वन अतिक्रमण हटाउन सरोकारवाला प्रतिबद्ध
०१ साउन २०८१
•
२ मिनेट पाठ
वन अतिक्रमण हटाउन सरोकारवाला प्रतिबद्ध
कैलालीको वन अतिक्रमण हटाउन सरोकारवाला प्रतिबद्ध भएका छन्।




सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै वन वातावरणका क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले अतिक्रमण हटाउन प्रतिबद्धता व्यक्त गरेका हुन्।

जैविक विविधता र वातावरणीय विषयमा सरोकारवाला निकायबिच गोलमेच छलफलमा बोल्दै जिल्ला समन्वय समितिका निमित्त प्रमुख खगराज भुसालले अतिक्रमण हटाउन राजनीतिक दल तथा स्थानीय पालिकासँग समन्वय गर्न तयार रहेको बताए।

उनले भने,‘संरक्षणका क्षेत्रमा काम गर्दै आएका सबै मिलेर अतिक्रमण हटाउन सकिन्छ, त्यसकालागि राजनीतिक दबाब पर्ने ठाउँमा समन्वय समितिले सहयोग गर्छ।’ स्थानीयको सहभागिताबिना वन वातावरण तथा जैविक विविधता संरक्षण गर्न नसकिने उनले बताए। ‘कैलालीको वन अतिक्रमण रोक्न राजनीतिक दल नै प्रतिबद्ध नरहेसम्म हटाउन सकिँदैन,’ उनले भने,‘वन कार्यालयले वन अतिक्रमण हटाउनका  लागि समन्वय गरेमा आवश्यकता अनुसार स्थानीय पालिकामा समन्वय गरी चाहिने उपकरण व्यवस्थापन गरिदिन तयार छौँ।’

उनले यसै क्रममा कैलालीमा नदीजन्य पदार्थको उत्खनन गर्नका लागि स्थानीय पालिकाले ई–आईए गरेर ढुङ्गा, गिट्टी, बालुवा निकास गर्ने भनिएता पनि व्यवहारिक रुपमा  कानुनी प्रक्रिया पूरा नगरिएका व्यावसायिलाई कारबाही गरिएको बताए। ‘हामीले अनुगमनका क्रममा जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरेका व्यवसायीलाई कारबाहीको सिफारिस गरेका छौँ,’ उनले भने,‘सिफारिसकै आधारमा स्थानीय पालिकाले कारबाही स्वरूप जरिवाना समेत तिराएको छ।’

छलफल कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले कैलालीमा चोरी सिकारी नियन्त्रण, वन डढेलो नियन्त्रण व्यवस्थापन, बाढी पहिरो, ताल तलैया व्यवस्थापन र  वन अतिक्रमण नियन्त्रणमा सबैको सहकार्य र सहभागिता हुनुपर्ने बताए।

उनले भने,‘मानव तथा वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि राहत कार्यक्रम कार्यान्वयन गर्नु जरुरी छ।’ कार्यक्रममा संरक्षणकर्मी डण्डीराज सुवेदीले बसाइँसराइँले जैविक विविधतामा समस्या परिरहेको बताए। कैलालीमा व्यक्तिगत भन्दा पनि संस्थागत रुपमा वन अतिक्रमण हुने गरेको र त्यसलाई नियन्त्रण गर्न राजनीतिक प्रतिबद्धता हुनु जरुरी रहेको उनले बताए।

वसन्ता वन संरक्षण परिषद्का अध्यक्ष पुष्कल बम वन संरक्षणका क्षेत्रमा कानुन नै नमिलेको टिप्पणी गरे। उनले भने,‘वनका क्षेत्रमा काम गर्दा विभिन्न कानुनी अड्चन आउँछन्। तिनलाई परिमार्जित गर्नु जरुरी छ।’

सरकारले सरकारी भवन बनाउनलाई पैसा दिने गरे पनि जग्गा किन्नलाई पैसा नदिँदा वन क्षेत्रमा भवन बनाउने परिपाटीले अतिक्रमण बढ्दै गएको उनले तर्क राखे। मानव र वन्यजन्तुबिचको द्वन्द्वले पारिस्थितिक प्रणालीमा खलल पुग्ने गरेको भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारी बताउँछन्।

‘वन्यजन्तुले गाई बाख्रा खाने गरेको छ,’उनले भने,‘जङ्गल छेउका बासिन्दालाई खुसी बनाउन सकेन भने वन्यजन्तु संरक्षणका प्रयास विफल हुन्छन्। तसर्थ उनीहरुलाई खुसी बनाउन सक्नुपर्छ।’ संरक्षणका लागि चुरे क्षेत्रमा रहेको टाढा टाढाको बस्तीलाई एकीकृत बस्तीमा ल्याउनु जरुरी भएको उनले बताए। 
अर्को समाचार
वन अतिक्रमण हटाउन सरोकारवाला प्रतिबद्ध
०१ साउन २०८१
•
२ मिनेट पाठ
वन अतिक्रमण हटाउन सरोकारवाला प्रतिबद्ध
कैलालीको वन अतिक्रमण हटाउन सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन्। सोमवार धनगढीमा भएको कार्र्यक्रममा बोल्दै वन वातावरणका क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले अतिक्रमण हटाउन प्रतिवद्धता व्यक्त गरेका हुन्।




मित्र समाजको आयोजनामा जागृति फाउण्डेसनको समन्वय तथा यूएसआईडी अन्तर्गत जलजंगल परियोजनाको सहयोगमा जैविक विविधता र वातावरणीय विषयमा सरोकारवाला निकायबीच गोलमेच छलफलमा बोल्दै जिल्ला समन्वय समितिका निमित्त प्रमुख खगराज भुसालले अतिक्रमण हटाउन राजनीतिक दल तथा स्थानीय पालिकासँग समन्वय गर्न तयार रहेको बताए।

उनले भने, ‘संरक्षणका क्षेत्रमा काम गर्दै आएका सबै मिलेर अतिक्रमण हटाउन सकिन्छ, त्यसकालागि राजनीतिक दबाब पर्ने ठाउँमा समन्वय समितिले सहयोग गर्छ।’ स्थानीयको सहभागिताबिना वन वातावरण तथा जैविक विविधता संरक्षण गर्न नसकिने उनले बताए। ‘कैलालीको वन अतिक्रमण रोक्न राजनीतिक दल नै प्रतिवद्ध नरहेसम्म हटाउन सकिँदैन,’ उनले भने, ‘वन कार्यलयले वन अतिक्रमण हटाउनका लागि समन्वय गरेमा आवश्यकता अनुसार स्थानीय पालिकामा समन्वय गरि चाहिने उपकरण व्यवस्थापन गरिदिन तयार छौँ।’

उनले कैलालीमा नदीजन्य पदार्थको उत्खनन् गर्नका लागि स्थानीय पालिकाले ई–आईए गरेर ढुङ्गा, गिट्टी, बालुवा निकास गर्ने भनिएता पनि व्यवहारिक रुपमा कानुनी प्रक्रिया पूरा  नगरिएका व्यावसायिलाई कारबाही गरिएको बताए। ‘हामीले अनुगमनका क्रममा जथाभावी नदीजन्य पदार्थ उत्खनन् गरेका व्यवसायीलाई कारबाहीको सिफारिस गरेका छौँ,’ उनले भने, ‘सिफारिसकै आधारमा स्थानीय पालिकाले कारबाही स्वरुप जरिवाना समेत तिराएको छ।’

छलफलमा बोल्दै डिभिजन वन कार्यलय धनगढीका प्रमुख रामचन्द्र कँडेलले कैलालीमा चोरी सिकारी नियन्त्रण, वन डढेलो नियन्त्रण व्यवस्थापन, बाढी पहिरो, ताल तलैया व्यवस्थापन र  वन अतिक्रमण नियन्त्रणमा सबैको सहकार्य र सहभागिता हुनुपर्ने बताए।

उनले भने, ‘मानव तथा वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि राहत कार्यत्रम कार्यान्वयन गर्नु जरुरी छ।’ कार्यक्रममा संरक्षणकर्मी डण्डीराज सुवेदीले बसाइँसराइँले जैविक विविधतामा समस्या परिरहेको बताए।

कैलालीमा व्यक्तिगत भन्दा पनि संस्थागत रुपमा वन अतिक्रमण हुने गरेको र त्यसलाई नियन्त्रण गर्न राजनीतिक प्रतिवद्धता हुनु जरुरी रहेको उनले बताए। वसन्ता वन संरक्षण परिषद्का अध्यक्ष पुष्कल बम वन संरक्षणका क्षेत्रमा कानुन नै नमिलेको टिप्पणी गरे। उनले भने,‘वनका क्षेत्रमा काम गर्दा विभिन्न कानुनी अड्चन आउँछन्। तिनलाई परिमार्जित गर्नु जरुरी छ।’

सरकारले सरकारी भवन बनाउनलाई पैसा दिने गरे पनि जग्गा किन्नलाई पैसा नदिँदा वन क्षेत्रमा भवन बनाउने परिपाटीले अतिक्रमण बढ्दै गएको उनले तर्क राखे। मानव र वन्यजन्तुबीचको द्वन्द्वले पारिस्थितिय प्रणालीमा खलल पुग्ने गरेको भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारी बताउँछन्। ‘वन्यजन्तुले गाई बाख्रा खाने गरेको छ,’उनले भने,‘जंगल छेउका वासिन्दालाई खुसी बनाउन सकेन भने वन्यजन्तु संरक्षणका प्रयास विफल हुन्छन्। तसर्थ उनीहरुलाई खुसी बनाउन सक्नुपर्छ।’ संरक्षणका लागि चुरे क्षेत्रमा रहेको टाढा टाढाको बस्तीलाई एकीकृत वस्तीमा ल्याउनु जरुरी भएको उनले बताए।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस