मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति
२३ भदौ २०८१
•
५ मिनेट पाठ
मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति
पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ। उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा  छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो।




चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन्। त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क ल्याएर तीन सय ७३ औँ स्थानमा नाम निकालेका थिए।

आयोगले भदौ १४ गते सार्वजनिक गरेको नतिजामा सामान्य त्रुटि भएको भन्दै भदौ १६ गते नतिजा सच्याएसँगै असिमले प्राप्त गरेको स्थान तीन सय ६८औँ कायम भएको छ। यद्यपि आयोगले नसिम र असिमले पढ्ने मेडिकल कलेजको सूची भने सार्वजनिक गरिसकेको छैन।

राकीका जुम्ल्याहा सन्तानले आरक्षणको कोटामा पनि फर्म भरेकाले पनि छात्रवृत्ति पाएर ‘एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा निःशुल्क अध्ययन गर्ने लगभग निश्चित जस्तै छ। मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने राकी परिवारमा खुसी छर्ने काम भने उनकै सन्ततिले गरेका हुन्। 'जेठी छोरी डाक्टर नबु र माइला छोरा समिरले पैसा तिरेरै एमबिबिएस अध्ययन गरिरहेका छन्', उनले भने, 'यसपाली त जुम्ल्याहा छोराले झनै छात्रवृत्तिमा नै नाम निकालेपछि त झनै  हर्षित भएका छौँ।'

फिरोज राकी र नसिमा प्रविण त्यस्ता भाग्यमानी बुबाआमा हुन्। यसको कोखबाट जन्मिएका चारै सन्तानले एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा पढ्ने अवसर पाउँदैछन्। 'मेरा चारै सन्तान एमबिबिएस अध्ययन गर्ने अवसर पाएका छन्', उनले भने, 'मुस्लिम समुदायभित्र रहेर पनि छोराछोरीलाई असल संस्कारसहितको शिक्षादीक्षा दिएकै कारणले यो सम्भव भएको हो।'

गत वर्ष पनि जुम्लाहा छोराले शुल्क तिरेर एमबिबिएस पढ्नेमा नाम निकालेका थिए। तर, शुल्क तिरेरै पढेनन्। थप एक वर्षको मेहनतपछि दुवै छोराले छात्रवृत्तिमा नै पढ्ने अवसर जुरेको छ। एमबिबिएसको प्रवेश परीक्षामा हालसालै नाम निकालेका नसिम राकीले दोस्रो प्रयासमा मात्रै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए। “अघिल्लो वर्ष पनि इन्ट्रान्स परीक्षा दिएका थियौँ।”  

'तयारी र समय अभावका कारणले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनौँ', उनले भने, 'बुबाआमाको प्रेरणा र आफ्नो नियमित र निरन्तर अध्ययनकै कारणले छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएका हौँ। भर्खरै पहिलो खुड्किलो पार गरेका छौँ। अब राम्रोसँग अध्ययन गरेर दिनदुःखी र गरिबीको दुष्चक्रमा परेका उपचार नपाएकाहरुको सेवा गर्ने रहर छ।'

आफ्नो जुम्ल्याहा भाइसँगै छात्रवृत्तिमा नाम निकालेका दाइ असिम राकीको पनि खुसीले हर्षित भएको बताउँछन्। 'अघिल्लो वर्षमा भएका गल्ती र कमजोरलाई हटाउँदै नयाँ जोश र उमङ्गले अध्ययन गरेकाले पनि यो वर्ष एमबिबिएसको इन्ट्रान्स परीक्षा क्र्याक गर्न सफल भएका हौँ', उनले भने।

नसिम र आसिम राकी दुवै १० कक्षा वीरगञ्जकै  सामुदायिक विद्यालय माईस्थान विद्यापिठबाट अध्ययन गरेका हुन्। उनीहरुले कक्षा ११ र १२ भने ललितपुरको प्रसादी एकेडेमीबाट अध्ययन गरेका थिए।

बुबा फिरोज आफैँ पनि मेकानिकल इन्जिनियरका रुपमा २५ वर्षभन्दा धेरै समय बिताए। अहिले भने उनी वीरगञ्जकै एक शिक्षण संस्थामा अध्यापन गराउँदै आइरहेका छन्। छोराछोरीलाई दुःखजिलो गरेर नै अध्ययन गराउँदै आइरहेको उनको भनाइ छ। 'मैले २५ वर्षभन्दा धेरै समय नेपालकै प्रतिष्ठित उद्योगी पद्म ज्योतिको हिमाल स्टिलमा काम गर्ने मौका पाए। त्यहाँ मैले परिवार र समाजलाई असल संस्कार दिने कुरा भने धेरै सिक्ने मौका पाए।'

उनले विगत स्मरण गर्दै भने, 'अहिले पनि सामान्य खालकै घरमा बसोबास गर्दै आइरहेको छौँ। मलाई कहिल्यै पनि धन सम्पत्ति जोड्न भन्दा पनि सन्तानको पढाईलाई कसरी राम्रो गराउनेतर्फ मात्रै ध्यान दिदैँ आइरहे। अहिले त्यसैको नतिजा पाएजस्तो अनुभव भइरहेको छ।'

मदर्सा इस्लामिया प्रसोतिपुर, लालपर्साकी प्रध्यानाध्यापक समेत रहेकी आमा नसिमा प्रविणले पनि असल संस्कारकै कारणले आफ्ना चारै सन्तानले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको दावी गरिन्। 'हामीले कहिल्यै पनि चारै जना सन्तानलाई कहिल्यै पनि डाक्टर बन्नुपर्छ भनेर दबाब दिएनौँ', उनले भनिन्, 'जेठी छोरी नबुले एमबिबिएसमा नाम निकालेपछि अन्य भाइले पनि दिदीको सिको गर्दै अघि बढ्दा यो सफलता हात पारेका हुन्।'

फिरोजका जेठी छोरी डाक्टर नबु प्रविण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा एमबिबिएसको अध्ययन सकेर अहिले इन्टनशीप गरिरहेबी छिन्। नबुले पनि २०७५ सालमा पैसा तिरेरै एमबिबिएस अध्ययन गरेकी हुन्। त्यति मात्रै होइन, फिरोजका माइला छोरा समीर राकी पनि २०८० सालको एमबिबिएसको प्रवेश परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निकालेर अहिले धरानस्थित बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा पहिलो वर्षमा एमबिबिएस अध्ययनरत छन्।

आमा नसिमा प्रविणले आफ्नो श्रीमान्को साथ र सहयोगकै कारणले आफूले पनि बीचैमा रोकिएको अध्ययनलाई अघि बढाउने अवसर पाएको  सुनाइन्। 'मेरो विवाह हुँदा आठ कक्षा मात्रै पढेकी थिए', उनले भनिन्, 'श्रीमान्कै प्रेरणाकै कारणले रोकिएको पढाईलाई फेरि निरन्तरता दिने मौका पाए। यसका कारणले कारणले अहिले मदर्सा विद्यालयको नेतृत्व पनि हाँकिरहेको छु।'

अहिले पनि मुस्लिम समुदायका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिने विषयमा कञ्जुस्याइँ गरिरहेको उनी गुनासो गर्छिन्। 'मुस्लिम समुदायमा अझै पनि छोराछोरीलाई पढाइलेखाइ त्यति धेरै चासो नदिँदा धेरै पछाडि परिरहेको अनुभूति गरेका छौँ', उनले भनिन्, 'छोरा होस् या छोरी दुवैलाई असल शिक्षा दिन कोही पनि पछि हट्नु हुँदैन।'

बुबा राकीले आफ्नो परिवारका सदस्यलाई असर संस्कार र पढ्ने वातावरण तयार पार्न सबै बुबाआमा लाग्नुपर्ने सुझाव दिन्छन्। 'संस्कार माला जस्तै किनेर पाइँदैन', उनले भने, 'जुनसुकै अभिभावकले पनि आफ्नो छोराछोरीको चाहना र आकाङ्क्षाअनुसार नै अघि बढ्ने वातावरण मात्रै तयार गर्ने हो। आफ्नो भविष्यको ढोका त छोराछोरीले नै खोल्ने हो।'

आफ्ना चारवटै सन्तानले वरिष्ठ चिकित्सक गोविन्द केसीको पद्चाप पछ्याइदिएको खण्डमा खुसी हुने बताउछन्। 'मेरा चारै सन्तानले बरिष्ठ चिकित्सक केसीले जस्तै असहाय र गरिबी जनतालाई स्वास्थउपचार गरुन भन्ने चाहाना रहेको छ', उनले भने, 'असल शिक्षा र वातावरण दिएकाले पक्कै पनि सो पद्चाप अँगाल्छन् भन्ने आशा र विश्वास लिएको छु।'हिमाल लम्साल/रासस
अर्को समाचार
बच्चा जन्माउन बर्थिङ सेन्टर जान थाले मुस्लिम महिला
०४ असोज २०८१
•
३ मिनेट पाठ
बच्चा जन्माउन बर्थिङ सेन्टर जान थाले मुस्लिम महिला
भोक्राहा नरसिंहको बर्थिङ् सेन्टरमा नवजात शिशुलाई स्याहार गर्दै अनमी। तस्बिर: नागरिक
केही वर्ष अघिसम्म मुस्लिम समुदायका महिलाहरु बच्चा जन्माउन बर्थिङ पनि जादैन्थे। तर अहिले भने उनीहरु अनिवार्य बर्थिङ् सेन्टरमै जाने गरेका छन्। मुस्लिम समुदायका महिला बर्थिङ् सेन्टरमा जाने क्रम बढेसँगै सुनसरी भोक्राहा नरसिंह वडा नं. २ मा सञ्चालित स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा जहिल्यै चाप हुने गरेको छ।




मुस्लिम बस्तीमा परिवार नियोजन गर्ने र परिवार नियोजनको साधन प्रयोग गर्ने अनि बर्थिङ् सेन्टरमै बच्चा जन्माउने क्रम पुरै बढेको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई बताउँछन्। ‘म सानै केटाकेटी हुँदा देखि नै मुस्लिम बस्तीमा गएर हेर्दा महिलाहरु कोही नव आगन्तुक देखिने बित्तिकै मुन्टो बटार्थे, तर अहिले त आकाश जमिन फरक भई सक्यो,’ उनले आफ्नो अनुभव सुनाए।

मुस्लिम समुदायलाई लक्षित गरेर गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन भोक्राहा नरसिंह वडा नं. २ को स्वास्थ्य चौकीमा १३ वर्षदेखि बर्थिङ् सेन्टर छ। सुरुवातमा नगन्य मात्र बर्थिङ् सेन्टर जान्थे। तर पछिल्लो समय पुरै जमघट हुने गरेको छ।

‘सुरुमा बर्थिङ सेन्टर खुल्दा पनि मुस्लिम महिला आउन लजाउने गर्थे, उनीहरुलाई बस्तीमै गएर सचेतना फैलाएपछि अहिले भने बिना हिचकिचावट बच्चा जन्माउन आउने गरेका छन्,’ अनमी गीताकुमारी मेहताले भनिन्। बर्थिङ् सेन्टरमा बच्चा जन्माउन आउनेको चाप हुने गरेको छ। साउन महिनामा मात्र २५ जना र भदौंमा १८ जनाले बर्थिङ् सेन्टरमा आएर बच्चा जन्माएको रेकर्ड छ।

यस्तै, आर्थिक वर्ष २०८०/०८१ को अवधिमा १५७ जनाले बच्चा जन्माएको रेकर्ड छ। यसरी बर्थिङ् सेन्टरमा चाप भएता पनि पूर्वाधार र जनशक्ति अभाव छ। त्यही अभाव भएको पूर्वाधारलाई थप गर्न भोक्राहा नरसिंह गाउँपालिका, सेभ द अर्थ र करुण फाउन्डेसनको संयुक्त लगानीमा एक कोठे भवन निर्माण गरी त्यही भवनबाट सेवा सुरु गर्न थालिएको छ।

गाउँपालिकाको पाँच लाख ४९ हजार ५४८, सेभ द अर्थको चार लाख ५० हजार र करुण फाउन्डेसनको दुई लाख २१ हजार ३८५ रुपैयाँको लगानीमा भवन निर्माण भएर सेवा सुरु गरिएको हो। ‘बर्थिङ् सेन्टरमा बिरामीको चाप बढी भएकैले गर्दा सुरुवातमा एउटा गाउँपालिकाको पुरानो भवनको कोठालाई मर्मत सम्भार गरेर सेवा दिन थालिएको थियो,’ जिल्ला अस्पताल सुनसरीका प्रमुख सागर प्रसाईंले भने, ‘अब भने केही हदसम्म सहज हुने भएको  छ।’ सेभ द अर्थ संस्थाले बर्थिङ् सेन्टरका लागि चाहिने अन्य सामग्री पनि प्रदान गरेको कार्यक्रम संयोजक मनिष सुवेदीले बताए।

चाप भएपनि सेवा प्रवाहमा न्यून जनशक्तिले धानेको छ। त्यहाँ काम गर्नेले आफ्नो र व्यक्तिगत कामलाई कहिल्यै चासो नराखीकन सेवाग्राहीकै सेवामा अहोरात्र खटिने गरेका छन्।

सुरक्षित सुत्केरी सेवाका लागि बर्थिङ सेन्टरमा तीन जना अनमी गीताकुमारी मेहता, कल्पना मेहता र सुजाता महेता छन्। यी अनमीले २४ सै घण्टा आलोपालो डियूटी खटिने गरेका छन्। सुत्केरी सेवाका लागि महिलाहरूको चाप पनि निकै हुने गरेको छ। ‘बर्थिङ सेन्टरमा हामी तीन जना आलोपालो गरेर डियूटी खटिने गरेका छौ,’ अनमी गीताकुमारी मेहताले भनिन, ‘कुनै जटिल खालका बिरामीलाई रिफर गर्ने गरेका छौ।’ अनमी मेहताका अनुसार बर्थिङ् सेन्टरमा काम गर्नेले  कुनै समस्या परे भोक्राहा नरसिंहका हेल्थ असिस्टेन्ट रमेशकुमार साहसँग बेला बेलामा सल्लाह लिने गर्छन्। यस बर्थिङ् सेन्टरमा विशेष गरी भोक्राहा नरसिंह वडा नं. २ सँगै वडा १, ४, ३  र ८ का सुत्केरीलाई बच्चा जन्माउन ल्याउने गरिएको छ।

बर्थिङ् सेन्टरमा कार्यरत अर्की अनमी कल्पना मेहताका अनुसार बर्थिङ् सेन्टरमा ल्याएर तत्काल अन्यत्र रिफर गरिएका दुई जना सुत्केरीका शिशुको निधन भएपनि अरु कुनै घटना छैन।

गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँले जनशक्तिलाई थप गर्दै लैजाने बताए। ‘गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ,’ उनले भने, ‘सवैमा क्रमशः सुधार आइ रहेको छ।’
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस