राजमार्गको संरचना वन्यजन्तु मैत्री बनाउन माग
२४ भदौ २०८१
•
३ मिनेट पाठ
राजमार्गको संरचना वन्यजन्तु मैत्री बनाउन माग
वन जङ्गल तथा करिडोरहरुमा विकासे योजना गर्दा वन्यजन्तु मैत्री पूर्वाधार बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन्। अब चौडाइ हुने पूर्व–पश्चिम राजमार्गमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण हुनुपर्ने उनीहरुले जोड दिएका हुन्।




वन क्षेत्र तथा निकुञ्जमा रहेका सडक, विद्युत्, सिँचाइ नहर लगायतका पूर्वाधार लगायतका विकास निर्माणका काम हुँदा वन्यजन्तु मैत्री बनाइनु पर्ने कैलाली र कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधि, वन्यजन्तु संरक्षणकर्मीहरूले बताएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले प्रदेश सरकारले नीति तथा कानुन निर्माणमा वन्यजन्तु संरक्षण क्षेत्रमा विशेष जोड दिने बताए। उनले भने,‘वन्यजन्तुलाई सडक तथा अन्य विकास निर्माणका संरचनामा सहजै ओहोर-दोहोर गर्ने वातावरण भएमा उनीहरु बस्ती नपस्ने र जसले गर्दा मानव र वन्यजन्तु बीचको द्वन्द्व कम हुन्छ।’

प्रदेश सरकारले अब बनाउने संरचना वातावरण र वन्यजन्तुमैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारमा प्रदेश सभा सदस्य डा. तारा जोशीले अनुसन्धान तथा अध्ययन गरेर वन्यजन्तुमैत्री संरचनाहरू बनाइनु पर्नेमा जोड दिए। 

उनले भने,‘हाम्रो देशमा अध्ययन अनुसन्धानविना नै योजना बनाइने गरेकाले समस्या सिर्जना हुने गरेको छ।’ मानव र वन्यजन्तु दुवैको जीवन संरक्षण हुने खालको योजना र नीति बनाइनु पर्नेमा उनले जोड दिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेषर चौधरीले निकुञ्ज तथा वन क्षेत्रमा वन्यजन्तु मैत्री पूर्वाधार नहुँदा मानव र वन्यजन्तुबिचको द्वन्द्व बढिरहेको बताए। उनले भने,‘वन्यजन्तुको पनि बाँच्न पाउने अधिकार छ, पूर्व पश्चिम राजमार्गमा बन्ने संरचनाहरू वन्यजन्तुमैत्री बन्नुपर्छ।’ उनले सडकमा ‘अण्डर’ र ‘ओभर’ पास नहुँदा वन्यजन्तु दुर्घटनामा परेर मर्नेको संख्या बढेको बताए।

आफ्नो नगरपालिकामा वन्यजन्तुले साह्रै दुःख दिएको बताउँदै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले भने,‘मानव र वन्यजन्तुबिचको द्वन्द्व घटाउन पनि वन्यजन्तुको रुट पत्ता सोही अनुसारको संरचना बनाइएमा समस्या समाधान हुन्छ।’ कार्यक्रममा गोदावरी नगरपालिकाका उप मेयर शारदा रोकायाले वन्यजन्तुले किसानलाई दुःख दिइरहेको बताइन्। उनले भनिन्,‘किसानका बालीनाली वन्यजन्तुले खाइदिँदा मानव र वन्यजन्तुबिच द्वन्द्व छ। त्यसलाई न्यूनीकरण गर्नका लागि पनि केही नीति बनाउनु जरुरी छ।’

सडक निर्माणको कुनै मापदण्ड नभएका कारण पनि वन्यजन्तु दैनिक जसो दुर्घटनामा पर्ने गरेको प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टले बताए। उनले भने,‘वन्यजन्तु र मानवबिचको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न राष्ट्रहरूमा गरिएको प्रयोगलार्ई पनि हामीले अनुसरण गर्नु पर्दछ।’

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जैविक विविधताका हिसाबले महत्त्वपूर्ण क्षेत्र मानिन्छ। 

पूर्व पश्चिम राजमार्ग, रेलमार्ग, सिँचाइ परियोजना तथा विद्युत्को हाई टेन्सन लाइन विस्तारका क्रममा वन्यजन्तु, चराचुरुङ्गीमाथि पर्ने असरका बारेमा नेचर मिडिया नेटवर्कले कैलाली र कञ्चनपुरका हाइवे क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सम्बद्ध सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र वन्यजन्तु तथा वन संरक्षणकर्मीबिच धनगढीमा गरेको कार्यशाला गोष्ठीमा वन तथा वातावरणविद् डा. रोशन शेरचनले प्राकृतिक स्रोत संरक्षणमा रेखीय पूर्वाधारमा असर तथा असल अभ्यासका बारेमा जानकारी गराएका थिए भने स्थानीय शासन विज्ञ पुरुषोत्तम खतिवडाले स्थानीय सरकारले पूर्वाधार निर्माण गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी गराएका थिए। 
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस