तल उर्लिँदो सानीभेरी नदी। माथि तारे भिर। त्यही उर्लिँदो नदी र तारे भिरलाई छिचोल्न रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाका नागरिकलाई ज्यानै जोखिममा राख्नुपर्ने बाध्यता।
पुथा उत्तरगंगा गाउँपालिका–१४, भालु खाप्चे भिरमा आजभन्दा पाँच दिन अघि माथिबाट खसेको ढुंगाले बाटो भत्काउँदा यहाँका स्थानीय डोरीकाे साहायतमा झुन्डिएर आवतजावत गरिरहेका छन्।
सुन्दा अचम्म लाग्ला ! तर यो भिर छिचोल्न डोरीमा झुन्डिनु पर्ने बाध्यता छ। आवतजावतका लागि डोरीलाई रुखमा बाँधिएको छ। त्यही डोरीलाई समाएर तलमाथि गर्न यहाँकाे स्थानीय दैनिकी छ।
सिस्ने गाउँपालिका वडा नम्बर-१ सिस्ने, वडा नम्बर-२ प्वाङ र पुथा उत्तरगंगा गाउँपालिकाको ७, ८ र १४ नम्बरका वासीन्दालाई जिल्ला सदरमुकाम रुकुमकोटसँग जोड्ने मुख्य बाटो यही हो।
यही बाटो ढुंगा खसेर भत्किएपछि सदरमुकामसँग जोड्ने अन्य वैकल्पिक बाटो नभएको सिस्ने गाउँपालिका–२, प्वाङका स्थानीय खडकबहादुर केसीले बताए। बाटो भत्किएपछि स्थानीयले रुखमा डोरी बाँधी आवतजावत गर्ने वैकल्पिक जोखिमपूर्ण मार्ग बनाएका छन्।
सुरुमा करिब तीन सय मिटर जति डोरीमा झुन्डिएर तलमाथि गर्नुपथ्र्याे। अहिले करिब १५/२० मिटरसम्म सकसपूर्ण ढंगले डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने उनको भनाइ छ।
डोरीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण। तस्बिर: नागरिक‘सदरमुकामसँग जोडिने एक मात्र बाटो भत्किएपछि कसैले चासो दिएनन्,’ उनले भने, ‘प्वाङका स्थानीयवासिन्दा आफैँ मिलेर डोरीबाट यात्रा गर्नेसम्म बनायौं।’ पछि डोरीको यात्रा जोखिम हुने भएकाले गाउँहरु मिलेरै भत्किएको बाटो पुनः मर्मत गर्न थालिएको उनी बताउँछन्।
‘उपलब्ध युवाहरु जम्मा भएर कतिले डोरीबाट सर्वसाधारणलाई आवतजावतमा सघाउँछौँ भने कतिले बाटो बनाउने गरेका छौं,’ उनी भन्छन्, ‘मर्मतको काम सकिनै थालेकाले अब छिटै बाटो सुचारु गर्ने तयारी भएको छ।’
स्थानीय र प्रदेश सरकारलाई यस विषयमा जानकारी दिँदा कुनै चासो नदिएको उनी सुनाउँछन्। सडक भत्किएपछि यस क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम रुकुमकोट आवतजावत गर्न निकै कठिन भएको छ।
अहिले तत्कालका लागि सर्वसाधारणलाई आवतजावत गराउने गरी बाटो मर्मतको काम भइरहेको सिस्ने गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए।
‘पहिलो प्राथमिकता मान्छेलाई दिएका छौं,’ उनले भने, ‘मान्छेको आवतजावत सहज हुने भएपछि घोडा खच्चड हिँड्नलाई बनाउँछौं। अहिले स्थानीयहरु डोरीको सहायताले झुन्डिएर घाँसका बुटा समाउँदै तलमाथि गरिराख्नु भएको छ,’ उनी भन्छन्, ‘यदि यहाँबाट कोही खस्यो भने सिधै सानीभेरी नदीमा मिसिन्छ। बाँच्ने भन्ने आसै हुँदैन।’
यतिबेला बाटो बिग्रिँदा मान्छेहरु अत्यावश्यकबाहेक अरु कामका लागि नआएको भन्दै उनले भने, ‘माथि पहरबाट पानी चुहिन्छ। तल सानीभेरी सुस्साउँदै बग्छ। डोरीमा झुन्डिएर यात्रा गर्न पनि गाह्रो छ।’
गाउँपालिकाले हुलाकीका लागि मात्र आवतजावत गर्नलाई डोरी सहयोग गरेको र बाटो मर्मतका लागि कामदारलाई ज्याला दिने सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए।
यो बाटो आजभन्दा चार वर्ष पहिलादेखि निर्माण हुने भनिएको हो। तर, कडा चट्टानका कारण अहिलेसम्म पनि निर्माण हुन सकेको छैन। कडा चट्टान फुटाउनलाई विस्फोटक पदार्थसमेत प्रयोग गरिएको थियो। त्यति गर्दा पनि चट्टान नफुट्दा यहाँ आएको पैसा फ्रिज भएको रेग्मीको भनाइ छ।
‘यसका लागि अहिले प्रदेश सरकारबाट ४० लाख रुपैयाँ आएको छ,’ उनले भने, ‘सङ्घीय सरकारसँग पाँच करोड रुपैयाँ माग गरेका थियाैं तर एक रुपैयाँ पनि विनियोजन भएको छैन।’
स्थानीय सरकारसँग निश्चित स्रोत साधन भएकाले काम गर्न केही चुनौती भएको भन्दै उनी भन्छन्, ‘हामीलाई सङ्घीय सरकारले सौतेनी व्यवहार गर्यो। कहिलेसम्म हामी घाँसका बुटा समाउँदै डोरीमा झुन्डिएर यात्रा गर्ने ?’
प्रदेश र सङ्घीय सांसद समस्या राख्दा बैठकको बहानामा पन्छिन खोजेको र यहाँका समस्यालाई वास्ता नगरेको उनको आरोप छ।
५० मिटर लम्बाइ र एक मिटर चौडाइ आरसीसीसहितको बाटो बनाउन पहल सुरु भएको उनको भनाइ छ। यसका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन्। लामो काठ राखेर ट्यारु बनाएर आवतजावत गर्ने तयारी भएको छ।
जिल्ला सदरमुकाम रुकुमकोटसँग जोडिने यस मार्गमा दैनिक सयौं मानिसको आवतजावत हुन्छ। अहिले यहाँको आवागमन प्रभावित भएको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...