पाँच वर्षमा मूल्य वृद्धि उच्च, ज्याला वृद्धि सुस्त
२४ साउन २०८१
•
३ मिनेट पाठ
पाँच वर्षमा मूल्य वृद्धि उच्च, ज्याला वृद्धि सुस्त
दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरू। तस्बिर: गणेश/नागरिक
पछिल्लो पाँच वर्षयता तुलनात्मक रुपमा दैनिक भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि सबै थोकको मूल्य वृद्धि उच्च छ। यो बीचमा ५० देखि शतप्रतिशत मूल्य वृद्धि भएको देखिन्छ। केहीमा त झन् दोब्बर मूल्य वृद्धिको मारमा उपभोक्ता छन्।




तर, दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने सामान्य मजदुरको ज्याला भने महँगीसँग प्रतिस्पर्धा गर्ने गरी वृद्धि भएको छैन। ज्याला सुस्त सुस्त वृद्धि भएको देखिन्छ। बजारसँग सुहाउँदो ज्याला नबढ्दा मजदुरलाई महँगीसँग ठूलो सामान गर्नु परेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा लागु हुने दैनिक ज्याला दररेट अनुसार पछिल्लो पाँच वर्षमा सक्ने गरी ज्याला दुई सय ५० रुपैयाँ मात्र वृद्धि भएको छ। आजभन्दा पाँच वर्षअघि ज्यामी कुल्लीको प्रतिदिन पाँच सय २५ रुपैयाँ थियो। चालु आर्थिक वर्षका लागि यसबाट बढाएर सात सय ५० रुपैयाँ पुर्‍याइएको छ।

२०७८/०७९ मा ६५ रुपैयाँ बढाएर पाँच सय ९० रुपैयाँ बढाइएको थियो भने २०७९/०८० मा त्यसबाट बढाएर ६ सय २६ रुपैयाँसम्म पुर्‍याइएको थियो। २०८०/०८१ मा ५९ रुपैयाँ मात्र वृद्धि भई दैनिक ज्याला ६ सय ८५ रुपैयाँ पुगेको थियो। अघिल्लो आर्थिक वर्षभन्दा यस वर्ष ६५ रुपैयाँ मात्र ज्याला बढेको छ। अर्थात् यो आर्थिक वर्षमा ज्यामी, कुल्लीको ज्याला सात सय ५० रुपैयाँ पुगेको छ।

डकर्मीको पाँच वर्ष अघिभन्दा अहिले तीन सय रुपैयाँले ज्याला बढेको छ। २०७७/०७८ मा सात सय ५० रुपैयाँ कायम गरिएको भाडा यस आर्थिक वर्षमा एक हजार ५० रुपैयाँ दररेट कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार डकर्मीको एक हजार ५० र अर्धदक्ष कामदारको नौ सय ५० ज्याला कायम गरिएको छ।

महँगीले सामान्य ज्याला मजदुरी गरेर खाने वर्गको चुलो बल्न धौधौ छ। भान्सामा प्रयोग हुने सबैजसो खाद्यवस्तुको मूल्य वृद्धि उच्च हुँदा कायम भएको ज्याला दरले दैनिकी चलाउन हम्मे-हम्मे हुने मजदुरहरुको भनाइ छ।

सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले ज्याला वृद्धि गर्ने गर्छ।

योसँगै जिल्ला प्रशासन कार्यालयले स्थानीय तथा आधारभूत निर्माण सामग्री, सामान ढुवानी/मेसिन उपकरण भाडा, फलामजन्यलगायत निर्माण सामाग्रीको पनि दररेट निर्धारण गरेको छ।

नेपाल सरकारले श्रमिकलाई निर्धारण गरेको न्यूनतम दररेट कायम गरेर जिल्लामा ज्यालाको नयाँ दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

केहीको दर पुरानै कायम गरिएको र आवश्यकता अनुसार केहीको भने बढाइएको छ। यता श्रमिकले भने उक्त दरप्रति गुनासो गरेका छन्। बजारको महँगीसँग प्रतिस्पर्धा गर्ने गरी ज्याला कायम नभएको उनीहरुको भनाइ छ।

सामान्य ज्यालादारी काम गरी खाने वर्गको ढाड सेक्ने गरी बजारको मूल्य वृद्धिलाई ख्याल गरी ज्याला कायम गरिनु पर्ने ज्यालादारी काम गर्ने सावित्री चौधरीले बताइन्। ‘यस ज्यालाले कसरी परिवार चलाउने,’ उनले भनिन्, ‘हाम्रो पसिनाको मूल्य बुझिएन।’ बजार बढ्ने महँगीअनुसार ज्यामीको ज्याला वृद्धि गर्ने पर्ने उनको भनाइ छ।

सामानको मूल्य अकासिँदा आफ्नो भने दैनिक गुजारा चलाउन सक्ने गरी ज्याला नबढेको श्रमिकको भनाइ छ। बजारको महँगी धान्न सक्ने गरी ज्याला कायम भएको भए आफूहरूको भावना समेटिने उनीहरू बताउँछन्।

अहिले पाइरहेको भन्दा कम ज्याला कायम गरिएको श्रमिकको भनाइ छ। ‘अहिले दैनिक एक हजार दुई सय रुपैयाँ ज्याला पाउँदै आएको छु,’ पिप्रहवाका राजकुमार गुप्ताले भने, ‘ज्याला बढ्लाभन्दा अझ कम भयो।’ गत वर्षको भन्दा थोरै दर बढे पनि श्रमिकले पाइरहेको बराबर नभएको उनको भनाइ छ।

अहिले पाइरहेको भन्दा केही बढेको भए आफ्नो भावना सम्बोधन हुने गोद्र गुप्ताले बताए। अहिले दैनिक एक हजार रुपैयाँ ज्याला पाइरहेको उनको भनाइ छ।

‘महिनाभरि काम हुँदैन,’ उनले भने, ‘महिनामा १० दिन काम गर्ने र स्थानीय प्रशासनले निर्धारण गरेको दररेटअनुसार ज्याला लिँदा कसरी बाँच्नु।’ यसले आफूलाई खानसमेत नपुग्ने उनी बताउँछन्।

सरकारले श्रमिकको ज्याला समयानुकूल वृद्धि गर्नुपर्ने भन्दै उनले थपे, ‘अहिले मासिक १५ हजारले कसको जीविका चल्छ।’ अहिलेको दररेटले छोराछोरीको शिक्षादीक्षा, परिवारको औषधि उपचार गर्नै मुस्किल हुने उनको भनाइ छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
५४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस