प्रतिनिधि सभामा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा गम्भीर अपराधका दोषीलाई सजाय छुट दिने गरी संशोधन नगर्न सरोकारवालाले सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराएका छन्।
सशस्त्र द्वन्द्वका क्रममा अक्षम्य प्रकृतिका अपराधमा संलग्नलाई ७५ प्रतिशतसम्म सजाय छुट दिनेगरी प्रमुख तीन राजनीतिक दलबीच सहमति भएको समाचार बाहिरिएपछि जवाफदेहिता निगरानी समितिले यसमा गम्भीर आपत्ति जनाउँदै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको हो छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनाइएको विधेयमा सहमति जुटाउन तीन ठुला दलले कार्यदल बनाएका छन्।
कार्यदलले विधेयकका विवादित सबै विषय टुंगो लगाउन सकेको छैन। संक्रमणकालीन न्यायको मूलमन्त्र भनेको मानवअधिकार उल्लंघनका दोषीलाई कानुनी कारबाहीमा ल्याउनु भएकाले सजायमा छुट दिन नहुने भन्दै जवाफदेहिता निरानी समितिले राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराएको हो। ‘पीडितको हकलाई प्रत्यक्ष वा परोक्ष रूपमा निस्तेज पार्नेगरी जुनसुकै तहबाट गरिने निर्णय मान्य नहुने’ बिहीबार उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समितिले शान्ति, सशस्त्र द्वन्द्व वा संकटकाल अविच्छिन्न रूपमा क्रियाशील रहने भएकाले संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनी मापदण्डविपरीत हुनेगरी कानुन नबनाउन आग्रहसमेत गरेको छ। ‘अपराधको गाम्भीर्य बढाउने तत्वहरू र गाम्भीर्य घटाउ नेतृत्वको स्वतन्त्र न्यायिक मूल्यांकनका आधारमा घटी वा बढी परिमाणको सजाय तोक्ने अधिकार अदालतमा निहित रहने विषय हो’, समितिका अध्यक्ष राजुप्रसाद चापागाइँद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप हुने र पीडितको प्रभावकारी कानुनी उपचारको अधिकारलाई कुल्चिने गरी कानुनले नै प्रतिशत तोकेर गम्भीर अपराधका दोषीलाई सजायबाट उन्मुक्ति दिने निर्णयमा न्यायपालिकालाई बाँध्नु किमार्थ उचित हुँदैन।’
गम्भीर अपराधमा फौजदारी जवाफदेहितालाई निस्तेज पार्ने विकल्प त्याग्न पनि जवाफदेहिता निगरानी समितिको माग छ। मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषामा भएको त्रुटि सच्याउनुपर्ने, आयोगमा आयुक्त छनोट प्रक्रियालाई खुला र पारदर्शी बनाउनुपर्ने, आयोगको स्वतन्त्रता र स्वायत्तताको पूर्ण प्रत्याभूति हुनुपर्ने, गम्भीर अपराधको अभियोजनमा हदम्यादको व्यवधान हटाउनुपर्ने, क्षमादान र मेलमिलाप अयोग्य अपराधमा अभियोजन सुनिश्चित गर्नुपर्ने माग उसको छ।