रक्तदानमै रमाएका दीपक
१२ भदौ २०८१
•
४ मिनेट पाठ
रक्तदानमै रमाएका दीपक
बिरामीलाई रगत चाहिए सबैले झट्ट सम्झने नाम हो– दीपक अर्थात् दीपक उपाध्याय नेपाल। प्रादेशिक होस् या निजी अस्पतालमा रगत चाहिए बिरामीका लागि सहजै रगत दान गर्ने तथा खोजी दिने व्यक्ति हुन्– दीपक। दीपक आफू जतिसुकै व्यस्त भए पनि मोबाइलमा आएको कल उठाउँछन् र रगतको जोहो गर्न तयार हुन्छन्।




दाजु विनोद उपाध्यायको प्रेरणाबाटै दीपक रक्तदानमा होमिएका हुन्। १८ वर्षको उमेरमा उनका दाजु विनोदको आग्रहमा पहिलोपटक रक्तदान गरेका दीपकको यो शृंखला १०६ पटकमा पुगेको छ। ‘त्यो बेला दाजु जेसिजमा हुनुहुन्थ्यो। जेसिजले रक्तदानका कार्यक्रम गरिरहने र दाजु पनि रगत दिनुहुन्थ्यो,’ दीपकले भने, ‘दाजुकै प्रेरणाले रक्तदानमा सक्रिय भएको हुँ।’ पहिलो पटक रक्तदान गरेको दिन सम्झँदै उनले भने, ‘दाजुले रक्तदान गर भन्नुभयो, पहिलोपटक रक्तदान गर्दा के हुन्छ ? कस्तो हुन्छ भन्ने कौतुहलता लाग्नु स्वाभाविकै हो । तर पनि रगत दान गरें ।’ त्यसपछि रक्तदानको शृंखला चल्दै आएको उनले बताए। विनोदले पनि ८५ पटक रक्तदान गरिसकेका छन्। दुई भाइ मिलेर धेरैको ज्यान जोगाएका छन्।  

अहिले बिरामीलाई रगत चाहिएको भन्दै दैनिक ८/१० कल फोन आउने गरेको दीपक बताउँछन् । उनले भने, ‘रातिसम्म पनि रगतका लागि फोन आइरहन्छ ।’ कहिलेकाहीं त मध्यरातमा पनि रगत चाहियो भन्दै फोन आउने गरेको बताउँदै उनले भने, ‘मस्त निद्रामा रहेका बेला फोन आउँछ, रगत चाहियो, पत्ता लगाइदिनुपर्‍यो भन्छन्। राति नै मोबाइलबाट रक्तदाताहरूको समूहमा ब्लड ग्रुप सर्च गर्छु, फोन गर्छु ।’ तत्कालीन सेती अञ्चल अस्पतालका एक कर्मचारीले सुत्केरीलाई रगत चाहियो भनेपछि राति ३ बजे गएर रक्तदान गरेको उनी सम्झन्छन्। ‘रक्तदान गर्दा जीवन दान गरेजस्तो लाग्छ,’ उनले भने, ‘रगत दिने समय पुगेपछि दान गरिहाल्छु। आफूले रगत दिन नमिले अरू साथीलाई खोजेर दिन लगाउँछु ।’ रगत दिएर वा रगतको जोहो गरिदिएर बाँचेका बिरामी तथा उनीहरूका आफन्त भेट्न आउँदा खुसी लाग्ने उनी बताउँछन्।

‘रक्तदान गरेकै कारण धेरैजना साथी बनेका छन्,’ उनले भने, ‘जहाँ जाँदा पनि हजुरले रक्तदान गरेको या जोहो गरिदिएको भन्दै रगतग्राहीले खुसी व्यक्त गर्छन् । त्यसैमा आनन्द आउँछ।’ सरकारले पर्याप्त ब्लड बैंक स्थापना नगर्दा बिरामीलाई समस्या पर्दा चारैतिर धाउनुपर्ने/खोज्नुपर्ने बाध्यता रहेको उनले बताए। यसकारण पनि दीपकलाई सम्झनेहरू बढिरहेका छन् । ‘रगत चाहियो, दीपक सर खै’ भन्दै फोन आउने गरेको उनले बताए।

सबैभन्दा बढी सुत्केरी, दुर्घटनाका घाइते र सिकलसेल एनिमियाका बिरामीका लागि रगत चाहियो भन्दै फोन आउने गरेको उनी बताउँछन्। ‘यिनै बिरामीका लागि मैले सबैभन्दा बढी रगत दान गरेको छु, जोहो पनि गरिदिएको छु,’ उनले भने। उनलाई धनगढीमा मात्रै नभई नेपालगन्ज, काठमाडौं र चितवनबाट पनि रगतका लागि फोन आउँछ। सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौं, चितवन, नेपालगन्ज पुगेका बिरामी तथा आफन्तले पनि रगतका लागि दीपकलाई सम्झन्छन्। दीपकले सोही ठाउँका रक्तदाता खोजेर सम्पर्कमा ल्याइदिन्छन्। ‘हामी देशभरका रक्तदाता सञ्जालमार्फत जोडिएका छौं,’ उनले भने, ‘जुनसुकै ठाउँमा पनि बिरामीलाई रगत चाहिएमा नेटवर्कद्वारा रक्तदाता खोजेर रगतको जोहो गरिहाल्छौं।’

विज्ञानले धेरै कुरा बनाउन सक्दा पनि रगत बनाउन नसकेको बताउँदै उनले भने, ‘रगतको विकल्प रगत मात्रै हो, रगत जोगाउनु र अरूलाई दिनु नै सबैभन्दा राम्रो कुरा हो ।’ सुदूरपश्चिमका ९ जिल्लाका लागि कैलालीको धनगढी र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा मात्रै ब्लड बैंक छ । पहाडी जिल्लामा रगत संकलन केन्द्र नै छैन।

सुदूरपश्चिममा सबैभन्दा धेरैपटक रक्तदान गर्ने दीपक हुन्। डेढ वर्षअघि नेपाल रेडक्रस सोसाइटी धनगढीले दीपकले रक्तदान गरेको एक सयपटक पुगेको सम्मानपत्र प्रदान गरेको थियो। त्यसपछि पनि उनले ६ पटक रक्तदान गरिसकेका छन्। दीपक रक्तदानका एक अभियन्ता भएको सुदूरपश्चिम प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्त बताउँछन्। ‘दीपकले रक्तदानका लागि सामाजिकीकरण गर्न ठुलो योगदान पुर्‍याउनुभएको छ,’ उनले भने, ‘उहाँलाई हामी रक्तदाता अभियन्ताका रूपमा चिन्छौं।’ दीपकले विद्यालय तथा कलेजमा पुगेर रक्तदान गर्न विद्यार्थीलाई उत्प्रेरणा तथा यसको महत्वबारे जानकारी दिइरहन्छन्। 

अहिले धनगढीमा दैनिक ४० देखि ६० पिन्ट रगत आवश्यक पर्छ। धनगढीमै प्रादेशिक अस्पतालसँगै निजी अस्पताल खुल्नु र ठुलठुला शल्यक्रिया पनि हुनुले रगतको माग पहिलेको तुलनामा बढेको उनी बताउँछन्। ‘अहिले रगतको माग बढेको छ तर त्यही अनुपातमा रक्तदाता बढेका छैनन्।’ बिरामीका आफन्तले आफूले रगत दिन मिल्ने भए पनि नदिएरै बाहिर खोज्ने गरेको अनुभव उनीसँग छ।  

दीपकले बिरामीका आफन्तलाई नैै रगत खोज्न सहज हुनेगरी एउटा प्रविधिको विकास गर्न आफू लागिपरेको बताए । यसका लागि मोबाइल एप्स बनाउन लागेको उनले बताए। धनगढीमा रक्तदानबारे सचेतना फैलाउने उद्देश्यले दीपकले औपचारिक अभियान थालेका छन्। कैलालीबाट सुरु भएको रक्तदानसम्बन्धी जानकारीमूलक अभियान सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रत्येक पालिकासम्म पु¥याउने दीपक बताउँछन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस