विगत वर्षहरूमा सहेर बस्न बाध्य महिलाहरू अहिले भने आफूमाथि भएको घरेलु हिंसा बाहिर ल्याउन थालेका छन्। पति, सासू, ससुरालगायतबाट हिंसामा परेको उनीहरू अहिले भने न्यायका लागि बाहिर आउन थालेका हुन्। घरमा सीमित हुने घरेलु हिंसा बाहिर आए पनि जिल्लामा भने अधिकांश मुद्दा मिलापत्रमा समाधान गर्ने गरिएको छ।
जिल्ला प्रहरी कार्यालकाय महिला तथा बालबालिका सेलअनुसार कपिलवस्तुमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमा समाधान गर्ने गरिएको छ। उजुरी परेका ९५ प्रतिशत मुद्दाको छिनोफानो मिलापत्रमा गर्ने गरिएको हो।
खानबस्न नदिएको, गालीगलौज गरिएको, कुटपिट, झैझडा, विवाह दर्ता नगराएकोलगायत विषयमा उजुरी पर्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा कुल तीन सय ४७ महिला हिंसाका उजुरी परेका छन्।
जसममध्ये तीन सय १२ वटा मिलापत्र गरी समाधान गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए। घरायसी झगडा एक सय ६६, खान बस्न नदिएको ९१, कुटपिट तथा घाउ केस फाराम चार, विवाह दर्ता र नागरिकता नदिएको आठ, मादक पदार्थ सेवन गरी गालीगलौज गरेको ५५, पत्नी माइत गई बसेको १९, पैतृक सम्पत्ति विवादमा चार उजुरी परेको थिए। २४ वटा मिल्न नसेको मुद्दा भने अदालत गएको र बाँकी ११ रहेको ओलीले बताए।
आर्थिक वर्ष २०७९/८० मा तीन सय ५२ वटा परेको उजुरीमध्ये तीन सय २१ मिलापत्र र ३१ अदालत गएको तथा आर्थिक वर्ष २०७८/७९ मा तीन सय ५० उजुरी मध्ये १८ वटा अदालत गएको बाँकी सबै मिलापत्र गरिएको थियो।
प्रहरी र सरोकारवाला संघ संस्थाको पहलमा महिला माथी हुने अनेक प्रकारका हिंसा र दुव्र्यवहारका गुनासो र समस्याहरू समाधान हुने गरेको ओलीले बताए। सक्दो प्रयास गर्दा पनि नमिल्ने उजुरी मात्र अदालतसम्म पुग्ने गरेको उनले बताए।
हरेक वर्र्ष यस्ता गुनासो र उजुरीको संख्या बढदै गए पनि महिलाहरूको हकअधिकारका लागि क्रियाशील संघसंस्थाबीचको समन्वय र सक्रियतामा समाधान हुने गरेको छ। संघसंस्थाले मिलाउन नसके प्रहरीको सहयोगमा यस्ता समस्या समाधान हुने गरेको छ।
हिंसा र दुव्र्यवहारका उजुरी बढे पनि ९० प्रतिशत समस्या अदालतसम्म नपुगी समाधान गरिएको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलले देखाएको छ। घरेलु हिंसाका निवेदन मिलापत्रमै टुंगिने गरेको र पीडितहरू अदातल जान नचाहेकाले मिलापत्रको माग आउने गरेका प्रहरी नायब उपरीक्षक ओलीले बताए।
अरूभन्दा महिलाका समस्यालाई प्राथमिकता दिई समाधान गर्ने गरेको जिल्ला प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। घर सम्हाल्ने र चलाउने महिला नै अन्यायमा परे घरपरिवार बिग्रने हुँदा समाजलाई नराम्रो असर पर्ने भएकाले प्राथमिकता दिई काम गर्ने उनले बताए।
विभिन्न कारणले पीडित महिलाहरू अहिले खुलेर आफ्नो समस्या बाहिर ल्याउन थालेपछि न्याय पाउन थालेको महिला अधिकारका क्षेत्रमा क्रियाशील साथी संस्थाकी संयोजक बिमला घिमिरेले बताइन्। ‘हामी आफैं पनि पहिले संस्थामै परिवारलाई बोलाएर छलफल गर्छौं, यहाँ नभए प्रहरीमा लैजाने गर्छौं,’ उनले भनिन्।
प्रहरीमा पुग्दासम्म धेरै समस्या समाधान हुने उनले बताइन्। जटिल र पुग्नुपर्ने मुद्दा मात्र अदालत लाने गरिन्छ। ‘हिंसा पीडित महिलाहरू उजुरी गर्छन् तर कारबाही प्रक्रिया अघि बढाउन खोजिए आफैं मिलापत्रका लागि अग्रसर हुन्छन्,’ प्रहरी उपरीक्षक पौडेलले भने, ‘पीडित आफैं पछि हटेपछि उनीहरूकै मागबमोजिम घटनाहरू मिलापत्र हुने गरेका छन्।
अदालती प्रक्रिया लामो मात्र नभई फैसलापछि परिवार मिलेर बस्ने अवस्था नहुने हुँदा पनि मिलापत्रमै जोड दिने साथी संस्थाकी विमला घिमिरेले बताइन्। महिलाहरू सचेतना र हिंसा गर्नेलाई कानुनी कारबाही हुने हुँदा पनि हिंसाका घटना अदालतसम्म पुग्दैनन्। जिल्लामा महिला पैरवी मञ्च, अन्तरपार्टी महिला सञ्जाल, लैंगिक हिंसाविरुद्ध निगरानी समिति घरेलु तथा महिला हिंसाविरुद्ध क्रियाशील छन्।