सिरहाको औरही गाउँपालिका ४ कमलपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान कमलपुरस्थित धान खेतमा रोपाइँका लागि मोटरबाट पानी लगाउने क्रममा ४८ वर्षीय मल्ला यादवको करेन्ट लागेर मृत्यु भएको सिरहा प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।
भारतको मधुवनी जिल्ला पूर्वकमरखोत ग्राम पन्चायत ५ घर भएका मल्ला कमलपुरस्थित ससुरा धुथर यादवको घरमा बस्दै आएका थिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लगिएको डिएसपी सापकोटाले बताए ।