वेश्यावृत्तिमा लगाउने १९ जना पक्राउ
२८ असार २०८१
•
२ मिनेट पाठ
वेश्यावृत्तिमा लगाउने १९ जना पक्राउ
मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ।




काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रहरीले रातेपुल, गोङ्गबु, ठमेल, गौशाला, ललितपुर, चाबहिल, जडीबुटी, शिवचोक, तारकेश्वर, जोरपाटी, दीपज्योति, माछापोखरी, मित्रपार्क र नारायणटारलगायत क्षेत्रबाट निजहरूलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

ब्यूरोको आयोजना तथा महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील अनाहत नेपाल संस्थाको समन्वयमा सम्पन्न ‘आन्तरिक मानव बेचबिखनका नयाँ आयाम’सम्बन्धी कार्यक्रममा मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको जानकारी दिइएको हो।

ब्यूरोको तथ्याङ्क अनुसार आन्तरिक बेचबिखन तथा वेश्यावृत्तिका घटनामा १५ पुरुष र ४४ महिला गरी ५९ जना पीडित देखिएका छन्। पछिल्लो तीन वर्षमा मानव बेचबिखनमा संलग्न पाँच सय २१ जना पक्राउ परेका ब्यूरोले जनाएको छ। 

ब्यूरोका प्रहरी नायब उपरीक्षक गोदारले मुख्यगरी गाउँबाट ठूला सपनाको प्रलोभनमा पारी मनोरञ्जन क्षेत्रमा ल्याई वेश्यावृत्तिलगायत कार्यमा लगाइँदा ती व्यक्ति विभिन्न शोषणमा पर्ने गरेका अनुसन्धानका क्रममा पाइएको बताए।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने तथा वेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन मानेको छ।

उक्त ऐनले मुलुक बाहिर हुने ओसारपसार र बेचबिखनका साथै मुलुकभित्र पनि एक ठाउँबाट अर्को ठाउँमा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै किसिमले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, डर, त्रास, धाक, र धम्कीका आडमा हुने कार्यलाई सङ्गठित अपराध मानेको प्रहरी नायब उपरीक्षक गोदारको भनाइ छ।

विश्वभरिका तीन ठूला सङ्गठित अपराधमध्ये मानव बेचबिखन एक मुख्य अपराधका रूपमा रहेको छ। नेपाली समाजमा अहिले मानव बेचबिखन सुसुप्त ढङ्गले सञ्चालित भएको प्रहरीको अनुमान छ।

अनाहत नेपालका कार्यक्रम व्यवस्थापक सञ्जय ढकालले मानव बेचबिखनको आन्तरिक आयामका बारेमा धेरै चर्चा नभएकाले विभिन्न प्रलोभनमा पारी किशोरीलाई व्यावसायिक केन्द्रमा ल्याई वेश्यावृत्तिमा लगाउने गरिएको बताए। 

आन्तरिक बेचबिखनमा पर्ने किशोरी मुलतः १३ देखि १७ वर्ष समूहका रहेका उनले बताए। -रासस
अर्को समाचार
युवा नजोगाउने देश
३० साउन २०८१
•
४ मिनेट पाठ
युवा नजोगाउने देश
कुनै पनि मुलुकको मेरूदण्डका रूपमा युवालाई लिइन्छ। युवा देश विकासको प्रमुख आधारस्तम्भ हुन। सामाजिक, आर्थिक, राजनीतिकरूपमा युवाको योगदानविना देशको विकास प्रायः असम्भव छ।




युवासँग जोश, जाँगर, शक्ति, प्रतिबद्धता र केही गर्ने हुटहुटी हुन्छ। युवा उमेरमा जे पनि गर्न सक्ने आँट पनि युवासँग उत्तिकै हुन्छ। कुनै पनि मुलुकको भविष्य पनि युवा जमातको भविष्यसँगै जोडिएको हुन्छ। बदलिँदो परिवेशमा कुनै पनि मुलुकको प्रतिष्ठा पनि युवाको सफलता र असफलता योगदानको आधारमा अन्तराष्ट्रिय जगत्ले मूल्यांकन गर्ने गर्छ। त्यही भएर युवाहरूमाथिको लगानीमा जोड दिएको पाइन्छ। युवामाथि लगानीबिनाको सफलता र उपलब्धि खोज्नु गैरजिम्मेवारपन हो। लगानी नगर्ने तर युवाहरूबाट गुणात्मक परिणाम खोज्नु कदापि उचित मान्न सकिँदैन।

युवाहरूको योगदानलाई बर्सेनि उत्सवका रूपमा मनाउन अगस्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवसको रूपमा मनाइने गरिन्छ। प्रत्येक वर्ष नयाँ नयाँ मुद्दा र विषयमा आधारित भएर युवाको शारीरिक, मानसिक र बौद्धिक विकास र योगदान प्रवर्द्धन गर्नका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वव्यापीरूपमा भव्यताका साथ विभिन्न क्रियाकलाप गरेर मनाइन्छ। उक्त अवसरमा युवाहरूको मुख्य मुद्दा शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसायी, लगानी जस्ता अवसर र चुनौतीबारे स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा ध्यान केन्द्रित गराउने कार्य हुँदै आएको छ। यति हुँदाहुँदै पनि युवाहरूसामु विकराल समस्या छन्। युवा केवल एक वस्तुका रूपमा प्रयोग हुँदै आएका देखिन्छ।

युवाका सही समस्या पहिचान र समाधानका लागि उचित पहल हुन सकेको छैन। लगानी पनि अपेक्षाकृतरूपमा हुन सकेको छैन। ब्रेन ड्रेनको मुख्य समस्याबाट युवा गुज्रिनुपरेको छ। युवाहरूमा निराशाका भाव सर्वत्र देखिन्छन्।

विश्वका अन्य भागका युवाभन्दा नेपालका युवाका पनि अनेकन समस्या छन्। नेपालका युवा एक होइन कि अनेकन समस्याबाट पीडित रहेका कटु सत्य नकार्ने ठाउँ छैन। नेपालको सन्दर्भमा युवाका समस्या एउटै उदाहरण काफी हुन सक्छ, यसका लागि हामीले धेरै अध्ययन र अनुसन्धान गर्नै पर्दैन। 

दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारका लागि थोरै पैसामा श्रम बेच्न बाध्य भएर विदेशिनुपरेको पीडादायी अवस्था छ। घर/परिवार, आमा/बाबु, श्रीमती र छोरा/छोरीका लागि विदेशिनु युवाहरूको रहर होइन कि बाध्यता हो। किनभने देशमा रोजगारको अवसर छैन। हातमुख जोड्न हम्मेहम्मे छ। देशमा अन्य उद्यमको तुलनामा राजनीतिक उद्यमले झन् युवाहरू विक्षिप्त अवस्थामा पुगेका छन्।

देशका राजनीतिक दलका पछि लागेका युवाले यदाकदा अवसर पाए पनि सामान्य युवाले वर्तमान र भविष्य पनि संकटमा रहेको अनुभूत गरिरहेका छन्। पूर्णकालीन राजनीतिमा लागेका युवाले यदाकदा नेतृत्व गर्ने अवसर प्राप्त गरे पनि त्यो केवल टोकनका रूपमा मात्रै प्राप्त गर्ने गरेका छन्। बाँकी ९५ प्रतिशत युवा छन् जसले सामान्यभन्दा सामान्य अवसर पनि पाउन सकेका छैनन्।

आजको मूलभूत प्रश्न के हो भने युवाका यावत् समस्या किन समाधान हुन सकिरहेको छैन ? यसका बाधक को हुन ? किन युवाका समस्या राज्य सञ्चालकहरूको प्राथमिकतामा पर्दैनन्। करिब ५० लाख युवा जो विदेशी भूमिमा पसिना बगाउन बाध्य भएर बस्नुपरिरहेका छन्। उनीहरूको भविष्य र वर्तमानको बारेमा गम्भीर किन हुन सकिरहेका छैनन् ?

विदेशिएका युवाको कमाइ रेमिट्यान्समा रजाइँ गर्ने राज्य सञ्चालकले दिनहुँ प्राणपखेरु उडेर बाकसमा बन्द भई आएका उनीहरूको परिवारका सदस्यको पीडा किन बोध गर्न सकिरहेको छैन ? युवालाई देशमा रोक्न सकिएन भने एक दिन वृद्धवृद्धाको आश्रमका रूपमा परिणत हुन बेर लाग्दैन। देशलाई वृद्धाश्रम बनाउने कि युवाश्रम ? अब पनि सोच्न ढिला गर्नुहुँदैन।

राज्यले रोजगारीको अवसरको के कुरा गर्नु ? गुणस्तर शिक्षा पनि दिन सकिरहेको छैन। अब त हुँदाहुँदै नेपालका विश्वविद्यालय र कलेजहरू पनि खाली हुन थालेका छन्। कलेज छन् तर विद्यार्थी छैनन्। विद्यार्थी कक्षा १२ को प्रमाणपत्र हात पर्नेबित्तिकै देशबाट पलायन भइरहेका छन्। त्यसको खोजीमा लाग्छन्। उनीहरू उच्च शिक्षाका लागि नेपालका विश्वविद्यालय वा कलेजका पाठ्यक्रमभन्दा पनि बाबु/आमाको जायजेथा, ऋणको भारी बोकी जसरी पनि विदेशिनु एकमात्र अर्जुनदृष्टि बनाएका छन्।

सक्नेहरू युरोप, अमेरिका, क्यानडा जान्छन्, मध्यम आय स्तर भएकाहरू जापान, कोरिया जस्ता देश जान्छन् भने आर्थिक अवस्था कमजोर भएका युवा सयकडाको पाँचले चर्काे ब्याजदरमा ऋण लिएर ५० डिग्री भन्दा चर्काे तापक्रममा खाडी मुलुकमा काम गर्न सुन्दर भविष्यको अनेक सपना बोकेर कलिलै उमेरमा विदेशिन्छन्। देश र समाजको हितमा ऊर्जावान समय खर्चिने बेला विदेशी भूमिमा पसिना बगाउने युवा जमातमा आफ्नै देशप्रति कस्तो मनोभाव विकास हुन्छ होला ? सोचनीय छ।

– मिश्र क्रिएसन नेपालका अध्यक्ष हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस