भिर छिचोल्न डोरीको सहारा
१६ साउन २०८१
•
३ मिनेट पाठ
भिर छिचोल्न डोरीको सहारा
तल उर्लंदो सानी भेरी। माथि तारे भिर। तिनलाई छिचोल्न ज्यानै जोखिममा राख्नुपर्ने बाध्यतामा छन्, रुकुम–पूर्वका तीनवटा पालिकाका बासिन्दा। सिस्ने गाउँपालिका–१ सिस्ने र वडा २ प्वाङ तथा पुथा उत्तरगंगा गाउँपालिका–७, ८ र १४ का नागरिकलाई आवतजावतका लागि ज्यानै जोखिममा राख्नुपर्ने बाध्यता आइपरेको हो। 




पुथा उत्तरगंगा-१४ भालु खाप्चे भिरमा एक साताअघि माथिबाट खसेको ढुंगाले बाटो भत्काउँदा आसपासका नागरिकहरू आवतजावतका क्रममा सास्ती खेप्न बाध्य भएका हुन्। सुन्दा अचम्म लाग्छ, भिर छिचोल्न डोरीमा झुन्डिनुपर्ने बाध्यता छ । त्यसका लागि स्थानीयले रूखमा डोरी बाँधेका छन्। त्यही डोरी समातेर तलमाथि गर्नुपर्ने स्थिति छ। 

जिल्ला सदरमुकाम रुकुमकोटसँग जोड्ने मुख्य बाटो नै त्यही भएको र विकल्प केही नहुँदा जोखिम मोलेर आउजाउ गर्नुपरेको सिस्ने–२ का बासिन्दा खडकबहादुर केसीले बताए । बाटो भत्किएपछि स्थानीयले बाध्यतामा परेर रूखमा डोरी बाँधेर आवतजावत गर्ने उपाय अपनाएको उनले सुनाए। सुरुमा तीन सय मिटरजति दुरी डोरीमा झुन्डिएर तलमाथि गर्नुपथ्र्याे। 

अहिले १५–२० मिटरसम्मको भिर सकसपूर्ण ढंगले डोरीमा झुन्डिएर पार गर्नुपर्ने उनको भनाइ छ। ‘सदरमुकामसँग जोडिने बाटो भत्किएपछि कसैले चासो दिएन,’ उनले भने, ‘प्वाङका स्थानीयसँग मिलेर रूखमा डोरी बाँधेर जबर्जस्ती यात्रा गर्नेसम्म बनायौं।’ डगाउँलेहरू मिलेर  भत्किएको बाटो मर्मत गर्न थालिएको पनि उनले बताए।

सोमबार बिहान आएको पहिरोले बाटोमा थप क्षति पुर्‍याएको छ। स्थानीय र प्रदेश सरकारलाई यस विषयमा जानकारी दिँदा कुनै चासो नदेखाएको उनले बताए। सडक भत्किएपछि यस क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम रुकुमकोट आवतजावत गर्न कठिनाइ भएको हो।

भिरबाट लगातार पहिरो खस्दा केही दिन बाटो मर्मत गर्न नसकिने सिस्ने–२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए। पहिरो रोकिएपछि बाटो मर्मत गरिने उनले बताए। अहिले यहाँका नागरिकहरू डोरीको सहायताले झुन्डिएर घाँसका बुटा समाउँदै तलमाथि गरिराख्नुभएको छ,’ उनी भन्छन्, ‘यदि यहाँबाट कोही खस्यो भने सिधै सानीभेरी नदीमा मिसिन्छ, बाँच्ने आसै हुन्न।’

बाटो बिग्रिएकाले अत्यावश्यकबाहेकका कामका लागि कोही पनि नआएको उनले बताए। ‘माथि पहराबाट पानी चुहिन्छ। तल सानीभेरी सुसाउँदै बग्छ। डोरीमा झुन्डिएर यात्रा गर्न पनि गाह्रो छ,’ उनले भने। गाउँपालिकाले हुलाकीका लागि मात्र आवतजावत गर्नलाई डोरी सहयोग गरेको र बाटो मर्मतका लागि कामदारलाई ज्याला दिने सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए। 

‘यो बाटो आजभन्दा चार वर्षपहिले नै निर्माण हुने भनिए पनि कडा चट्टानका कारण अहिलेसम्म काम हुन सकेको छैन। कडा चट्टान फुटाउनलाई विस्फाटक पदार्थसमेत प्रयोग गरिएको थियो,’ उनले भने। त्यति गर्दा पनि चट्टान नफुट्दा यहाँ आएको पैसा फ्रिज भएको अध्यक्ष रेग्मीको भनाइ छ। ‘यसका लागि अहिले प्रदेश सरकारबाट ४० लाख रूपैयाँ आएको छ,’ उनले भने, ‘संघीय सरकारसँग पाँच करोड रूपैयाँ माग गरे पनि एक रूपैयाँ पनि विनियोजन भएन।’

स्थानीय सरकारसँग निश्चित स्रोतसाधन भएकाले काम गर्न केही चुनौती भएको उनी बताउँछन्। ‘हामीलाई संघीय सरकारले सौतेनी व्यवहार गर्‍यो। कहिलेसम्म हामी घाँसका बुट्टा समाउँदै डोरीमा झुन्डिएर यात्रा गर्ने ?’ उनले भने। प्रदेश र संघीय सांसद समस्या राख्दा बैठकको बहानामा पन्छिन खोजेको र यहाँका समस्यालाई वास्ता नगरेको उनको आरोप छ। ५० मिटर लम्बाइ र एक मिटर चौडाइ आरसिसीसहितको बाटो बनाउन पहल सुरु भएको उनको भनाइ छ। 

यसका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन्। लामो काठ राखेर ‘ट्यारु’ बनाएर आवतजावत गर्ने तयारी भएको छ। जिल्ला सदरमुकाम रुकुमकोटसँग जोडिने यस मार्गमा दैनिक सयौं मानिसको आवतजावत हुन्छ। अहिले यहाँको आवागमन प्रभावित भएको छ। जिल्ला सदरमुकामसँग जोडिन यहाँका बासिन्दालाई ज्यानै जोखिममा राखेर डोरीबाट झुन्डिएर यात्रा गर्ने र थप दुई घण्टा हिँड्नेबाहेक अरू केही विकल्प छैन।
अर्को समाचार
रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान
१९ भदौ २०८१
•
१ मिनेट पाठ
रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान
रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख रुपैयाँ अनुदान पाएका छन्। गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा अनुदान पाएका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको थियो।




यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए। फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए। करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख बताए।

बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए। फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले १५ लाख रुपैयाँ अनुदान पाएका उनले बताए।

खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन्।

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो। प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन्।-रासस
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस