ज्येष्ठ नागरिकले घरमै पाए सामाजिक सुरक्षा भत्ता
०८ साउन २०८१
•
१ मिनेट पाठ
ज्येष्ठ नागरिकले घरमै पाए सामाजिक सुरक्षा भत्ता
यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। 




सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उनले सुनाए।

“बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,” अध्यक्ष भट्टले भने, “सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक बैङ्कसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ।”

सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैङ्कसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैङ्किङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उनको भनाइ छ।

टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही खुसी भएका छन्। भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ।

हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ। “बैङ्कसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,” अध्यक्ष भट्टले भने।
अर्को समाचार
तिहारमा पनि नपाउने भए ज्येष्ठ नागरिकले भत्ता
२५ कार्तिक २०७७
•
३ मिनेट पाठ
तिहारमा पनि नपाउने भए ज्येष्ठ नागरिकले भत्ता
पहिलो चौमासिकमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि जुम्ला चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरिकको दसैं नरमाइलो बनेको छ। पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको आरोप जेष्ठ नागरिकको छ।  




जुम्ला चन्दननाथ नगरपालिका ५ का ७८ वर्षीय पुर्णबहादुर खत्रीले चार महिनादेखि भत्ता नपाएको बताउँछन्। उनले भने,‘दसैं त जसोतसो मनाइयो, तिहार कसरी मनाउने होला भन्ने चिन्ताले पिरोल्न थालेको छ।’ भत्ता नपाउने छाँटकाँट देखेपछि एक हजार रुपैयाँ लुकाएर राखेको थिए। त्यही रुपैयाँले दसैं मनाए। तिहारमा समस्य छ। उनले थपे,‘नगरपालिकाले जेष्ठ नागरिकलाई वास्ता गर्दैन। कोहीले भत्ता निकालिएको छ भन्छन्। कसैले भत्ता निकालिएको छैन भन्छन्, हामी जेष्ठ नागरिक अन्यौलमा छौँ।’

जेष्ठ नागरिकको आयस्रोत भनेको सामाजिक सुरक्षा भत्ता हो। बिरामी पर्दा देखि चाडपर्व मनाउनको लागि भत्ताको रकम खर्च गर्छन्। पुर्णबहादुर खत्रीले हरेक चौमासिकमा ८ हजार रुपैयाँ पाउँछन्। हामी पटक पटक नगरपालिका भित्र छिर्र्छौ, हामी जस्ता सेतै फुलेकालाई कसले वास्त गर्थे। अफिस भित्र पसे पनि टेर्दैनन्। उनले भने,‘हामी आशावादी छौँ। दिए खाने हो। नत्र भोकै बस्न तयार छौँ।’

यो पटक नगरपालिकावासीले दसैंमा ऋण निकालेर मनाए। अहिले सम्म सामाजिक सुरक्षा भत्ताले काम चलाउदै आएका छौँ। जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले जेष्ठ नागरिकलाई साथ दिने निकाय संघीयतापछि घटेको बताउँछन्। पहिलो गाविस हुँदा हरेक बजेट तर्जुमा गर्दा सहभागी हुन्थ्यौँ। संघीयता आएपछि गाउँका सिंहदरवारले बजेट तर्जुमा गर्दा सहभागी गराउँदैनन्। अध्यक्ष भारतीले भने,‘केन्द्रीकृत सत्ताले सम्मान दिएको जेष्ठ नागरिकलाई संघीयताले हेप्यो। जेष्ठ नागरिकको पक्षमा बोलिदिने नियम, कानुन, प्रशासन, राजनीतिक नेता छैनन्।’

गत भदौ महिनादेखि नै भत्ता दिने वातावरण बनाउन आग्रह गरिएको जेष्ठ नागरिक संघ बताउँछ। जेष्ठ नागरिक सबै एकै प्रकारका छैनन्। कोहीले राम्रो परिवारको साथ पाउँछन्। कसैले दसैंका लागि भत्ताको आश गरिरहेका हुन्थे। तर गाउँका सिंहदरवारले न दसैंमा भत्ता दिए नत तिहारमा नै भत्ता पाउने भए। यो निकै दुःखद् विषय हो।  

चन्दननाथ नगरपालिकामा ७ सय २० जना जेष्ठ नागरिक छन्। विद्यवा ३ सय ४५, बालबालिका एक हजार ४ सय, अपांगता भएका ब्यक्ति १ सय ६६ छन्। ६० वर्ष माथिका जेष्ठ नागरिकलाई महिनामा दुई हजार भत्ता दिइएको छ। ७० वर्ष माथिकालाई २ हजार भत्ता र एक हजार उपचार खर्च दिइने ब्यवस्था छ। एकल महिलालाई महिनामा दुई हजार र बालबालिकालाई प्रति महिना ४ सय रुपैयाँ भत्ता दिइन्छ।  

स्थानीय सरकारबाट अरु सुविधा पाउनु त कहाँ हो कहाँ, आफूले पाउने सेवा समेत नपाउदा दुखी बनेको उनीहरु बताउँछन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाई भत्तामा भइरहेको ढिलासुस्तीबारे गम्भीर बनेको बताउँछन्। उनले भने, ‘सामाजिक सुरक्षा वितरण गर्ने फाँटका कर्मचारीको बदमासीका कारण दसैंमा पनि भत्ता उपलब्ध गराउन सकेनौँ। तिहारमा पनि भत्ता दिन सकिने अवस्था छैन। तर तिहार लगत्तै सामाजिक सुरक्षा भत्ता बाँड्छौँ।’

सामाजिक सुरक्षा फाँटमा भइरहेको बदमासीको अख्तियारले पनि अनुसन्धान गरिरहेको छ। नगरपालिकाले पनि पटक पटक स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत चौलागाइ बताउँछन्। जेष्ठ नागरिकले भत्ता नपाएको विषयमा भद्रभलादमी तरिकाले पेश हुने जनाएको छ। तर स्थानीय सरकारले मर्का नबुझ्दा समस्या भइरहेको जनाएको छ।
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस