाई नगर प्रमुख विष्टले आग्रह गरे।

‘नेपालगञ्जमा कृष्ण अधिकारी ज्यूले ऊर्जा प्रभावकारी घर निमार्ण गर्दै हुनुहुन्छ। यहाँको मौसमका लागि यस्ता घर निमार्ण अत्यन्तै आवश्यक छ’, नगर प्रमुख विष्टले भने, ‘उहाँले मात्र हैन अब अरुले पनि नयाँ घर बनाउँदा यस्तै घर निमार्ण गर्न आग्रह गर्दछु। यसका लागि नगरपालिकाले केही प्रतिशत छुटको व्यवस्था गर्नेछ।’

उनले नेपालगञ्ज ‘हिटवेभ’ र शितलहरको प्रकोपले प्रताडित शहर भएकाले यस्तो प्रविधिको प्रयोग गरी घर निर्माण गर्दा नक्सापास वा अन्य सुविधा उपलब्ध गराउने गरी भवन आचारसंहिता निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए।

अव्यवस्थित शहरीकरणका कारण वातावरणमा परेको प्रभावलाई कम गर्दै प्रकृतिक रुपमा वातावरण सन्तुलन गर्न ऊर्जा प्रभावकारी घर निर्माण थालिएको घर धनी कृष्ण अधिकारी बताउँछन्।

गर्मीमा अत्यधिक तातो र हिउँदमा अत्यधिक जाडो हुने भएकोले दुवै अवस्थामा वातारण सन्तुलन राख्ने ‘डिजाइन’ तयार पारेर घर निर्माण सुरु गरिएको ‘विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपाल’का ‘विल्डिङ्ग मेटेरियल एक्सपर्ट इन्जिनियर’ सानुबाबु डंगोलले जानकारी दिए।  

उक्त संस्थाका परियोजना इन्जिनियर अभिशेष कर्णका अनुसार युरोपियन युनियनको अर्थिक सहयोगमा नेपालको बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ६० पालिकामा उर्जा प्रभावकारी घर निर्माण परियोजना लागु हुनेछ।

घर निर्माण गर्दा बाहिरको तातो भित्र नजाने र भित्रको तापमान यथास्थितिमै रहेन गरी घर निर्माण गरिने भएकाले पहिलो चरणमा बाँके र बर्दियामा घर बनाउने डकर्मीलाई तालिम दिईएको उनले बताए।

यसका लागि तयार पारिएको डिजाईन तथा प्रविधि प्रयोग गरेर घर निर्माण गर्दा तातो चिसो बनाउन लाग्ने उर्जाको खपत हुने र घर पनि प्राकृतिक रुपमै वातावरणमैत्री हुने दाबी गरिएको छ।-रासस
अर्को समाचार
बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना
१९ भदौ २०८१
•
२ मिनेट पाठ
बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना
हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ। गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो।




समाजमा व्याप्त कुरिति, बेथिति एवं अत्याचारविरुद्ध सचेत पार्ने उद्देश्यले पालिकाको आयोजनामा कार्यक्रम गरिएको हो । सचेतनामूलक तीज गीत प्रतियोगितामा बढैयातालभित्रका ११ वटा महिला समूहको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिए ।

भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको पालिका भएकाले लागुऔषध, मानव बेचबिखन एवम् महिला हिंसाका घटना हुने गरेकाले सचेतनात्मक सांस्कृतिक प्रतियोगिताले समुदायलाई सचेत गराउनुका साथै मौलिक परम्पराको संरक्षणमा मद्दत पुग्ने विश्वास लिइएको उनले बताए।

अध्यक्ष त्रिपाठीले भने, ‘कला र संस्कृतिको जगेर्ना गर्दै समाजमा भएका विभिन्न विकृति, विसङ्गति, हानिकारक अभ्यास निर्मूल पार्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । बालविवाह, दाइजो प्रथा, महिला हिंसालगायत सामामाजिक कुरीति नियन्त्रण गर्न प्रतियोगिताले सहयोग पुग्नेछ ।’

स्थानीय महिला समूहले बालविवाह, लागुऔषध, महिलाहिंसा तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा गीतका माध्यमबाट सचेतना फैलाउने प्रयास गरेका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताइन। बालविवाहका कारण समाजमा महिला हिंसालगायत थुप्रै घटना हुने भएकाले अभिभावक चनाखो हुनुपर्ने विषय गीतमा प्रस्तुत गरिएका उहाँले जानकारी दिइन ।

विवाह गर्ने सही उमेरका बारेमा ज्ञानको कमी हुँदा महिलाले विभिन्न शारीरिक पीडा भोग्नु परेको, साना बालबालिका लागुऔषधको शिकार हुने गरेकाले यस्ता कुलतबाट बच्न सन्देशमूलक तीज गीत प्रतियोगिता आयोजना गरिएको उनले प्रष्ट्याइन ।

बालविवाह तथा महिला हिंसा, प्रजनन स्वस्थ्य र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी सन्देशमूलक गीत मौलिक रुपमा रचना गरी प्रतिस्पर्धामा प्रस्तुति गरिएको थियो । सहभागी ११ समूहमध्ये पतञ्जलि योग महिला समूह प्रथम, सङ्कल्प महिला विकास समूह द्धितीय, सक्रिय बुहारी समूह तृर्तीय र दिदीबहिनी महिला समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रथम हुने समूहलाई  १२ हजार पाँच सय, द्धितीयलाई १० हजार, तृतीयलाई आठ हजार र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई रु तीन हजार सात सय ५० नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस