कञ्चनजङ्घा आधार शिविर जाने प्रमुख पर्यटकीय मार्गको इलिफुक भन्ने ठाउँमा गएको पहिरोले घुन्साखोला माथिको झोलुङ्गे पुल र बाटो क्षतविक्षत बनाएपछि घुन्सा र आधार शिविरतर्फ जाने पदमार्ग अवरुद्ध भएको छ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्व कार्यालय सचिव तथा स्थानीय तेञ्जिङ वालुङ शेर्पाका अनुसार पहिरोले पुरेको पुरानो पदमार्ग नबनाएसम्म तत्कालै घुन्सातर्फ जान सकिदैंन।
कञ्चनजङ्घा आधार शिविर पाङपेमा घुन्सा हुँदै जाने गरिन्छ। शेर्पाका अनुसार पहिरोले फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेप सेकाथुमका थाक्चे शेर्पाले होटेल तथा पसल सञ्चालन गर्दै आएका दुईवटा घर पनि पुरेको छ। पहिरोले करिब ६ मन जति फल्ने अलैँची बारी समेत पहिरोले बगाएको शेर्पाले जानकारी दिए।