छोराको दीर्घायुका लागि कुशको पूजा गरी तराई मधेसमा मनाइयो तीन छठ्ठी पर्व
०९ भदौ २०८१
•
२ मिनेट पाठ
छोराको दीर्घायुका लागि कुशको पूजा गरी तराई मधेसमा मनाइयो तीन छठ्ठी पर्व
आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरूले आइतबार तराई मधेस सहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी ( हल ) पर्व मनाएका छन्।




आफ्ना सन्तान र श्रीमानको लामो आयुको  कामना गर्दै उनीहरुले हर्षोल्लासका साथ सो  पर्व मनाएका हुन।

पूजाका लागि चाहिने महुवाको पात र कुश लिनका लागि तिलौराकोट नजिकै रहेको जलमा भीड लागेको थियो। विशेष गरी कुशको पूजा गर्नका लागि व्रतालु महिलाहरु तौलिहवा स्थित प्रहरी कार्यालय बाहिर र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहर लगायत कुश भएका विभिन्न स्थानमा पुगेका थिए। त्यहाँ भक्तजनहरूको भीड लागेको थियो। कतिपय भने आफनै घरमा पूजा गरेका थिए। भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड उनीहरुले व्रत र पूजा पाठ गर्ने गर्दछन्।

उम्रेको कुशको पूजा गर्न भक्तजन महिलाको भीड लागेको थियो। पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनलेले दाँत माझ्ने चलन छ। सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी व्रत,पूजापाठ र भजन कीर्तन गरी तीन छठ्ठी  पर्व मनाउने गर्दछन्। छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको सभावति पाण्डेयले बताईन।  आफ्नी  देउरानीसँग पूजा गर्न प्रहरी कार्यालयका परिसरमा पुगेकी उनले ३ छठ्ठी माताको व्रत बस्ने परिवार कै फलिफाप हुने विश्वास व्यक्त गरिन।

उपवास सके पछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको चामल) जङ्गली धानको चामलको भात र साग खाएर महिलाहरूले व्रत गर्ने गर्दछन्। व्रतका बेला कुश सँगै देवीहरूको मन्दिर पूजाआजा गर्ने प्रचलन छ। पूजाका लागी चिनी नहालेको दही, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ।

व्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई गर्ने गरिन्छ। कुशको पूजा गरी त्यसमा ६ वटा गाँठो बाँध्ने गरिन्छ कुशको सामूहिक पूजा सकिए पछि महिलाहरूले समूह बनाएर तीन छठ्ठी  पर्वको कथा समेत सुनाउने गर्दछन्। एक दशक तीन छठ्ठी पर्व मान्ने महिलाहरूको संख्या बढ्दै गएको कपिलवस्तु नगरपालिका– २ जमुहार टोल की अनिता त्रिपाठीले बताईन।

भदौ षष्ठिका दिन बलरामको जन्म दिन परेकोले उनैका पूजाआजा गरी सन्तान र श्रीमानको दीर्घायुको कामनाका लागि यो पर्व मनाउने चलन रही आएको भक्तजनहरु बताउँछन्। यो पर्वका बिषयमा विभिन्न ६ वटा कथाहरू रहेको भक्तजनहरु बताउँछन्।  बैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए। तर पोखरीमा पानी नआए पछि उनले आफ्नो नातिको बली दिए पश्चात् पोखरीमा पानी निस्किएको थियो। त्यस पछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाति जीवित भएको प्रसङ्ग जोडी यो व्रत गर्ने प्रचलन रही आएको छ।
अर्को समाचार
कसको तीज ? कस्तो तीज ?
२० भदौ २०८१
•
५ मिनेट पाठ
कसको तीज ? कस्तो तीज ?
हरेक पर्व मान्ने आफ्नै तरिका छन् र त्यसअनुरूपका गीत संगीत। तीजमा तिजे भाका हामीले बच्चादेखि सुन्दै आएकाले जति नै आधुनिक भाकाले त्यसलाई सिँगार्न खोजे पनि जहाँ मौलिकता छ त्यसमा मन बस्छ।




बर्सेनि तीजका भाका फेरिएर रिमिक्स र आधुनिक हुँदै गएको भान हुन्छ। पुराना मौलिक भाकाका नारी जातिले दुःख पाएका गीत मात्र हुन्छन् भन्ने धारणासँग पनि पूर्ण सहमत हुन सकिँदैन। किनकि गाउँमा आफ्नो आधा जीवन बिताएर, पानी पँधेरो, ढिकी जाँतो गरेर, हामीलाई पढाएर, हुर्काएर अहिले काठमाडौँ सहरमा बस्ने मेरी आमा पनि रेडियो र टेलिभिजनमा पुराना गीत बज्दा दंग मानेर सुन्नुहुन्छ। उहाँलाई अहिले अरू दिदीबहिनी तीजमा माइत जान पाउने आफूलाई भने सासूआमाले बिदा नदिने चिन्ता छैन तर त्यो बेलाको परिस्थितिले सिर्जना गरेको मौलिकता र यथार्थता आमालाई मन पर्छ।

परम्पराका नाममा रहेको नकारात्मक सोच भत्काउनु छ तर मौलिकतालाई परिवर्तन गरेर होइन, मौलिकता जोगाएर। अहंकारको होइन, संस्कृतिको जगेर्ना गर्नु छ। विरहसँग विरांगनाका कथा कोरिएका हुन्छन्, अहिले आफूमा विरह छैन भनेर त्यसको विरोध गर्नु जरुरी छैन।
नारी जातिले सधैँ दुःख पाउनुपर्छ भन्ने सोच होइन आमाको तर दुःखका दिन पनि थिए अब छैनन् भन्ने धन्यवादको भाव पनि छ जीवनसँग। परिवर्तनको स्वीकार भनेको विगतलाई चट्टै बिर्सनु पनि कहाँ हो र ? आफ्नो संस्कृतिलाई वर्तमान र विगतका ती विभिन्न कला, चलन, भाषा, साहित्य र विचारले प्रतिबिम्बित गर्दछ। आफ्नो संस्कार आफ्नासँग जोडिएको आत्मियता र मौलिकपनमा छिपेको हुन्छ जुन सजिलै परिवर्तन हुँदैन। तीजको भाका आधुनिक हुँदैमा नेपालीपन र पहिचान फेरिँदैन। व्यवहार र पहिरन फेरिँदैमा मौलिकता भुल्न सकिँदैन। मानव सभ्यताको विकासमा आफ्नो सम्पदा र पहिचान सँगै रहे मात्र रीतिरिवाज र परम्पराको महत्त्व वैज्ञानिक र व्यावहारिक दृष्टिले आत्मसात गर्न सकिन्छ।

परम्पराका नाममा रहेको नकारात्मक सोच भत्काउनु छ तर मौलिकतालाई परिवर्तन गरेर होइन, मौलिकता जोगाएर। अहंकारको होइन, संस्कृतिको जगेर्ना गर्नु छ। विरहसँग विरांगनाका कथा कोरिएका हुन्छन्, अहिले आफूमा विरह छैन भनेर त्यसको विरोध गर्नु जरुरी छैन। सोच र विचारसँग जीवनलाई जोडेर होइन कि जीवनमा कस्ता सोच र विचार कहाँबाट कसरी उत्पन्न हुन्छन् त्यसको कारण खोज्नु छ। किनकि जीवनलाई र जीवनका यथार्थतालाई स्वीकार्न नसक्नु तर्क र विरोधमा उत्रिनुको परिणाम हो। जीवन अंकगणितले चल्दैन न त संस्कृति र परम्परालाई अंकगणितमा ढालेर परिवर्तन गर्न सकिन्छ। परिवर्तनमा आएको अंकगणितलाई भने साक्षी भएर हेर्न सकिन्छ।

बिहे गरेका महिलाले शिवजीको आराधनामार्फत श्रीमान्को दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरू सज्जन, सुसंस्कृत श्रीमान् पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलनको किंबदन्ती भए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृति र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ यो संस्कृतिबाट। अर्कोतर्फ रंग हाम्रो शरीरमा तरंग/संवेदना उत्पन्न गर्ने महत्त्वपूर्ण पक्ष हो।
तीजका गीतमा नारीका दुःख र वेदनाका गीत मात्र होइन, भगवान्का प्रार्थना र समाज अनि सोच परिवर्तनका आवाज पनि हुन्छन्। सहरमा बस्नेको सोच र पहिरन परिवर्तन हुँदैमा समग्र संस्कृति परिवर्तन भयो भन्ने पनि हुँदैन। विगतको परिस्थितिलाई पितृसत्तासँग जोड्दैमा नारीहरूको सशक्तीकरणको मापन हुने पनि होइन।

पितृसत्ताका कारण छोरी पढाइएन भन्दा पनि त्यो समय जहाँ छोरी पढाउने वातावरण पनि थिएन। मेरी आमा भन्नुहुन्छ–बुबा महान्यायाधिवक्ता हुनुभयो तर मैले पढिन। मलाई स्कुल पठाउन नचाहेर होइन कि त्यतिबेलाको परिस्थिति त्यस्तै नै थियो। घर नजिक स्कुल थिएन। दाइहरू जस्तो घर बाहिर गएर डेरा गरेर पढ्न सक्ने वातावरण थिएन। मलाई आमाले घरमै अक्षर चिनाउनुभयो, किताब पढाउनुभयो। घरमै गुरुबा राखेर पढाउनु पनि भयो तर स्कुल कलेजको डिग्री हातमा भएन। त्यसमा कुनै दुःख छैन, म पढेको भए सचिव, मन्त्री हुन्थेँ भन्ने पनि छैन किनकि जुन परिस्थितिमा हामी हुर्कियौँ, पढ्यौँ, बढ्यौँ, बिहे दान भयो अर्कै खुसीको माहोल थियो। कुनै प्रतिस्पर्धा र खिचातानी थिएन। सहज, सरल र आनन्दको जीवन थियो। बुबाहरू घर बाहिरको व्यवहार हेर्नुहुन्थ्यो। आमाहरू घरभित्रको। कामको बाँडफाँट थियो, जिम्मेवारीको बाँडफाँट थियो। सुखको जीवन थियो।

व्यक्तिको समग्र विकास, नेतृत्व क्षमताको विकास, शारीरिक र मानसिक स्वस्थको स्वस्फूर्त विकासका लागि व्यक्तिगत आचरण र जीवनशैली कसरी विकास भएको छ त्यसमा ध्यान दिइनुपर्दछ।
आमाको समयको घास, दाउरा, पानी पँधेरो, मेलो पैँचो आफैंमा गृहस्थ र पारिवारिक सुखको माहोल थियो जुन आज पनि आमा हामीलाई बताउँदा खुसीको अनुभूति गर्नुहुन्छ।

अर्कोतर्फ, तीजको समयमा हाम्रा आमा, दिदी÷बहिनीहरूको उमंग, उहाँहरूको रंगीचंगी पहिरन र शृंगारबाट सजिलै अनुमान गर्न सकिन्छ। विशेषगरी रातो पहिरन, हातभरि राता चुराहरू, गलामा रातो पोतेहरू अनि सिउँदोमा रातो सिन्दुरमा सजिएका महिलाले आफ्नो सौभाग्यका रूपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ। बिहे गरेका महिलाले शिवजीको आराधनामार्फत श्रीमान्को दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरू सज्जन, सुसंस्कृत श्रीमान् पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलनको किंबदन्ती भए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृति र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ यो संस्कृतिबाट। अर्कोतर्फ रंग हाम्रो शरीरमा तरंग/संवेदना उत्पन्न गर्ने महत्त्वपूर्ण पक्ष हो।

हाम्रो धर्म, संस्कृति, आस्था र अनुशासन बाँकी रहे मात्र हाम्रा सन्तानले सही संस्कार सिक्न सक्ने हुँदा अबको पुस्ताका लागि हामी के संस्कार छाड्न चाहन्छौँ भन्नेतर्फ सबैको ध्यान जानु जरुरी हुन्छ।
भावनात्मक हुने र प्रार्थनामा डुब्न सक्ने स्वभाव पुरुषको कमै हुने हुँदाा महिलाहरू यस क्षेत्रमा अगाडि देखिएका हुन सक्छन् अन्यथा महिलाले नै व्रत बसिदिनुपर्ने भन्ने बाध्यात्मक अवस्था भने होइन। व्यक्तित्व विकासको सवाल र सहअस्तित्वमा महिला र पुरुष भन्ने भेद हुँदैन। एउटा समाजको विकासमा त्यस समाजका महिला पुरुष सबैको आचरण र चेतनाले काम गरेको हुन्छ। व्यक्तिको समग्र विकास, नेतृत्व क्षमताको विकास, शारीरिक र मानसिक स्वस्थको स्वस्फूर्त विकासका लागि व्यक्तिगत आचरण र जीवनशैली कसरी विकास भएको छ त्यसमा ध्यान दिइनुपर्दछ।

एउटा व्यक्तिले पाउनुपर्ने असल संस्कार, शिक्षा, चेतना जागरणको निरन्तरता, जिम्मेवारीबोध र कर्तव्यपराणयता थाहा नभएको अर्थात् पहुँच नपुगेको व्यक्तिले न आवाज उठाउन सक्दछ न त समाजमा योगदान दिन नै। हाम्रो धर्म, संस्कृति, आस्था र अनुशासन बाँकी रहे मात्र हाम्रा सन्तानले सही संस्कार सिक्न सक्ने हुँदा अबको पुस्ताका लागि हामी के संस्कार छाड्न चाहन्छौँ भन्नेतर्फ सबैको ध्यान जानु जरुरी हुन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस