त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी...
१६ भदौ २०८१
•
४ मिनेट पाठ
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी...
सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा




लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा।

यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन्। चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिवार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा अधिकांशले आफ्नै वेदना प्रस्तुत भएको अनुभूत गरिरहे।

तिजका गीत मायापिरती, वेदनाकै हुनुपर्छ र यस्ता गीतले मात्र लोकप्रियता हासिल गर्दछ भन्ने होइन। समाजमा सुसुप्त एवं व्याप्त तर हालसम्म उठान नभएका महिलाको प्रजननसित सम्बन्धित नयाँ समस्यालाई समयमै उजागर गराउँदा धेरैको जीवनमा परिवर्तन आउन सक्छ। भनिन्छ ,साहित्यले आम भोगाइलाई बोल्नुपर्छ, अनिमात्र साहित्यक साहित्य जस्तो हुन्छ।  गीतले ‘मेनोपोज’ बाट उत्पन्न समस्यालाई यसरी शब्दमा उनेको छ–

उमेर पनि ढल्दै गयो जीवनको खेलमा

मासिक धर्म टाढा भयो यही बेलामा।

गरमी र पसिना मनमा छ डर चिन्ता

के भो के भो थाहा छैन लाग्छ पिरता।

चाल बदलियो शरीरको कहिले खुसी कहिले पिर

नानाथरि कुरा खेल्छन् छैन मनमा थिर।

उमेर बढ्दै जाँदा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या महिलामा देखापर्दछन्।   त्यस्ता समस्यालाई गीतका माध्यमबाट आम समुदायमा मनोरञ्जनले प्रस्तुत गर्दा जनचेतना बढाउन कोशेढुङ्गाको काम गर्दछन्। चिकित्सकका अनुसार महिलाका साझा समस्यामध्ये ‘मेनोपोज’ प्रमुख मानिन्छ। गीतले मनोपोज हुँदाको लक्षण एवं अवस्थालाई यसरी मार्मिक रुपमा प्रस्तुत गरेको छ–

किन हो र झर्किएकी बोल्दा पनि बोल्दिनौँ

हस्पिटलै लान्छु बरु कुरै खोल्दिनौँ।

हस्पिटल आउनुभयो राम्रो भयो बस्नुहोस्

मेनोपोजको समस्या छ बुझी जानुहोस्।

महिनावारी बन्द हुन्छ यो उमेरमा नारीलाई

परिवारले बुझ्नुपर्छ पिरको भारीलाई।

सासू, श्रीमान् र चिकित्सकबीचको त्रिपक्षीय पात्रका प्रतिबिम्ब बनाइ यी नै पात्रका माध्यमबाट ‘मेनोपोज’को समस्यालाई यथार्थपरक ढङ्गमा अभिव्यक्त  गरिएको छ–

मन जाँदैन पहिलाजस्तो कुनै पनि काममा

मानसिक रोग लाग्न सक्छ यस्तो बेलामा।

निद्रा पनि टाढा भाग्छ हर्मोनको खेल हो

परिवारको साथ चाहिने यस्तै बेला हो।

हड्डी पनि कमजोर हुन्छ मन त्यसै मर्दछ

क्याल्सियम र पोषकतत्व खानु पर्दछ।

मेनोपोजाबाट उत्पन्न समस्याका बारेमा अधिकांश महिला एवं तिनका परिवारलाई जानकारी नै छैन। यस्तो अनभिज्ञताले महिलालाई विभिन्न रोगको जोखिम बढाएको छ। यसले गर्दा उनीहरुको स्वास्थ्यमा थप जटिलताहरू सृजना भइरहेका छन्।

चिकित्सकका अनुसार निन्द्रा नलाग्ने, चिडचिडापन, रुन पन लाग्ने, चिन्ता लाग्ने, खलखल पसिना आउने, शरीर अचानक धेरै तातो हुने, कुराहरू चाँडै बिर्सने, यौन सम्पर्क गर्न अनिच्छुक हुने, कपाल झर्ने, पिसाब छिटोछिटो लाग्ने, पिसाब चुहिनेजस्ता लक्षणहरू मेनोपोजका लक्षणहरू हुन्।

सामान्यतया यस्ता लक्षणहरू ४५ वर्षको उमेदेखि ५५ वर्षको उमेरसम्म देखिन्छ। महिनावारी सुक्नुभन्दा केही वर्षअघिदेखि केही वर्षपछिसम्म यस्ता लक्षण देखिने अवधिलाई ‘पेरिमेनोपोज’ भनिन्छ। कुनै–कुनै महिलालाई ४० वर्षको उमेरमा पनि मेनोपोजका लक्षण देखिन सक्छ। गीतले भन्दछ–

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी 

सानो–सानो कुरामा नि गर्थिन् झर्किनी। 

हर्मोनको गडबडीले भाको रैछ समस्या 

मेनोपोजलाई बुझी साथ दिन्छौँ अवश्य।

माया अनि साथ दिन्छौँ सजिलैसँग हुन्छ पार

सहज जीवन हाँसीखुसी हुन्छ परिवार।

दिदीबहिनी सबले बुझौँ बढाऔँ जनचेतना 

८१ साल तिजपर्वको शुभकामना।

नेपाल मेडिकल एशोसिएसनले सन् २०१७ मा ४० वर्ष नाघेका दुई हजार महिलामा गरेको अध्ययनअनुसार ५९ दशमलव दुई प्रतिशत महिलालाई मेनोपोजका लक्षण र जटिलताबारे जानकारी छैन। यसैले घरघरमा, टोलटोलमा मेनोपोजका बारेमा जनचेतना जगाउन आवश्यक छ। यसका लागि गीत–सङ्गीतका माध्यम सशक्त र प्रभावकारी हुन्छन्।

चन्द्रागिरि–१० स्थित नयाँ बस्तीमा बसोबास गर्ने महिलाद्वारा गठित नवज्योति महिला समूहले प्रस्तुत गरेको जनचेतनामूलक ‘मेनोपोज’सम्बन्धी तिजगीत केन्द्रबिन्दुमा रह्यो। साथै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। गीतको शब्द तथा लय संयोजन समूहका सदस्य उषा रिमालले गरेकी थिएन् भने वाद्यवादनको संयोजन भगवती थापाले गरिन्। त्यस्तै गायनतर्फ समूहका सदस्यहरु उषा रिमाल, सृजना खतिवडा, सरस्वती भण्डारी, शान्ता थापा, कमला खत्री, ऋतुकला पाण्डे, सीता विष्टलगायतले भाग लिएका थिए। गीतमा अप्सरा खड्का र कविता थापाले आकर्षक नृत्य प्रस्तुत गरिन्।

समूहका अध्यक्ष शारदा खतिवडाले भनिन्, ‘तिज गीत प्रतियोगितामा भाग लिनु त छँदै छ, आम महिला दिदीबहिनीमा ‘मेनोपोज’का लक्षण, यसले उत्पन्न गर्न सक्ने जटिलता र समाधानका उपायका बारेमा सन्देश प्रवाह गर्नु र जनचेतना जगाउनु नै हामीको मुख्य ध्येय हो। यसैले  समूहले कार्यक्रममा भाग लिने र  मेनोपोज सम्बन्धी  गीत रचना  गर्ने सङ्कल्प गर्यौँ। यसमा समूहका सबै सदस्यले अथक साथ र सहयोग गर्नुभयो। प्रतियोगितामा गीततर्फ हाम्रो समूह प्रथम भयो, निर्णायकमण्डलले गीतलाई न्याय दिनुभएको छ।’ उनले यसबाट  आगामी दिनमा समूहलाई अझ रचनात्मक सामाजिक काम गर्ने  हौसला मिलेको  बताइन्।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय एवं सहभागीलाई चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१० का वडाध्यक्ष शिवकुमार महर्जन, वडासदस्यद्वय भेषनाथ उपाध्याय र सीता महर्जनले पुरस्कार प्रदान गरिन्। रासस
अर्को समाचार
चन्द्रागिरिले हासिल गरेका असल अभ्यास अनुकरणीय : विश्व बैंक क्षेत्रीय निर्देशक
०५ फागुन २०८१
•
२ मिनेट पाठ
चन्द्रागिरिले हासिल गरेका असल अभ्यास अनुकरणीय : विश्व बैंक क्षेत्रीय निर्देशक
नेपाल भ्रमणमा रहेको विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्च प्रतिनिधिले  चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको उच्च प्रशंसा गरेका छन्।




योजना तर्जुमा, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा संलग्नता र सहभागिता टोलीले सरहाना गर्दै नेपालमा सङ्घीयता कार्यान्वयनपछिको तीन तहका सरकारबीचको समन्वय र सहकार्यका बारेमा जिज्ञासासमेत राखेको थियो। 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष एवं कार्यवाहक प्रशासकीय अधिकृत सुजनराज खनाल, आर्थिक प्रशासन शाखा प्रमुख महेशदत्त भट्ट, मानव संशाधन तथा आन्तरिक व्यवस्थापन (प्रशासन) शाखा दामोदर रिजालसहित विभागीय प्रमुखसँग सो उच्चस्तरीय टोलीले आइतबार चन्द्रागिरि नगरपालिकामा छलफल गरेको थियो। 

छलफलमा नगर प्रमुख गिरीले नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहका बारेमा प्रस्तुत गर्दै दिगो विकास लक्ष्य हासिल गर्न उच्च प्राथमिता दिएको बताए। उनले भने,“विद्युतीय सुशासन, विपद् व्यवस्थापन, वातावरण र फोहरमैला, सहरी सुरक्षा, उत्पादन, रोजगारी तथा बजारीकरण जस्ता क्षेत्र प्राथमितामा छन्। स्वच्छिक स्थानीय मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत भइसकेको छ। ”

विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक  भर्गिसले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको अनुभव अन्यत्रका लागि अनुकरणीय हुने उल्लेख गरे। उनले भने, “नेपाल भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिकाका गतिविधिकाबारेमा जानकारी लिन पाउनु मेरो लागि ऐतिहासिक क्षण रहेको छ।” रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस