कपिलवस्तुको तौलिहवा स्थित बालगृहमा सामूहिक रक्षा बन्धन मनाइएको छ। सो अवसरमा बालगृहका ३२ बेसाहरा बालकहरूलाई २ दिदीहरूले राखी बाँधिदिएका थिए।यही बालगृहमा बसेर आफ्नो बाल्यकाल बिताएकी हाल प्युठान बस्दै आएकी टीका पुन मगर र बालगृहकी कर्मचारी कविता थारुले उनीहरूलाई राखी बाँधेर आसिस दिएका थिए ।
सो अवसरमा बालकहरूलाई टीका लगाएर प्रसाद समेत वितरण गरिएको थियो । बालगृहका भाइहरूलाई रक्षा बन्धनको अवसरमा राखी बाँध्न पाएकोमा खुसी लागेको दुवैले बताए । ‘ यही बाल गृहमा हुर्केकी थिए अहिले प्युठान बस्दै आएकी छु तर बालगृहका भाइहरू आफनै साख्यै जस्तो लाग्छ ’ पुनले भनिन । ७ वर्ष जति यही बालगृहमा बिताएर अहिले प्युठानमा अहेबको काम गर्दै आएकी पुनले बालगृहका सबै बालबालिका आफनै भाइ जस्तो लाग्ने बताईन । उता अर्की दिदी कविताले समेत आफूले बालगृहका भाइहरूलाई आफनै भाइ जस्तो मानेको बताईन ।
उनीहरूलाई राखी बाँधेर खुसी साटन पाउँदा निकै रमाइलो लागेको उनले बताईन । बालगृहका प्रबन्धक रामप्रसाद अर्यालले बालगृहमा सामूहिक रक्षा बन्धन कार्यक्रम गरिए पछि बालकहरू धेरै खुसी भएको बताए । नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले बेसाहारा बालकले समेत दिदीहरूबाट टिका र आशिष पाउँदा मुहारमा खुसीयाली छाएको बताए ।
बालगृहका बालकहरूले दुई दिदीहरूले आफ्नो हातमा रक्षा बन्धन बाँध्दै आषिष दिँदा निकै खुसी लागेको बताए । बालगृहमा बसेर अहिले बिभिन्न पेसामा लागका २ युवाहरूलाई समेत बालगृहमा दुई दिदीहरूले रक्षा बन्धन बाधेका थिए । यस्तै ब्रम्हाक्मारी ईश्वरीय विद्यालयले समेत तौलिहवा स्थित बाल गृहमा समेत रक्षा बन्धनमा कार्यक्रम गरेको थियो । सञ्चालिका राजुमारीले बालगृहका बेसाहारा बालकहरूलाई राखी बाधेकी थिइन ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...