इलाममा राष्ट्रिय परिचयपत्र बनाउन सास्ती
२१ साउन २०८१
•
४ मिनेट पाठ
इलाममा राष्ट्रिय परिचयपत्र बनाउन सास्ती
सरकारी सेवा लिन अनिवार्य गरिने राष्ट्रिय परिचयपत्र बनाउन इलाममा भिड बढेको छ। जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सयभन्दा बढीले परिचयपत्रका लागि तस्बिर खिचाउँदै आवेदन दिइरहेका छन् भने परिचयपत्र लिन आउनेको संख्या पनि बाक्लिँदैछ। सरकारले आउँदो माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि प्रशासनमा सेवाग्राहीको चाप बढेको हो।




विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक राष्ट्रिय परिचपत्र बनाउन आइरहेका छन्। तर, तत्काललाई सामाजिक सुरक्षा भत्ता लिन चाहिँ यो परिचयपत्र अनिवार्य नगर्ने निर्णय सरकारले गरेको छ। परिचयपत्र बनाउन बिहान ९ बजेदेखि नै प्रशासनमा सेवाग्राहीको लाइन बसिसकेको हुन्छ। सेवाग्राहीको काम सुरु भएपछि कार्यालयको ‘सर्भर डाउन’ भएर कतिपय दिन घन्टौंसम्म पर्खिनुपर्ने बाध्यता छ। निकैबेर लाइन बसेपछि पनि प्राविधिक समस्या आइलाग्दा सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको बताएका छन्।

रोङ गाउँपालिकाबाट सेवा लिन आएका मोहन अर्यालले सेवा लिनेको ठूलो भिड हुँदा पनि सेवा दिने प्राविधिक इकाई एक–दुईवटामात्रै हुनु कार्यालयको कमजोरी रहेको गुनासो गरे। ‘सेवाग्राहीको यत्रो भिड छ, नयाँ परिचयपत्र बनाउने र बनिसकेको परिचयपत्र एकै टेबलबाट बाँड्ने कामले सेवा झन्झटिलो भएको रहेछ,’ उनले भने, ‘सेवाग्राहीको संख्या धेरै भएपछि सेवा दिने ठाउँ चाहिँ किन नबढाइएको होला ?’

७० वर्षभन्दा माथिका कतिपय नागरिकले समेत अहिले यहाँको सेवा लिन घन्टौं कुर्नुपरिरहेको बताएका छन्। ‘निकैबेर पर्खेर बसिसकियो, फोटो खिचाउने पालो आएन,’ ज्येष्ठ नागरिक यामप्रसाद चापागाईंले गुनासो गरे, ‘कम्प्युटरमा सेवा छैन रे, अनलाइन भएन भनेर पर्खिएको पर्खे छौं ।’

सेवाग्राहीको भिड र दबाब बढेपछि सेवा दिन बसेका केही कर्मचारीलाई समेत समस्या भएको छ। ‘भिड थामिनसक्नु भएका बेला सर्भर गइदिएर समस्या बढाइदियो,’ आइतबार दिउँसो एक कर्मचारीले बताए, ‘हामीलाई पनि सबैलाई चाँडै सेवा दिउँ भन्ने त लाग्छ तर प्राविधिक समस्या भएपछि के गर्न सकिन्छ र रु कतिपय काम अफ लाइन गरेर भएपनि सेवा छिटो दिने प्रयास गरिरहेका छौं ।’

कार्यालयसम्म आएका सेवाग्राहीलाई राति ७ बजेसम्म बसेर भएपनि सेवा दिइरहेको सहायक सिडिओ महेशराज तिम्सिनाले बताए। ‘आएर लाइन बसिसकेका सेवाग्राहीलाई हामी राति ७–८ बजेसम्म भएपनि काम सकेरै बिदा दिइरहेका छौं,’ उनले भने, ‘सर्भरको प्राविधिक समस्या चाहिँ हाम्रो बसमा छैन, माथिबाटै समाधान भएर आउँदामात्रै सेवा दिन मिल्नेखालको छ।’

राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीले अनलाइन फाराम भराउनुपर्छ। त्यसपछि फोटो खिचाउनुपर्छ र आफ्नो फाराम रुजु गराउनुपर्छ। यसअघि नै बनेर आइसकेको परिचयपत्र लिन पनि सम्बन्धित व्यक्ति आफैं कार्यालय आएर बायोमेट्रिक (औंठा छाप सहितको विवरण) दिनुपर्छ। यी दुवै सेवा एकै ठाउँबाट दिनुपर्ने भएपछि कार्यालयमा भिड बढेको हो।

सहायक सिडिओ तिम्सिनाले कार्यालयमा अहिले दुई सेन्टरबाट राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने व्यवस्था मिलाइएको जानकारी दिए। ‘सुरुमा त एउटा मात्रै सेन्टर थियो, भिड बढेकै कारण दुई ठाउँबाट सेवा दिने तयारी छ,’ उनले भने, ‘अरू सेन्टर थप्न प्राविधिक समस्या छ, तालिमप्राप्त जनशक्ति छैन, यो सर्भर अहिले धेरै सेन्टरमा बढाउन पनि मिल्नेखालको छैन।’

उनले अहिले पनि परिचयपत्रका लागि प्राविधिक जनशक्ति केन्द्रबाटै व्यवस्था गरिएको बताए ‘सेवाग्राहीले पाइरहेको दुःख हामीले देखेका छौं तर विभिन्न कठिनाइ भएकाले सेवा लिन केही समस्या  परेको छ,’ उनले भने, ‘तर, सकेसम्म सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा दिने प्रयासमा छौं।’  

आइतबार केही घन्टा सर्भर डाउन भएपछि सिडिओ कल्पना श्रेष्ठ आफैं राष्ट्रिय परिचयपत्र वितरण गरिने फाँटमा पुगेर चासो गरेकी थिइन्। उनले किन लामो समयसम्म सर्भर नचलेको हो ?  किन सेवाग्राहीले धेरै समय पर्खिनुपरिरहेको छ रु भन्दै कर्मचारीसँग सोधपुछ गरी सेवाग्राहीलाई सम्झाउने प्रयास गरेकी थिइन्।  

सेवा केन्द्र थप्ने योजना जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेपछि प्रशासनले जिल्लाका दुई पालिकामा सेवा केन्द्र विस्तार गर्नेगरी योजना अघि बढाएको छ। सम्बन्धित पालिकाको आर्थिक र गृह मन्त्रालयको प्राविधिक सहयोगमा अहिलेलाई पूर्वी क्षेत्रका लागि सूर्योदय नगरपालिकाको फिक्कल र पश्चिमी क्षेत्रका लागि देउमाई नगरपालिकाको मंगलबारेमा सेवा केन्द्र स्थापना गर्न पहल गरेको प्रशासनले जनाएको छ।

सहायक सिडिओ तिम्सिनाले भदौदेखि सेवा दिनेगरी ती स्थानमा सेवाकेन्द्र राख्न स्थानीय तहसँग समन्वय भएको उनले जनाए। ‘हुन त यी केन्द्र सबै पालिकामा राख्नुपर्ने हो तर तत्काललाई जहाँ सम्भव हुन्छ, त्यहाँ सेवा सुरु गर्ने तयारी हुँदैछ,’ उनले भने, ‘परिचयपत्रका लागि सुरुमा फाराम भराउन, फोटो खिचाउनमात्र होइन, बनेको परिचयपत्र लिनसमेत बायोमेट्रिक गर्नुपर्ने भएकाले अब पालिका–पालिकाबाट सेवा नदिए सेवाग्राहीले निकै दुःख पाउँछन्।’ जिल्लाका अरू पालिकासँग पनि यसबारे छलफल चलेको उनको भनाइ छ।  

३५ हजार तयारी परिचयपत्र थन्किए  

जिल्ला प्रशासन कार्यालयमा अहिले बनेर आइसकेका ३५ हजार राष्ट्रिय परिचयपत्र भनेर थन्किएर बसेका छन्। परिचयपत्र बनाउन आउने र बनेको परिचयपत्र लिन नआउने समस्याले ती परिचपत्रको रास लागेको प्रशासनले जनाएको छ। ‘परिचयपत्र बनाउन आउनेले बनेको परिचयपत्र लिन नआउँदा कार्यालयमै थुप्रो लागेको छ,’ सहायक सिडिओ तिम्सिनाले भने, ‘परिचयपत्र बनेको आएपछि हामी सूचना पनि गर्छौं तर सेवाग्राही लिन नै आउनुभएन, परिचयपत्र लिनेको संख्या चाहिँ दिनहुँ थोरै नै हुने गरेको छ।’ 
अर्को समाचार
राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतको तीन बुँदे आदेश
१८ माघ २०८१
•
२ मिनेट पाठ
राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतको तीन बुँदे आदेश
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धमा तीन बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । 




प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले गरेको रिट खारेजसम्बन्धी फैसलाको पूर्णपाठ सर्वोच्चले शुक्रबार सार्वजनिक गरेको हो । सर्वोच्चले व्यक्तिको सूचनामा पहुँच दिने कुरामा ख्याल गर्नेसहित तीन बुँदामा सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।  

तीन बुँदे आदेशः 

१, राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाह गर्ने कार्यमा थप प्रभावकारिता ल्याउने कार्य गर्न, नागरिकका वासस्थान नजिकको बिन्दुमा पुगी नेपाली नागरिकतासमेतका आधारमा नागरिकका व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरणको कार्य यथाशीघ्र सम्पन्न गरी राष्ट्रिय परिचयपत्र नभएकै कारणले सार्वजनिक सेवा प्रवाहमा व्यहोर्नु परेको झन्झट, असहजता र कठिनाइको अन्त्य गर्नू ।

२, सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा इकाई खडा गरी कार्य गर्नू ।

३, राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिका सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्ने तथा व्यक्तिका विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षण गरी राख्ने कुराको प्रत्याभूतिका लागि जो गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत प्रबन्धको विकास समेत गर्नू गराउनू ।

अधिवक्ता रामबहादुर राउतसहितले राष्ट्रिय परिचयपत्रविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले भ्याकेटको निवेदन दर्ता गराएको थियो । उक्त भ्याकेटसहित सबै रिटलाई एकै ठाउँमा राख्दै सर्वोच्चले गत माघ ६ गते रिट खारेज हुने फैसला गरेको थियो । त्यसको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको हो । 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस